काठमाडौं । सशस्त्र प्रहरी बलभित्र ‘जुन जोगी आएपनि कानै चिरेको’ भन्ने भनाइ चरितार्थ भएको छ । तत्कालीन आईजीपी राजु अर्याल आफ्नो कार्यकाल पुरा गरेर अवकासमा गएसँगै नयाँ आईजीपी बनेका नारायणदत्त पौडेलले पनि सशस्त्र प्रहरी बललाई चलायमान बनाउन सकेका छैनन् । पौडेल खान र खुवाउनमा माहिर महानिरीक्षकमा गनिन्छन् । पौडेल महानिदरीक्षकमा नियुक्ति हुनु अगाडि पनि विभिन्न विवादमा मुछिँदै आएका थिए । बालेन सरकारले उनै पौडेललाई सशस्त्रको महानिरीक्षक बनाएको छ ।
गृहमन्त्री सुदन गुरुङले सशस्त्रका महानिरीक्षक पौडेलको हर्कतलाई निरीक्षण गरी कुनै कारबाही गर्न सकेका छैनन् । मन्त्री गुरुङ पनि आफै विवादमा मुछिएर फर्किएका व्यक्ति हुन् । विवादमा मुछिएर ४८ दिन निलम्बनमा परेपछि मन्त्री गुरुङ पनि पहिलाको तुलना खच्किएका छन् । मन्त्री गुरुङकै कमजोरीका कारण सुरक्षा निकाय चलायमान हुन सकेको छैन । त्यसको फाइदा उठाउँदै आईजीपी पौडेलका छिमेकी रहेका एसपी बिमल डाँगीको सशस्त्र प्रहरी प्रधान कायालयको सवारी शाखामा जगजगी बढेको छ ।
हालका आईजीपी नारायणदत्त पौडेलको नजिक भएको भन्दै एसपी डाँगी सवारी बाखा प्रमुखको रूपमा खटिएका छन् । डाँगीले सवारी शाखामा प्रमुख भएर जाने वित्तिकै अमेरिकले हिमाली क्षेत्रको लागि दिएको इलेक्टिकल एल्टेन भेइकल ६ वटा दिएको थियो । उक्त गाडी पालैपालो चार्ज गर्ने गरेका थिए । तर, एसपी डाँगीले एकै पटक दुईवटा चार्ज गर्न आदेश दिँदा ती ६ वटा गाडी, दुईवटा प्राडो जिप, ४०० सीसीको स्कटिङ मोटरसाइकिल र भवन जलेर नष्ट भएको छ । एसपी डाँगीले यति ठूलो गल्ती गर्दा पनि आईजीपी पौडेल मुकदर्शक बनेर बसेका छन् । सरकारी सम्पती जलेर नष्ट हुँदा पनि आईजीपी पौडेलले ध्यान नदिएको चर्चा हलचोकतिर चल्ने गरेको छ । यदि डाँगी आईजीपीको नजिकका व्यक्ति थिएनन् भने उनी कारबाहीमा पर्ने निश्चित थियो ।
तर, एसपी डाँगी भने सोही शाखामा ढलीमली गरिरहेका छन् । डाँगीले चन्दा संकलन गरेर मन्दिर स्थापना गर्ने भनी समिति गठन गरेका छन् । मन्दिर र पार्किङ बनाउनको लागि भन्दै सडक विभागका ब्लकहरु पनि रातारात सवारी शाखामा ल्याएर थुपारेकाछन् । सिपाही, हवल्दारहरुलाई घाम, पानी र राति नभनी ट्रककाट्रक ब्लक ओसार्न लगाएर शाखामा थुपारेको बताइन्छ । त्यस विषयमा तामाकोशी सन्देशले मो. नं. ९८५११०४०६७ मा सम्पर्क गरी बुझ्दा एसपी डाँगीले ‘जागिर खाएपछि काम त लगाउँनै प¥यो, सडक विभागले काम नलाग्ने भनेर फालेको ब्लक हामीले बटुलेर ल्याएका हौं, अन्यथा केही होइन’ भन्ने उत्तर आयो । एसपी डाँगीले सडक विभागले फालेको ब्लक जाम्मा गरेर ल्याएको भने तापनि प्रयोग गर्ने बेलामा खरिद गरेको देखाएर भुक्तानी लिन यो प्रपञ्च रचिएको स्रोतले बताएको छ ।
त्यसरी ल्याइएका कतिपय ब्लकहरु मन्दिर स्थापना गर्ने स्थलमा बिछ्याइसकिएको छ । एसपी डाँगीले मिटिडमा आफूबाहेक अरु कसैलाई केही बोल्न नदिने गरेको बताइन्छ । कसैले बोल्न खोज्दा ‘तपाईँ चुप लाग्नृुहोस्, सब मलाई थाहा छ’ भन्दै तर्साउने गरेको बताइन्छ । एसपी डाँगीले अन्यलाई तर्साउने क्रममा ‘म यो शाखामा सानोतिनो पावरले आएको होइन, आईजीपी मेरो हातमा हुनुहुन्छ, त्यसकारण यहाँ मैले जे भन्यो त्यही हुन्छ’ भन्ने गर्दछन् । डाँगीको त्यो रवाफले गर्दा सवारी शाखा हेर्ने विभाग र निर्देशनालयका प्रमुख पनि केही नबोली मुकदर्शक भएर बस्ने गरेका छन् । जलेको भवनमा हालसम्म बत्ती जोडिएको छैन । त्यही भवनमा व्यारेक बनाएर ड्राइभर बसिरहेका छन् । जलेको उक्त भवनमा बत्ती, झ्याल, ढोकासमेत हाल्न नसक्ने एसपीले चन्दा संकलन गरेर विश्वकर्मा बाबाको मन्दिर र सवारी पार्किड गर्ने ग्यारेज बनाउने भन्दै पत्र काट्नु कत्तिको उचित छ भन्ने प्रश्न उठिरहेको छ ।
सो भवनमा वस्ने सिपाहीले रातभर अँध्यारो र गर्मीको सामना गर्नुपरेको छ । त्यस विषयमा महानिरीक्षक पौडेलको ध्यान गएको छैन । प्रधान कार्यालयको त यस्तो हालत छ भने बाहिरको अवस्था कस्तो होला ? भन्ने प्रश्न त्यत्तिकै उठिरहेको छ । त्यसकारण एसपी डाँगीलाई सवारी शाखाबाट नहटाएसम्म यस्तै जात्रा भइरहने स्रोतले उल्लेख गरेको छ । सिपाही र हवल्दारहरु प्रयोग गरेर बनाइएको संरचनालाई लेखा शाखाबाट रकम निकाशा गरेर खाने दाउमा एसपी डाँगी रहेको बताइन्छ । एसपी डाँगीको सम्पती हेर्दा कहालीलाग्दो रहेको स्रोतको दावी छ । डाँगीको काठमाडौंमा आलिसान महल, नेपालगंन्जमा विगाकाबिगा जग्गा र घर कुन श्रोतबाट आर्जन भयो भन्ने प्रश्नले सबैलाई चकित बनाएको छ ।

