सचिवालयमा फोटो टाँस्न किन उपसभामुख हुँदै छन् पुष्पा भुसाल

राजनीति समाचार

काठमाडौं । लामो समयदेखि रिक्त रहेको उपसभामुख पद पुर्तिलाई सत्तारुढ गठबन्धनले तदारुक्ताका साथ अगाडि बढाएको छ । यसक्रममा उपसभामुखका लागि यहि असार ३० गते उम्मेदवारी दिने र ३१ ग्ते निर्वाचनमा हुने समय तालिका समेत सार्वजनिक गरेको छ ।

आगामी मंसिरमा आमनिर्वाचन स्थितिमा २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजिनामा दिएपछि रिक्त रहेको यो पद बसे अधिवेसन सकिन लाग्दा र अर्का अधिवेशनमा टिक्ने सम्भावना नहुँदा पनि सत्तारुढ गठबन्धन भने उपसभामुख चयनको प्रक्रियामा द्रुत मार्गका साथ लागि परेको छ ।

विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदहरुमा नियुक्ति गर्नका लागि संवैधानिक परिषद् संक्रिय आवश्यक रहेको र अहिलेकोे स्थितिमा ६ सदस्यीय सवंैधानिक परिषद्बाट गठबन्धनको स्वार्थ अनुकुल हुने गर्न सहज नहुने देखिएपछि नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल उपसभामुख बनाएर गठबन्धनको स्वार्थ अनुसार सवंैधानिक निकायहरुमा रिक्त रहेका पदहरुमा मनोनयन गर्ने योजना गठबन्धनले बनाएको छ ।

संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री हुने जस्ता संविधानले गरेको छ । र, संविधान परिसरमा प्रधानन्यायधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्षीदलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था गरेको छ । र संवैधानिक परिसरले बहुमतको आधारमा निर्णय गर्नुपर्दछ । यसका लागि ४ सदस्यीय संख्या आवश्यक पर्दछ ।

तर, उपसभामुख नभएको अवस्थामा प्रधनमन्त्रीलाई सरकारी प्रस्ताव अनुमोदन गर्न गठित हुने भएकाले तत्काल उपसभामुख चयनको प्रक्रिया अगाडी बढाइएको हो । तत्कालीन केपी ओली नेतृत्वको तत्कालीन सरकारले यो ढाँचाको संवैधानिक परिषद्बाट आफू अनुकुलको निर्णय गराउन नसके पछि संवैधनिक परिसषदमा अध्यक्ष र सदस्य गरी ३ जनामा सिमित पारिएको थियो ।

र, अहिले पनि ६ सदस्यीय संवैधानिक समितिमा ४ जनाको समर्थन प्राप्त गर्ने स्थिति नदेखिएपछि प्रधानमन्त्री देउवाले तत्कालीन केपी ओलीले गरेको प्रयोगलाई नै दोहो¥याउने अभ्यास सुरु गरेका थिए । तर, यसको चारैतिरबाट मात्र होइन नेपाली कांग्रेस भित्रबाट पनि चर्का आलोचना भएपछि प्रतिनिधि सभा विघटनको संघारमा पुगेको अवस्थामा पनि अहिले सम्म रिक्त रहेको उपसभामुखमा चयन गरेर प्रधानमन्त्रीको पक्षमा बहुमत पु¥याउने योजना बनाएको छ ।

यी योजना अनुसार अत्यन्त छोटो समयका लागि नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल प्रतिनिधि सभाको उपसभामुख हुन गइरहेकी छन् । यहि असार ३१ गते निर्वाचन प्रक्रियाबाट कांग्रेस नेत्री भुसाल उपसभामुखमा मनोनयन भएपछि प्रधानमन्त्री देउवाले विभिन्न संवैधानिक आयोगमा रित्त रहेका पद पुर्तिका लागि संवैधानिक परिसरलाई सक्रिय बनाउने छन् ।

र संवैधानिक परिसरले विभिन्न आयोगमा रिक्त रहेका पदहरुमा मनोनयन प्रक्रिया समाप्त रहेपछि प्रधानमन्त्री देउवाले आम निर्वाचनको मिति घोषणा गर्ने योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *