अरनिको बचत समूहद्वारा वनभोज आयोजना सम्पन्न

समाचार

काठमाडौं । सहकारी ठगी काण्डले देशैभरिका बचतकर्ताहरु निराश बनिराखेका छन् । सरकारले सहकारी ठगी गर्नेहरुबाट पीडितहरुलाई क्षतिपूर्ति दिलाउन सकेको छैन । क्षतिपूर्ति दिन नसकेपछि पीडितहरु सडकमा भौतारिइरहेका छन् । सहकारी सञ्चालकहरु निक्षेपकर्ताको पैसा हिनामिना गरेर भागेपछि पीडितहरु सकडमा भौतारिन वाध्य भएका छन् ।

तर, सरकारले सहकारी ठगहरुलाई कारबाहीको दायरामा ल्याएर पीडितको पैसा असुलउपर गर्न सकेको छैन । धेरैजसो सहकारीहरु बन्द भएका छन् भने केही सञ्चालनमा रहिरहेका छन् । कतिपय सहकारीहरुले वार्षिक साधारण सभा गरेर हिसाब चुस्तदुरुस्त राख्ने काम पनि गर्दै आएका छन् । ऋणीहरुले सहकारीबाट लगेको ऋण पनि समयमा तिर्ने गरेका छन् । त्यसको उदाहरण बनेको अरनिको बचत समूह । अरनिको बचत समूहले वार्षिक साधारण सभा गरेर आफ्ना सदस्यहरुलाई हिसाब किताब पारदर्शी र चुस्तदुरुस्त भएको स्पष्ट पार्ने गर्दै आएको छ । त्योसँगै अरनीको बचत समूहले वार्षिक रुपमा वनभोज कार्यक्रमको आयोजना पनि गर्दै आएको छ ।

बचत समूहले फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा बज्रबाराहीमा वनभोज कार्यक्रमको आयोजना गरेको थियो । अरनीको बचत समूहमा थोरै सदस्य भए तापनि त्यसले गर्ने काम राम्रो र भरपर्दो देखिएको छ । बचत समूहले सेयरधनीहरुलाई बोनस र लाभांश पनि वितरण गरेको थियो । सो बचत समूहमा प्रत्येक सेयर धनीले ५० हजार रुपैयाँ जम्मा गरेका छन् । शेयरधनीहरुले आवश्यकता अनुसार १० प्रतिशत ब्याजमा ऋण लिने गरेका छन् । अन्य सहकारी संस्थाहरु निक्षेपकर्ताको पैसा हिनामिना गरेर भागिरहेको बेलामा अरनिको बचत समूहले भने राम्रो काम गरेर समाजमा आफ्नो इतिहास रच्ने काम गर्दै आएको छ । त्यसकारण सबै सहकारी संस्थालाई एउटै डालोमा राखेर तुलना गर्न मिल्दैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *