दुई व्यापारीले छले अर्बौंको राजश्व, थाल्यो वाणिज्य विभागले कारबाही

राजनीति समाचार

काठमाडौं । पछिल्लो समय बिचौंलियाहरुले सेटिङ्ग मिलाएर राज्यलाई कंगाल तथा सीमित ब्यवसायीलाई मालामाल बनाउनमा सरकारी कर्मचारी नै उद्यत छन् । रूपन्देहीका नवधनाढ्य उद्योगपति कमलकिशोर मालपानीको ‘माल’खाएर एउटा चल्तापुर्जा उपसचिवलाई बुटवलस्थित राजश्व अनुसन्धान कार्यालयमा लगिएकै थियो । त्यही कारण उनी राजश्व कार्यालयबाट उन्मुक्ति पाउँदै आएका छन् । यसरी मालपानीको माल खाएर उनको कमजोरीमा आँखा चिम्लनेमा प्रमुख जिल्ला अधिकारी,राजश्वका हाकिमदेखि प्रहरी प्रशासनसम्म रहेका छन् ।

तर त्यहाँका हाकिमले छुन र चलाउन नसकेको बदनाम व्यापारीलाई एउटा जब्बर कर्मचारीले तिनका बदमासीमा हात हालेका छन् । बुटवलको मैनाबगरस्थित श्रीराम टोबाको उद्योगको मुख्य उत्पादन भोला, करेन्ट र जीत ब्राण्डको गुट्खा, सुर्तीले अन्तःशुल्क छल्दै आएको व्यापक गुनासो छ तर राजश्वका कर्मचारी नै आफ्नै पकेटबाट लगिएका कारण उनीमाथि कुनै कारवाही हुँदैन । बरु अन्य खुद्रा कारवाही र अनुसन्धानको दायरामा तानिएका प्रेस विज्ञप्ति मिडियामा खपत गर्दै बसिरहेका छन्,विवेक घिमिरे ।

भोला ब्राण्डको गुट्खा देशैभर खपत हुन्छ । मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भए पनि श्रीराम उद्योगका उत्पादनको सिति मिति चेकजाँच नभइहरेको स्थिति छ । प्रहरीले छुनै हिम्मत नगर्ने र राजश्वका अधिकारीहरूले पूर्व सूचना दिएर मात्र निरीक्षण गर्ने गरेको आरोप छ मालपानीको कम्पनीमा । गुट्खा, सुर्ती, सुपारीसँगै चाऊचाऊ, मसलालगायतका उद्योगमा साम्राज्य फैलाएका कमलकिशोर मालपानीलगायतको समूहले लजिष्टिक अधिकृतमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको कार्यकक्षबाट बजेट आउने दिन करका दर हेरफेर गराउन सफल पूर्व नासु रघुनाथ घिमिरेलाई नियुक्त पाएका छन् ।

घिमिरेले नीति निर्माण तह मात्र होइन राजस्व र प्रहरी अधिकारीलाई मिलाउने कामसमेत गरेकाले श्रीराम उद्योग र त्यसका सञ्चालकहरूविरुद्ध अहिले आन्तरिक राजस्व विभाग र अदालतमा गरी राजस्व ठगीका दर्जनौं मुद्दा चलिरहेका छन् । तिनै घिमिरेको जोडबलमा पुल्चोकस्थित राजश्व अनुसन्धान विभागबाट अहिले बुटवलका प्रमुख छन्,विवेक घिमिरे । विवेक अघिल्लो पटक ओली प्रधानमन्त्री हुँदा उनको सचिवालयमा थिए । बालुवाटारकै भिटो लगाएर उद्योगमन्त्री दामोदर भण्डारीको सचिवालयमा पुगे ।

त्यहाँ छायाँमन्त्रीकै रुपमा काम गर्न थाले, पछि मन्त्रीले सामान्यमा सारे । त्यहाँबाट प्रधानमन्त्री कार्यालय मातहतको राजश्व अनुसन्धान विभाग हुँदै बुटवल लगिएको छ उनलाई । विवेक त्यहाँ बसुञ्जेल भोला गुट्खा र करेन्ट चाउचाउवाला मालपानीलाई छुन नपाइने शर्त छ । त्यही कारण त ती व्यापारीलाई कसैले छुन चलाउन सकेको थिएन । तर हालैमात्र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक बनेर गएका कुमार दाहालले विगतमा चौधरी समूहमाथि हानेझैं अहिले तिनै मालपानीको उद्योगमा हात हालेको छ । विगतमा चौधरी समूहको गाडीको ब्रह्म लुटमा हात तानेर त्यहाँबाट खेदिएका उनले विभागले सूर्तिजन्य पदार्थको नाममा अरबौं रुपैयाँको करछली गर्ने श्रीराम टोवाकोमाथि हात हालेको हो ।

विभागले ललितपुरको सानेपास्थित पशुपति इन्टरनेशनल बिजनेस प्रा.लिमा विभागले छापा मारेर श्रीराम टोबाको उद्योगबाट उत्पादित गुट्खा–खैनी ब्राण्डहरूमा तोकिएको तौल नपुगेको, उत्पादन तथा उपभोग्य मिति उल्लेख नभएको प्रमाणसहित सिलबन्दी गरेको छ। ‘भोला’, ‘करेन्ट’, ‘जित खैनी’, र ‘पावर खैनी’ ब्राण्डहरूमा कम्तीमा २०–२५ नमुनाको परीक्षण हुँदा प्याकेटमा लेखिएको २.१४ ग्राम तौल वास्तविक तौलभन्दा कम भेटिएको विभागको निष्कर्ष छ । श्रीराम टोबाको कम्पनीका सञ्चालक कमलकिशोर मालपानी र चुन्नप्रसाद शर्मा पौडेलले करोडौंको राजस्व छली गर्दै आएको प्रमाणित भएको छ ।

विभागको कारबाहीपछि ती व्यवसायीहरु सम्पर्कमा आउन आनाकानी गरिरहेपछि विभागले ३ दिनभित्र कागजातसहित हाजिर हुन निर्देशन दिएको हो । हेर्न बाँकी छ,विगतमा चौधरी ग्रुपको गाडीमा छापा हान्दा लखेटिएका दाहाल यस पटक मालपानीको बदमासीमा हात हाल्दा कति समय टिक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *