शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन थालेको ११ दिनदेखि शिक्षक सडकमा

वाग्मती प्रदेश शिक्षा/स्वास्थ समाचार

काठमाडौं । शिक्षक-कर्मचारी मैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकले काठमाडौं केन्द्रित भएर सडक आन्दोलन थालेको ११ दिन भएको छ ।

एसईई सकिएको पर्सिपल्ट २० चैतमै शिक्षकहरू आन्दोलनमा उत्रिँदा उत्तरपुस्तिका परीक्षण सुरु हुन सकेको छैन । एसईईको नतिजा असार पहिलो साता प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डको कार्यतालिका छ । शिक्षा मन्त्रालयका उच्च तहका कर्मचारी र शिक्षक महासंघका प्रतिनिधिबीच बिहीवारदेखि सुरु संवाद शनिबार साँझसम्म पनि जारी थियो । आज आइतबार पनि दुबै पक्षबीच संवाद हुने बताइएको छ ।

११ वैशाखदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षाको तयारीमा पनि शिक्षक आन्दोलनले असर परेको छ । वैशाख पहिलो साता सुरु हुने नयाँ शैक्षिकसत्रको कार्यतालिका पनि प्रभावित हुने भएको छ । शिक्षकहरूले सरकारलाई दबाब दिन गत सोमबारदेखि शैक्षिक हडताल घोषणा गरेका छन् ।
शिक्षकहरुले राखेका मागबारे मन्त्रिपरिषद्बाट निर्णय नभएसम्म शिक्षा ऐन जारी गर्ने सुनिश्चितताको आधार नभएसम्म महासंघले आन्दोलन जारी राख्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *