अब बैंक पनि डुब्छन् ?

राजनीति समाचार

काठमाडौं । कांग्रेस सांसद डा.चन्द्र भण्डारीले पार्टीको नेतृत्वको लागि मात्र होइन सरकारलाई पनि चुनौती दिएका छन् । भण्डारीले आफूले देखेको भन्छन् । तर नेपाली कांग्रेसभित्र भण्डारीको भाउ छैन । संसदीय समितिको भागबण्डामा घडी चोरले ठाउँ पाउने चन्द्र भण्डारीले नपाउने कारण त्यहाँ दलालीकरण छ । दलगत रुपमा नेताले भनेका र तोकेका मान्छे संसदीय समितिको चाकडी विभागमा पर्ने हुन् ।

भण्डारीले युवा पलायनका बारेमा बोल्दा भक्कानिए । मन दुखाएर भने यस्तो बेलामा ठूला दुई दलको सरकार बन्यो, तर सरकारले कुनै पनि कुरामा रेस्पोन्स लिएन । देशको आर्थिक अवस्था हामीले भन्दा कसैले सुन्दैन । सरकार हाम्रो छ कुरा सुनिँदैन ।

जनताका बारेमा बोल्यो कि पोल्यो यो के हुँदैछ उनी प्रश्न गर्छन् । कांग्रेसको यो पीडा र संवेदनशीलताले संसदीय दलमा प्रभाव पारेन संसदको बैठक सुरु भएको छ । यो अधिवेशनमा जनताका कुरा त्यहाँ कति बिक्छन् त्यसले राजनीतिक वातावरण देखाउँछ । सरकारले सहकारी पीडा बुझेको छैन । सरकारको काम भनेको रास्वपाका सभापतिलाई थन्क्याउने हो । सांसद भण्डारीले भन्दा अरुचि हुन्छ तर कांग्रेसमा एमालेका कुरामा बढी जोड दिइन्छ । जुन कुराले मुलुक सकिन्छ, त्यसमा चिन्ता नहुँदा बैंक डुबेपनि के हुन्छ ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *