भिरकोटका ५९ जना भूमिहीनलाई जग्गा धनी पुर्जा वितरण

विविध समाचार

काठमाडौं । भूमि समस्या समाधान आयोग मकवानपुरले बकैया गाउँपालिका स्थित भिरकोटका भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरणको गरेको छ।

आइतबार एक कार्यक्रमकाबीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको उपस्थितिमा भिरकोटका ५९ भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बोसवासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराएको हो ।

बकैया गाउँपालिकासँगको समन्वयमा ४० जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र १९ अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा वितरण गरिएको छ । अघिल्लो कार्यकालमा भएको निर्णयलाई निरन्तरता दिँदै आयोग मकवानपुरले बकैया७ का भूमिहीन सुकुम्वासीलाई न्यूनतम २ धुरदेखि अधिकतम ५ कट्ठा सम्म जग्गा उपलब्ध गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *