कांग्रेस बैठकमा प्रवेश भयो धार्मिक स्वतन्त्रता र एकात्मक राज्य

राजनीति समाचार

काठमाडौं । गत सोमबारबाट नेपाली कांग्रेसको केन्द्रिय कार्य समितिको बैठक सुरु भएको छ । गत बैशाख ३० गते सम्पन्न भएको स्थानिय निर्वाचनको समिक्षा गर्न आगामी मंसिरमा हुने आम निर्वाचनको रणनीति तय गर्न नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक बसिरहेको हो ।

सम्पन्न स्थानिय निर्वाचनको परिणामलाई लिएर केन्द्रिय कार्यसमितिमा निश्चित मत आइरहेको छ । यसै गरी अब हुने आम निर्वाचनका सम्बन्धमा फरक मत देखिएको छ । संस्थापना पक्ष आगामी आम निर्वाचन पनि सम्पन्न आम निर्वाचनमा जस्तै गठबन्धनमार्फत चुनावमा जानु पर्ने पक्षमा छ । तर संस्थापना इतर पक्ष भने आगामी आम निर्वाचनमा नेपाली कांग्रेस एक्लै मैदानमा उत्रनु पर्ने अडान राख्दै आएको छ ।

सम्पन्न स्थानिय निर्वाचन र आगामी आम निर्वाचनको सम्बन्धमा कांग्रेस केन्द्रिय समितिमा छलफल र बहस भैहँरदा संघियता धर्मले भने प्रवेश पाएको छ ।

गत बुधबार केन्द्रिय कार्यसमितिको बैठकमा आफ्नो मत व्यक्त गर्दै केन्द्रिय सदस्य भिम पराजुलीले आगामी आम निर्वाचनमा कांग्रेस धर्म निरपेक्षतालाई पन्छाएर धार्मिक स्वतन्त्रता सहितको एजेण्डा बोकेर जानुपर्ने मत राखेको छन् ।

केन्द्रिय सदस्य पराजुलीले सघिंयता मूलुकको लागि आवश्यक नभएको निष्कर्ष बोकेर पनि मत व्यक्त गरेका छन् । यसैगरी अर्का केन्द्रिय सदस्य प्रकाश स्नयीले संघियता र धर्म निरपेक्षता खारेज हुुनुपर्ने माग राखेका छन् । संघियतालाई मूलुककको अर्थतन्त्रले धान्न नसक्ने भन्दै प्रदेश सरकार खारेज हुुनुपर्ने माग उनको रहेको छ ।

यसैगरी नियोजित रुपमा लागिएको धर्म निरपेक्षतालाई पन्छाएर नेपाली कांग्रेसले धार्मिक स्वतन्त्रता बाटो लाग्नुपर्ने मत उनले व्यक्त गरेका छन् ।

सम्पन्न स्थानिय निर्वाचनको समिक्षा गर्न आगामी आम निर्वाचनको सम्बन्धमा रणनीति तय गर्न जारी रहेको केन्द्रिय कार्यसमितिको बैठकमा धार्मिक स्वतन्त्रता र एकात्मक राज्य प्रणालीले प्रदेश पाउनुलाई राजनीतिक क्षेत्रले अर्थपुर्ण रुपमा हेरेको छ ।

यी दुई मुद्दालाई कांग्रेसको केन्द्रिय कार्यसमितिमा चर्चित वरिष्ठ नेताहरुले यी मुद्दा नउठाएका भने पनि पार्टीमा सामान्य हैसियतमा रहेका पराजुली र स्नीयले यी मुद्दालाई उठाउनु र उनीहरु राजनीतिक रुपले पार्टीमा दुबै पक्षसँग सम्मान रुपमा रहनु पर्ने यसलाई अर्थपुर्ण मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *