वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो आजबाट

मधेस प्रदेश समाचार

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ ।

बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान ७ः०० बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
गत शनिबार दिउँसो हनुमान जन्मोत्सवका अवसरमा निकालिएको शोभायात्रामा हिन्दु र इस्लाम धर्मावलम्बी बिच झडप भए पछि शनिबार बेलुकीदेखि कर्फ्यु लगाएको थियो। त्यसपछि गत आइतबार राति १२ बजेदेखि कर्फ्यु हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको थियो ।

शनिबार भएकोको घटनामा स्थिति नियन्त्रणमा लिने प्रयासमा प्रहरीले १४५ राउण्ड अश्रु ग्याँस र दुई राउण्ड हवाइ फायर गरेको थियो भने उक्त घटनामा प्रहरीतर्फ नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षकसहित २५ जना र प्रदर्शनकारीका तर्फका १५ जना बढी घाइते भएका थिए। दर्जनौं पसलहरूमा तोडफोड भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *