निजामती कर्मचारीमाथि तानाशाहीको डण्डा 

राजनीति समाचार

काठमाडौं । बालेन सरकारले निजामती क्षेत्रलाई तहसनहस बनाएसँगै राजनीतिक दल निकट कर्मचारी  संगठनका भवन र कार्यालय बन्द गर्न तीनदिने अल्मिेटम दिएको छ ।  कर्मचारी संगठनका नेताहरुले पनि सरकारको उर्दिको पालना गर्दै कर्मचारी संगठनको सामान हटाइ भवन खाली गर्ने तयारी गरिरहेका छन् ।  त्यसले गर्दा कर्मचारीतन्त्रभित्र व्यापक असन्तुष्टि छाएको छ । निजामती कर्मचारी भएर राजनीति गर्ने विभिन्न दलनिकट कर्मचारी  संघ , संगठनका  नेताहरु आज  कुन दुलोमा छिरेका छन् भन्ने एकिन छैन । पुराना दल नेपाली कांग्रेस, नेकपा एमाले, मधेसवादी दल र माओवादी, समाजवादीलगायतका संघ संगठनमा बसेर मस्ती गर्दै आएका कर्मचारी नेताहरु सरकारको आदेशले गुमनाम भएका छन् । कर्मचारी नेताहरु गुमनाम भएसँगै अन्य दलका समर्थक कर्मचारीहरुको होसहवास उडेको छ ।

उता, सरकारले असार मसान्तभित्र निजामती ऐन ल्याएर  ३० वर्षे सेवा अवधि  र    ५५ वर्षे उमेदर हदको हल्लाले हायलकायल भएका कर्मचारीहरुले पछिल्लो समय केही राहत महसुस गरेका छन् । किन कि ५५ वर्षे उमेर हद लागु नहुने भएपछि कर्मचारीहरुले राहत महसुस गरेका हुन् । तर, सरकारको क्रियाकलाप हेर्दा  त्यो   लागु हुने नहुने निश्चित छैन । निजामति ऐन पनि असार मसान्तभित्र आउने छाँट देखिँदैन । त्यसले गर्दा निजामती कर्मचारीहरुलाई भने केही राहत मिलेको छ । तर, कर्मचारीका हकअधिकार भने हरण भएका छन् ।

यस्ता विषयमा विभिन्न  दल निकट कर्मचारी नेताहरु एकजुट भएर जागिरको प्रवाह नगरी  सडकमा आउनुपर्नेमा  त्यो नगरी गुमनाम भएर बस्नु भनेको भ्रष्टाचार गरी आर्जन गरेको अकुत सम्पत्ति जोगाउनु हो । किन कि उनीहरु आन्दोलनमा आएको खण्डमा सरकारले उनीहरुको अकुत सम्पत्ति छानविन गर्ने डर छ । त्यसै कारण कर्मचारी संगठनका  नेताहरु ‘तैँ चुप, मै चुप’को अवस्थामा पुगेका हुन् । अर्कोतिर तत्कालीन सरकारले  सरुवा  गरेको र खटाएको  ठाउँमा  जान नमान्ने कर्मचारीहरु  बालेन सरकारको आदेशमा जहाँ पनि जान  तयार भएका छन् । संघीय मन्त्रालयमा पार्टीको आडमा वर्षौंदेखि जरा गाडेर बसेका  कर्मचारीहरु आज रुकुम, रोल्पाको  दुरदराजमा  सरकारले खाटाउनासथ ‘लुरुलुरु’ गएका  छ ।  त्यसले गर्दा निजमती क्षेत्रमा सरकारले तानाशाही लादेको प्रष्ट देखिन्छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *