सावित्री खत्री
काठमाडौ । राजनीतिक दलहरुलाई चुचनाव लागेको जस्तै राजनीतिक पार्टी नजिक भएर संघ संगठनमा रहेका व्यक्ति र संगठनको राजनीतिक पार्टी निकट कर्मचारी संगठन राजनीतिक पाटीृका भातृ संगठनदेखि विभिन्न राजनीतिक पार्टीका सम्पर्क मञ्च, क्षेत्री उसम्पर्क कमिटी, जिल्ला पार्टी कमिटी, क्षेत्रीय सभापति, पत्रकार, वकिल, बुद्धिजीवी, प्राध्यापक, डाक्टर, शिक्षक, नर्स सबै वर्गका सबै राजनीतिक दलनिकटका संगठन विभिन्न, पेशा व्यवसाय क्षेत्रमा लागेका सबैलाई स्थानीय चुनावको चटारो भएको छ । चुनावको कारण विकासको काम शून्य अवस्थामा रहेको छ । विकास खर्च सबै चुनावमा प्रयोग हुँदैछ । नेपालमा आर्थिक मन्दी लाग्ने अवस्था सिर्जना भएको छ । सबै पार्टीलाई चुनाव लागेको छ । राजनीतिक पार्टीलाई मात्र नभएर पार्टीभित्रका विभिन्न छाता संगठनलाई समेत चुनावी चटारो छ । यस्तै कांग्रेस, माओवादी पार्टीभिका सबै संघ संगठनहरु, विभिन्न वर्ग क्षेत्र, यस्तै समाजवादी पार्टीका सबै संघ संगठनहरु सबै पार्टीका विभिन्न दलनिकट संघ संगठन, जनमोर्चा, माले, फोरम, लोसपाजस्ता पार्टीका नेतालाई चुनावको चटारो छ । चुनाव आफ्नो पार्टीको फेभरमा चुनाव जिताउन न्वारनदेखिको बल लगाएर चुनावी रणनीति बनाउँदैछन् । चुनावको लागि धन बल पावर शक्ति लगाएर चुनावी माहौल बनाउनका लागिपरेको बेला चुनावी खर्च उठाउन सबै राजनीतिक दल मरिमेटेर लागेका छन् । यसरी नेपालको विकासको योजनाको पैसा चुनावी खर्च गर्नका लागि अहिले सबै संगठनलाई पैसाको आवश्यक परेको छ । सो पैसा कहाँबाट कसरी ल्याउने र खर्च गरेर चुनाव जिताउन सकिन्छ भन्दै राजनीतिको आशा र भरोसा गरेर विभिन्न संघ संगठनले चन्दा, लेवी उठाएका छन् । यस्तै चन्दा, लेवी मात्र नभएर ठुला ठुला व्यापारिक घरानाका उद्योग धन्दा सञ्चालन गर्ने व्यक्तिसित चुनावी खर्च जुटाउन लागिपरेका छन् ।
चुनावी खर्च उठाएर चुनाव जित्नलाई भरपुर खर्च गरिन्छ । यदि कथम् कदाचित चुनाव हारे भने सहयोग गर्ने चन्दा दर्तालाई मतलव हुँदैन होला । चु्नाव जितेका जनप्रतिनिधिले चुनाव जितेवापत खर्च उठाउन विभिन्न हतकण्डा मच्चाउने गरेका छन् । चुनावमा सहयोग गरेवापत कसैलाई जागिरको बन्दोबस्ती मिलाउनुपर्छ । कसैलचई चुनाव जितेबापत बढुवा गर्नुपर्छ । चुनाव जितेवापत पार्टीलाई सेवा गर्छु भन्दै राजनीतिक संस्था भजाएर खाने गरेका छन् । संस्था भजाएर खाँदा कतिपय राजनीतिक संगठनका भातृ संगठनले विकासको काममा अवरोध गर्दै आएको राजनीतिक उदाहरण थुप्रै छन् । राजनीतिको नाममा विकृति फैलाउने, विकासको काम शून्य, लेबी र चन्दा उठाउने, सहयोग माग्ने, लेवी र चन्दाले नपुगे पकेटको खर्च हालेर चुनावमा खर्च भएको भन्ने र पछि भरताल गरौंला भन्दै राजनीतिक दल मात्र नभएर विभिन्न रजनीतिक दलसम्बन्धित भगिनी संगठनले खाने गरेका छन् ।
नेपालमा राजनीतिक दल धेरै छन् । त्यसको चौगुना विभिन्न संघ संगठन खोल्ने चलन छ । राजनीतिक दलको लोगो भजाउने, नेता बन्ने परिपाटी नेपालमा चल्ने गरेको छ । विकासको योजना ल्याउने र विकासको उद्योग धन्दा खोल्ने भन्दा पनि विभिन्न राजनीतिक दल दर्ता गर्न, दल दर्ता गरेपछि सो संगठनमा बसेर संगठनको नाममा पैसा उठाउने, बस्न खान अथवा पार्टीको कार्यकारी पदमा बस्न नपाएपछि फेरी राजनीतिक पार्टी विभाजन गराउने, पार्टी विभाजन गरेर नयाँ पार्टी खोल्दै नेता बन्दै गरेका उदाहरण थुप्रै छन् । पहिला राप्रपा नेपािल फुट्यो, एमाले फुटेर माले बन्यो, माओवादी फुटेर नेताहरु छिन्न भिन्न भए । तराईमा फोरम फुटेको छ । यसमा तीन खेमा भएको छ । एउटा उपेन्द्र यादव, अर्काे महन्थ ठाकुर र एउटा बाबुराम भट्टराई । यस्तै एमाले फुटेर समाजवादी पार्टी बनेको छ भने विवेकशील पार्टी साझा पार्टी बनेको छ । यसरी जति राजनीतिक विभाजन हुन्छ, त्यति नै राजनीतिक दल निकट संघ, संगठन खोल्ने परिपाटी नेपालमा चल्दै गएको छ । यसको असर नेपालको विकासमा देखिन्छ । जति राजनीतिक पार्टी फुट्छ, त्यति नै पार्टी दर्ता गर्ने र पार्टीको नाममा चन्दा लेबी उठाउने हुन्छ । यसले गर्दा उद्योग खोल्नेले खोल्दैन, उद्योग खोलेका व्यक्तिले उद्योगबाट नाफा हुन्छ कि हुँदैन, पार्टीलाई चन्दा दिँदा दिँदा हैरान हुने गर्दछ । त्यति मात्र भएर मजदुर नेतालाई समेत चन्दा दिएर हैरान हुने गरेको अवस्था यस्तै ठूला ठूला उद्योगीले कमाएको धन विदेशमा राखेर राजनीतिक दललाई चन्दा दिएर भविष्यमा मन्त्री समेत खाने गरेका छन् । भ्रष्टाचारमा रमाउने गरेका छन् । यस्ता विषयमा पनि ध्यान दिने हो कि ?