क्यानडामा कार्नीको लिबरल पार्टी विजयी

विविध समाचार

काठमाडौं । क्यानडाको आम चुनावमा मार्क कार्नीको लिबरल पार्टीले जित हासिल गरेको छ ।

यो जितपछि कार्नीले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निशाना बनाएका थिए ।

अमेरिकासँगको पुरानो सम्बन्ध अब समाप्त भएको बताउँदै अमेरिकी विश्वासघातको आघात पार गरिसकेकोले एकअर्काको ख्याल राख्न अत्यन्तै जरुरी रहेको पनि कार्नीले आफ्ना समर्थकहरुलाई बताएका छन्। साथै अमेरिकाले जति प्रयास गरेपनि क्यानडा माथि कहिल्यै प्रभुत्व जमाउन नसक्ने विश्वास व्यक्त गरेका छन् ।

ट्रम्पले क्यानडालाई व्यापार युद्धको धम्की निरन्तर दिइरहेका छन् र क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने कुरा पनि गरेका छन् । सोमबार भएको मतदानपछि जारी मतगणनामा कार्नी नेतृत्वको लिबरल पार्टीले १६७ स्थानमा अग्रता हासिल गरेको छ भने कन्जरभेटिभ पार्टीले १४५ सिटमा अग्रता हासिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *