काठमाडौं । निजामती क्षेत्रमा कर्मचारीको लागि मुख्य सचिवलाई अभिभावक मानिन्छ ।
मुख्य सचिवको आदेश सचिव देखि सह–सचिव, उपसचिव, शाखा अधिकृत, नासु, खरिदारहरुले मान्नु पर्ने हुन्छ । मुख्य सचिव कै भूमिका अनुसार सरकार र कर्मचारी चल्ने गर्दछन् । दलहरुको सरकार बारम्मबार फेरिरहने र सरकारले चाहेको खण्डमा मुख्य सचिव पनि फेर्ने गरिन्छ । विगत केही काल खण्डदेखि विभिन्न सरकारले मुख्य सचिव बनाउँदा आफ्नो पार्टी फेवरको बनाउने गरेका छन् । त्यसले गर्दा निजामती क्षेत्रको शाख गिर्दै गएको छ ।
दलहरुको सरकार फेरिएसँगै मुख्य सचिव फेर्ने परम्परा चलिरहेको छ । त्यसले गर्दा कतिपय मुख्य सचिवले आफ्नो कार्यकाल पुरा गरेका छैनन् । तत्कालीन प्रचण्ड सरकारले मुख्य सचिव शङ्कर दास बैरागीलाई हटाएर मुख्य सचिवमा बैकुण्ठ अर्याललाई नियुक्ति गरेका थिए । बैकुण्ठ अर्याललाई भ्रष्टाचारको मुद्दा लागेपछि अर्याल सो त निलम्बनमा परेका थिए । उनि निलम्बनमा परेपछि केपी ओली सरकारले लिलादेवी गर्तौलालाई २९ दिने मुख्य सचिव बनाइ दिएका थिए । मुख्य सचिव लिलादेवी गर्तौलाको उमेर हदको कारण जागिरबाट अवकास पाएसँगै तिन जना वरिष्ठ सचिव हुँदाहुँदै जुनियर सचिव एकनारायण अर्याललाई ६ महिना अगाडि मुख्य सचिव बनाएका थिए । अहिले तिनै अर्यालले प्रधानमन्त्री केपी ओलीलाई बन्धनमा पार्दै लगेका छन् । अर्यालले ओली सरकारलाई सहयोग गर्ने भन्दापनि बिचौलियाको हितमा काम गरेको आरोप लागेपछि मुख्य सचिव एकनारायण अर्याल र प्रधानमन्त्री केपी ओलीबीच टसन सुरुभएको छ ।
प्रधानमन्त्री ओलीले मुख्य सचिव अर्याललाई विश्वास गर्न छाडेपछि सरकारले नयाँ सचिवको खोजी गर्न थालेको छ । उता प्रधानमन्त्री ओलीले तत्कालीन मुख्य सचिव लिलादेवि गर्तौलासँग सरकारको कामकाजको लागि राय सल्लाह लिन थालेको स्रोतको भनाइ रहेको छ । प्रधानमन्त्री ओलीले तीन जना वरिष्ठ सचिवलाई पछि पारेर जुयिनयर सचिव एकनारायणलाई विश्वास गरेर मुख्य सचिव बनाएका थिए । अहिले उनै अर्यालले एमाले सरकारलाई धोका दिएपछि सरकारले नयाँ मुख्य सचिवको खोजी गर्न थालेको छ । तर, मुख्य सचिव अर्याललको जागिर मंसिरसम्म भएकोले अर्याललाई कुन स्थान दिने भन्ने विषयमा चर्चा चल्न थालेको छ ।
अर्यालमाथि लागेको आरोप यस्तो छ –ः
सरकारले ल्याउन खोजेको ६वटा अध्यादेशलाई सहयोग नगरेको
कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट हटाउन खोज्दा सहयोग नगरेको
धितो पत्र बोर्डको अध्यक्ष बनाउन सरकारलाई सहयोेग नगरेको जस्तो आरोप अर्याललाई लाग्दै आएको छ । त्यस्तै अर्यालले कर्मचारीहरुलाई चलायमान बनाउन नसकेको पनि आरोप लगाउँदै केपी ओली रुष्ट बन्न पुगेका छन् । प्रधानमन्त्री ओली मुख्य सचिवसँग रुष्ट बनेपछि सरकारी कामकाजमा पनि कमजोर बन्दै गएको छ ।