सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाल भोजभतेरमै व्यस्त

समाचार

काठमाडौं । घर जाने बेलामा सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खानाल आईजीपी भएदेखि अवकाश पाउन लाग्दासम्म भ्रष्टाचारलाई प्रोत्साहन दिने काम गरेका छन् । खनालले सशस्त्र प्रहरी बललाई बदनाम गराएर आगामी चैत २८ गते अवकाश जान लागेका हु्न । आईजीपीले गत चैत १८ गते गृहमन्त्री बालकृष्ण खाँणदेखि गृहसचिव र विशिष्ट श्रेणीका व्यक्तिलाई राति डिनर भोजको आयोजना गरेका थिए । सुरक्षा निकायका उच्च निकायदेखि विभिन राजनीति कदलका नेता, कार्यकर्तादेखि आफन्त सबैलाई रात्रीभोजमा बोलाएका थ्एि । सो भोजमा करिब २ सय जनाको उपस्थिति रहेको थियो । गृहमन्त्री बालकृष्ण खाँणले खनाललाई तपाईं अब बिदा बस्नुस भन्दा पनि अहिलेसम्म बिदा बस्ने योजना बनाएका छैनन् । जागिरको अवधि पुरा गरेर घर जाने बेलामा राज्यको ढिकुटीमा राज गरेर विभिन्न व्यक्तिलाई रात्री भोज आयोजना गरेका थिए । यसरी जागिरको अवधि सकिन लाग्दा समेत भोज भतेर गरेर राज्यलाई दोहन गरेका छन् भने चार वर्ष कार्यकालमा शैलेन्द्र खनालले कति भ्रष्टाचार गरे होला भन्दै थिए एक प्रहरी अधिकृतले । यस्ता भ्रष्टाचार त सशस्त्र प्रहरीमा कति भएका छन् कति । सशस्त्र प्रहरीमा कोरोना कालमा होस या चाहे गाडी खरिददेखि रासन खरिद, लत्ता कपडा खरिद, मिसन जाने टोलीकोबाट होस । विभिन्न योजना बनाएर सशस्त्र प्रहरीभित्र भएको भ्रष्टाचार छानबिन गर्ने निकाय गुमनाम भएको बताइन्छ । यस्तै वरिष्ठ लेखा अधिकृत गणेश मल्लको हालीमुहाली व्यापक चलेको छ । लामो समयसम्म लेखामा बसी करोडौ आय आर्जन गरेको पीडित प्रहरीले बताउने गरेका छन् । लेखा शाखा र स्टोर किपर स्टोरमा भएका सामान नसकिए पनि सकिएको बहाना पारी सामन खरिद गर्नेदेखि पेट्रोलको कुपन समेत दुरुपयोग भएपनि विभिन्न उच्च निकायका व्यक्तिलाई कुपन दिएको बहाना पारी तेलबाटसमेत कमिसन खाने गरेको आरोप छ । यस्तै गाडी मर्मत सम्भार गरेको बहाना पारी सस्तोमा सामान किनेर महंगो सामान फेरिएको बहाना पारी बिल पेश गरेर खाने गरेका छन् । यस्तै सो पैसा आईजीपी, लेखा, स्टोर र प्रशासनमा भागशान्ति हुने गरेको छ । सशस्त्र प्रहरीको समाचार पत्रपत्रिकाले लेखेमा सानातिना पत्रिकाले लेखेर केही हुँदैन, ठुला बिग हाउस र रेडियो टेलिभिजनमा चाहिं अलि समस्या पर्ला अन्यले लेखेमा केही फरक पर्दैन भन्दै केही ठूला संस्थाका पत्रकारलाई खामबन्दी दिने गरेको आरोप छ ।
यस्तै, उच्च निकायका अधिकृतलाई विभिन्न किसिमको उपहार बेलाबखतमा दिने गरेको र विभिन्न समयमा भेटघाट गर्नुप¥यो भन्दै विभिन्न होटलमा लगेर पार्टी दिने गरेको, खान खुवाउने गरेको जस्तो आरोप लाग्दै आएको छ । यसरी व्यापक रुपमा भ्रष्टाचार भइरहँदासमेत छानबिन हुन नसकेको गुनासो सशस्त्र प्रहरी बलभित्र चल्ने गरेको छ । अधिकाशं जिल्ला, प्रदेशका लेखा अधिकृतले केन्द्रीय लेखा अधिकृतलाई महिनावारी भागशान्ति दिनुपर्ने, विभिन्न सामान खरिदमा कमिसन खाने र केही कर्मचारीलाई उचित दामको व्यवस्था गर्ने र सशस्त्र प्रहर िभित्रको समाचार कसरी बाहिर जान्छ । हाम्रो संस्थालाइृ किन बद्नाम गरेको होला, हाम्रा कर्मचारी साथी पनि कामै नलाग्ने भए, संगठन भित्रको समाचार लेखाएर के फाइदा होला भन्दै केही शंका लागेका व्यक्तिसित भन्ने गरेका छन् । विगत लामो समयदेखि हाम्रो संगठनको समाचार लेखाएर ठूला मान्छे बन्ने गरेका छन् भन्दै लेखा र प्रशासनका कर्मचारीसँग गुनासो गर्ने गरेको अवस्था छ ।
यस्तै सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा खटाउँदासमेत कसैलाई काखा कसैलाईपाखा गरेर खटाएको आरोपसमेत छ । विभिन्न सीमामा प्रहरी खटाउँदा आम्दानी हुने क्षेत्र र नाकामा समेत मनपरी प्रहरी खटाएर आर्थिक लाभ लिएको बताइन्छ । सीमा सुरक्षासँग जोडिएका भन्सार नाकाबाट व्यापारीसँग महिनावारी असुल्दै आएको र महिनावारी बुझाउने प्रहरीले केही कथाचिंत ढिला भएमा यस्ता प्रहरीको सरुवा गरेको समेत आरोप लाग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *