कर्मचारी संघसंगठनका नेताहरुको सम्पत्ति कसले छानविन गर्ने ?

राजनीति समाचार

काठमाडौं । कांग्रेस र एमाले सरकार बनेसँगै दुवै दलनिकट कर्मचारी संघसंगठनमा सेटिङ चल्न थालेको छ । एकातिर सरकारको सेटिङ अर्कोतिर कर्मचारीको सेटिङ अनि कसरी हुन्छ सर्वसाधारण सेवाग्राहीको काम ? यतिबेला एमालेले सम्हालेका मन्त्रालयमा एमाले निकट कर्मचारीको हालीमुहाली छ भने कांग्रेसले सम्हालेका मन्त्रालयमा कांग्रेस निकट कर्मचारीहरुको सेटिङ चलिरहेको छ । कांग्रेस र एमाले बाहेकका दलहरुले सम्हालेका मन्त्रालयमा भने कांग्रेस र एमाले निकट कर्मचारीसँगै अन्य दलनिकट कर्मचारीको सेटिङ चल्ने गरेको छ ।

यस्तो सेटिङले गर्दा प्रतिपक्षी दल निकट कर्मचारीहरु भित्तामा पुग्ने गरेका छन् । प्रतिपक्ष दलनिकट मर्कचारीहरुलाई आम्दानी नहुने ठाउँमा पु¥याइएको छ । ती कर्मचारीहरुलाई सार्वजनिक खरिद ऐन, हुलाक सेवा कार्यालय, राष्ट्रिय किताबखाना जस्ता आम्दानी नहुने ठाउँमा थन्क्याउने काम भइरहेको छ । एकातिर यस्तो अवस्था छ भने अर्कोतिर कर्मचारी संघ, संगठनका नेताहरु कमाउधन्दा गरी मोजमस्तीमा लागेका छन् ।

एमाले निकट कर्मचारी संगठनको १२ औं अधिवेशन सम्पन्न भएसँगै कांग्रेस निकट कर्मचारी युनियन नऔं अधिवेशनमा होमिइँदै छ । उता आधिकारिक ट्रेडयुनियन कोमामा पु¥याइएको छ । आधिकारिक ट्रेड युनियनलाई कोमामा पु¥याए तापनि कार्यवहाक अध्यक्ष बनेर बसेका भोलानाथ पोखरेल भने त्यसलाई भजाउँदै पोर्चुगल भ्रमणमा निस्किएका छन् । भोलानाथ पोखरेलसँगै माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनका पूर्व अध्यक्ष हरि रावल पनि पोर्चुगल भ्रमणमा छन् । पोखरेल र रावलले राज्यको ढुकुटीबाट गाडी र इन्धन प्रयोग गरिरहेका छन् ।

रावल र पोखरेल द्वयले आधिकारिक ट्रेड युनियनको नाममा राज्य दोहन गरिरहँदा पनि सम्बन्धित निकाय भने निदाएर बसेको अवस्था छ । कर्मचारी नेताहरुले न कार्यालयको काम गर्छन् न त सेवाग्राहीलाई सेवा नै दिन्छन् । पुराना कर्मचारी नेताहरुमा पुण्य ढकाल, गोपाल पोखरेल, भोलानाथ पोखरेल, मोहन घिमिरे, सुवोद देवकोटा र हरि रावलहरु हर्ताकर्ता हुन् । यिनै नेताहरुले कर्मचारीबाट संगठनको नाममा व्यक्तिगत फाइदा उठाउने गरेको समेत कर्मचारी स्रोतको भनाइ छ । स्रोतको भनाइअनुसार कर्मचारी संघसंगठनका नेताहरुको सम्पत्ति छानविन गर्नुपर्ने बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *