स्थानीय सरकार आफ्नो पक्षमा पार्न दलहरुलाई भ्याइ नभ्याई

समाचार

काठमाडौं । आगामी वैशाख ३० गतेको निर्वाचनलार्य ध्यानमा राखेर राजनीतिक दल चुनावी मैदानमा होमिएका छन् । स्थानीय निर्वाचन आफ्नो पक्षमा पार्नको लागि विभिन्न राजनीतिक दलका नेता देश दौडाहामा लागेका छन् र पार्टीको घोषणापत्र जारी गर्ने तयारी पनि गरिराखेका छन् । २०७४ सालमा राजनीतिक दल निकट पार्टीले स्थानीय घोषणापत्र जारी गरेको थियो । उक्त घोषणापत्र स्थानीय निर्वाचन जितेपछि कुन कुन पार्टीले कुन कुन स्थानीय तहमा निर्वाचन जितेपछि पार्टीले घोषणापत्र जारी गरे या घोषणा गरेअनुसारको काम स्थानीय सरकारले ग¥यो कि गरेन । यस्ता विषयमा स्थानीय जनता सचेत हुन जरुरी देखिएको छ । स्थानीय जनताको निम्ति स्थानीय जनप्रतिनिधिले राम्रो काम गरे कि गरेन्न भन्ने विषयमा आगामी वैशाख ३० गतेको निर्वाचनलाई केन्द्रमा राखेर स्थानीय जनताले ध्यान दिनुपर्छ । राजनीतिक पार्टीको नाममा भएगरेका भ्रष्टाचारको बारेमा आवाज उठाउनुपर्छ । स्थानीय गाउँपालिका, वडा, महानगरभित्र के कस्ता काम गरे यस्ता विषयमा स्थानीयबासीको ध्यान जान जरुरी छ । राम्रा÷नराम्रा कामको विश्लेषण गरी आगामी वैशाख ३० गते हुने भनिएको निर्वाचनलाई मध्यनजर गरी स्थानीय जनप्रतिनिधि चुन्नपर्ने हुन्छ । राजनीतिक पार्टीको नाममा भ्रष्टाचार गर्ने, यौनधन्दा चलाउने, गुण्डागर्दी गर्ने , न्याय दिन नसक्ने व्यक्तिलाई यसपटक राजनीतिक दलको बिल्ला भिराएर जनप्रतिनिधि चुन्ने कामलाई जनताले बहिष्कार गर्नुपर्ने देखिएको छ । २०७४ सालमा स्थानीय निर्वाचन जितेपछि माखो नमारेका जनप्रतिनिधिलाई राजनीतिक पार्टीले टिकट दिँदासमेत ध्यान दिनुपर्ने स्थानीयबासीको आवाज रहेको छ । खासगरी ७ सय ५३ स्थानीय स्तरमा जनताको काम नगरेको, जनताले बिरामी हुँदा सिटामोल खान नपाएको, कोरोनाको बेलामा स्थानीय जनताले राहत नपाएको राजनीतिक दल निकट पार्टीबिच मिलिभगतमा आएको बजेट बाँडीचुँडी खाएको स्थानीय गाउँपालिका, वडा, स्वास्थ्य शिक्षाको लागि खोजी नगरेको, जन्मदर्ता, मृत्युदर्ता, बसाईसराईंदेखि वृद्धभत्ता बाँड्ने सम्मको कामको दुरुपयोग गरिएको विभिन्न राजनीतिक दलनिकट कार्यकर्ता मिलेर विभिन्न सडकको नामाकरण गरिएको, चाहिँदो नचाहिँदो भ्यूटावर बनाएको जस्तो आरोप स्थानीय स्तरका जनप्रतिनिधिमाथि छ । कतिपय स्थानीय स्तरका जनप्रतिनिधि यौन हिंसामा लाग्दै आएको, बजेट दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप चल्ने गरेको छ । यस्ता विषयमा मुछिएका राजनीतिक कार्यकर्तालाई टिकटबाट वञ्चित गर्नुपर्ने गुनासो चल्ने गरेको छ । नेपालका राजनीतिक दलभित्र विकास भन्दा पनि जनतालाई कसरी भजाएर खान सकिन्छ भन्दै विभिन्न पार्टीका नेता कार्यकर्ता लागिपरेका छन् । नेताले देशको विकास भन्दा पनि कार्यकर्तालाई दिग्भ्रमित पारेका छन् । विदेशीको इसारामा नेता लागेका छन् । जनतालाई भजाएका छन् ।
अहिले सबैभन्दा बढी निर्वाचन राजनीतिक दलमध्ये नेकपा एमालेलाई स्थानीय निर्वाचन जित्नलाई विभिन्न हत्कण्डा मच्चाउँदै गएको छ । खासगरी सरकारमा बस्ता एमालेले नेपालमा उद्योगधन्दा खोलेर आर्थिक उपार्जन गर्ने पार्टी एमाले हो भन्ने थियो । नेपाली जनतालाई तर एमाले सत्तामा पुगेपछि पार्टीका कर्याकर्ता बिर्सियो । गुटमा लागेको व्यक्ति हेरियो, पार्टी हेरिएन । त्यतिखेर पार्टीका कार्यकर्ता चाहिएन । अहिले एमालेलाई चुनाव जित्न कार्यकर्ता चाहिएको छ । संगठन चाहिएको छ ।
नेपाली जनतालाई उखान टुक्काको भाषण दिएका थिए पार्टी अध्यक्ष ओलीले । एमालेमा खोजीखोजी पार्टी प्रवेश गराइएको छ । स्थानीय चुनावमा एमालेको बहुमत आउँछ भन्दै हिँडेको छ । यस्ता खालको दहिचिउरे भाषण दिएर नेपालको विकास हुँदैन । अहिले जनता पहिलेका जस्ता छैनन् ।
अहिलेका जनता पहिलेका जस्ता छैनन् । नेपाली जनतालाई भाषण होइन, विकास चाहिन्छ । रोजीरोटी चाहिन्छ, रोजीरोटीको खाँचो छ । भएका उद्योग चलाउन सकेका छैनन् । एमाले सरकारको पालामा विकास भन्दा बढी विनाश भएको छ । बढीमात्रामा भ्रष्टाचार भएको छ । पुँजीवादी लाई प्रोत्साहन गरेको छ । व्यापारीलाई पोसेको छ, निमुखा जनतालाई ध्यान दिएको छैन । कोरोनाको समयमा रासन वितरणमा मनलाग्दी गरेको आरोप छ । गाउँपालिका अध्यक्ष, वडाध्यक्ष ५ बर्षलाई कुस्त कमाएको आरोप छ । नेपाली जनताको ध्यान जान जरुरी छ । चुनावको बेला मात्र गाँउटोल बस्तीमा जाने अन्य बेला जनताको बारेमा चासो नराख्ने जनप्रतिनिधिलाई बहिस्कार गर्ने थालनी बसाल्नुपर्छ । यस्ता राजनीति पार्टीका कार्यकर्तालाई बेलैमा खबरदारी गर्नु जरुरी छ । चाहे एमाले होस्, चाहे कांग्रेस, चाहे माओवादी वा जुनसुकै पार्टीका नेतालाई या कार्यकर्तालाई ठेगान लगाउनु पर्छ भन्दैछन स्थानीय जनता । यस्ता विषयमा पनि राजनीतिक पार्टीले गम्भीर भएर स्थानीय जनताको बारेमा सोच्नुपर्ने बाध्यता भएको छ । उता पाँच गठबन्धन दल नेपाली कांग्रेस, माओवादी, समाजवादी फोरम र जनमोर्चाले स्थानीय निर्वाचनमा तालमेल गरी गुमेको स्थानीय सरकारलाई पूर्णता दिनेगरी गठबन्धन बनाएर स्थानीय, प्रदेश, संघको चुनावमा जाने योजना बनाएका छन् । गठबन्धन दलका नेता स्थानीय र प्रदेशमा होमिएका छन् चुनावी नारा बनाएर गाउँ प्रदेश धाउँदै छन् । गठबन्धनले चुनावी सरकारले कस्तो खालको योजना र घोषणापत्र लिएर जाने यकिन छैन । स्थानीय चुनावमा आफ्नो पक्षमा जनलहर ल्याउने खेल मेलोमा गठबन्धन सरकार लागेको छ । बहुमत सरकारले गर्न नसकेको विकास गठबन्धन सरकारले गर्ला भन्ने विश्वास स्थानीय जनताले गर्न सकेका छैनन् ।
अहिले बजारमा महंगी बढेकोछ महंगीले गर्दा जनताले आफ्नो चुलो बाल्न सकेका छैनन् दिनप्रतिदिन महंगी बढीरहेको छ । व्यापारीले कालोबजारी चलाएका छन् यस्तो विषयमा राज्यले ध्यान दिएको छैन कसरी हुन्छ स्थानीय र प्रदेश संघीय चुनावमा आफ्नो पार्टीको सरकारले बहुमत ल्याएर सरकार बनाउन सक्छ कि सक्दैन भन्दै राजनीतिक दलका नेताहरुले दिन बिताउन थालेका छन् । देशको विकास गर्ने उद्योग सञ्चालन गर्ने रोजगारीको कुरा उठाउने कामको भन्दा पनि कार्यकर्ता र जनतालाई कसरी आफ्नो मुट्ठीमा राख्न सकिन्छ भन्दै राजनीतिक पार्टीका नेताले एकले अर्काको उछितो काट्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *