काठमाडौं । विचारका कुरा त्यहाँ छैनन् नेताको चाकडीले सबैतिर भ्याउँदैन । सांसद पद छाडेर हिँड्न मिलेन । आज नेकपा एकीकृतको यो दशाले किसान श्रेष्ठ, धनबहादुर बुढा, प्रेम आले पीडामा छन् । पार्टी कवाडीखाना भएको छ । शुद्धताको कुरा गर्दा आफ्नै नाममा सर्प पाल्ने प्रतिष्ठान खडा गरेका झलनाथ खनाल डामिएकै छन् ।
जडीबुटी तस्कर केन्द्रीय सदस्यको भारतमा पार्टीकै कार्यकर्ताले जडीबुटी लुटेका छन् । तर त्यसको छानबिन पार्टीले गरेन । उनले पत्रकार सामु कुरा राखे तर समाचार नलेख्न अध्यक्ष नेपालले नै निर्देशन दिएपछि त्यहाँ बस्न ठिक छैन भनेर समाजवादी प्रेस संगठनका अध्यक्षले बहुमत पदाधिकारी लिएर पुरानै घर फर्केका छ् । विश्वमणि सुवेदीले स्टार टिभी युट्युबमा दिएको अन्तर्वार्ताले जुन उद्देश्यले पार्टीको गठन भयो, त्यो उद्देश्य पुरा नभएपछि कांग्रेस र नेकपा माओवादीको भकुण्डो पार्टी बन्यो ।
स्थानीय निर्वाचन र संसदको चुनावमा माओवादीले काँध थापेको थिएन भने एकीकृत समाजवादीले २१ वटा स्थानीय तहको नेतृत्व पाउने थिएन । तर त्यो पार्टीले माओवादीप्रतिको व्यवहार असहयोगीका रुपमा प्रदर्शन गरेको छ । पार्टी एकताका कुरा हल्ला हुन् । माधव नेपालले बामदेव गौतमप्रति नै शंका गरे । उनको दिल सानो हुँदा पार्टीको संयुक्त संगठन सशक्त भएन । यो पीडाले ग्रस्त भएकाहरू नेकपा एस कुरेर बस्ने अवस्था नभएको सांसदहरुले नै बताउन थालेका छन् ।