काठमाडौं । ब्रिफकेस जसले डा.आरजुसम्म बेलामा पु¥याउन सक्छ उहि सशस्त्र प्रहरीको एआइजी बन्न सक्छ । नेपाल प्रहरीमा २०५२ सालको ब्याच र २०५४ को ब्याच बीचको भिडन्तमा गुप्तचरबाट छिरेका सिद्धिविक्रम शाहको ब्याचको पनि भिडन्त छ । सशस्त्रमा सेनाबाट प्रवेश भएको टिमका अन्तिम पात्र चन्द्रप्रकाश गौतमले वैशाख ३ गते अवकास लिएका हुन् । उनको ठाउँमा सरकारले एक वर्ष म्याद थप गरेका डिआइजीहरु गणेश ठाडा मगर, कमल गिरी र कुलबहादुर नेम्वाङको प्रतिस्पर्धा चलिरहेको छ ।
राजनीतिक पहुँचको कुरा गर्दा गिरी प्रधानमन्त्री केपी ओली र कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीका विश्वासी पात्र हुन् । ठूला नेतासँग पहुँच भएकाले कमल गिरीले कसैलाई गन्दैनन् । उनी कोशी प्रदेशको कमाण्ड गरेर फर्केपछि सशस्त्रको शिक्षालय मातातीर्थमा एक वर्ष बिताएका डिआइजी हुन् । क्षमता कार्यकुशलता हेर्ने हो भने डिआइजी गणेश ठाडा मगर अहिले एआइजी हुनुपर्ने हो । किनकि उनले छिन्नमस्ता बाहिनीमा रहँदा पनि त्यही बाहिनीलाई उत्कृष्ट बनाएका थिए । अहिले बागमती प्रदेश कार्यालय चितवनमा उनले कमाण्ड गरिरहेका छन् ।
यसपटक पनि सशस्त्रको वार्षिकीमा त्यही बाहिनी पहिलो भयो । गृहमन्त्री रमेश लेखकले ठाडालाई सम्मान गरेकै हुन् । राष्ट्र बैंकको गवर्नर बनाउन १ अर्बको लेनदेन हुँदै गरेको समाचार बाहिरियो । धितोपत्र बोर्डको उपाध्यक्ष बनाउनको लागि ९ अर्बको चलखेल छ भन्ने केपी ओली प्रधानमन्त्री छन् । पैसाबिना सरकारका कुनै पनि नियुक्ति र बढुवा हुँदैनन् भन्ने संकेत विगतमा भएका नियुक्ति र विद्युत प्राधिकरणको अधिकार खोसेर ऊर्जामन्त्री दीपक खड्काले चलाएको सोलारपावर ठेक्का प्रकरणको १६ अर्बले दिएकै छ । प्रधानमन्त्रीले भ्रष्टाचार हुन दिन्न भनेको ठिक उल्टो बन्दै गएको छ ।
आफुलाई कांग्रेस ठान्ने डिआइजी गिरी कोशी प्रदेशमा रहँदा कांग्रेसका ज्ञानेन्द्र कार्कीको पार्टी क्रियाकलाप सुनसरीको सशस्त्रकै क्याम्पबाट चल्ने गरेको थियो । कांग्रेसले तिनै कार्की मार्फतकमलको ब्रिफकेस बुढानीलकण्ठ भित्र्याउन सहज ठानेको छ । किनकि कांग्रेस र एमालेले पेशागत प्रतिष्ठा र व्यावसायिक धर्मलाई पैसामा जोडेका छन् । अहिले बढुवा हुने एक्लो उम्मेदवार हुनेछन् । सशस्त्रका आइजीपी आफै कांग्रेस हुन् । उनलाई देउवाका ज्वाइँ दिपेन्द्र कुँवरलाई क्षमता योग्यता नपुगेपनि डिआइजी बनाएर कांग्रेस नेतृ डा.आर्जुको विश्वास जितेको बताउनेहरू हलचोक र बलम्बु अस्पतालमा छन् । तिनीहरूलाई कसैले छेक्दैन, कुँवर त्यस्ता पावरदार हुन्, जो दुई वर्ष लगातार प्रबन्ध शाखामा बसेका थिए ।