इच्छाकामनाको चार तले प्रशासकीय भवन प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

वाग्मती प्रदेश समाचार

काठमाडौं । चितवनको एक मात्रै गाउँपालिका इच्छाकामनाको चार तले प्रशासकीय भवनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।

चार करोड दुई लाख ३९ हजार ७२५ रुपैयाँको लागतमा तयार भएको प्रशासकीय भवनको आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।
प्रधानमन्त्रीले भरतपुरमा बनेको ६ लेनको सडक, एमाले भरतपुर महानगरको दोस्रो अधिवेशन र नारायणगढ बुटवल तथा कालीगण्डकी करिडोरकोसमेत अनुगमन निरीक्षण गर्ने कार्यक्रम छ ।

इच्छाकामना गाउँपालिकाले बहालवाला प्रधानमन्त्री पालिकामा पहिलोपटक आउन लागेको सो अवसरमा पूर्वजनप्रतिनिधि र उत्कृष्ट करदातालाई सम्मान गर्ने कार्यक्रम रहेको जनाएका छन् ।

नवनिर्मित भवनको भुईं तलामा प्रशासनिक कार्यालय, लेखा, सामाजिक विकास शाखा छन् । पहिलो तलामा पालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कक्ष, दोस्रो तलामा शिक्षा स्वास्थ्य, पञ्जीकरण, प्रधानमन्त्री रोजगार शाखा, तेस्रो तलामा सभा हल रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *