नागरिकता विधेयकलाई राजनीतिक पार्टीहरुले भोट बैंक बनाउँदै

राजनीति समाचार

काठमाडौं । मधेसी दलहरुले उठाउँदै आएको नागरिकतासम्बन्धी मुद्दा अहिले राजनीतिक दलभित्र भेट ब्यांक बनाउने खेलोमेलो सुरु भएको छ । हिजो मधेसी दलहरुले यहीं नागरिकता सम्बन्धी मुद्दा उछालेर मधेस आन्दोलन तताएका थिए । यहीं मुद्दालाई भँजाएर मधेसी दलहरुले त्यहाँका जनतालाई भ्रमको खेती गर्दै आएका थिए ।

त्यहीं सिको गरेर सत्तामा पुग्ने र बार्गेनिङ गर्ने गरेका थिए । यसै कारण अधिकांश तराइवासी जनताले नागरिकता सम्बन्धी आन्दोलन चकाउँदै पनि आए । तर, यही नागरिकताको विषयलाई लिएर नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमाले जस्ता आपूmलाई राष्ट्रिय भन्ने पार्टीहरुले आगामी आमनिर्वाचनको लागि भोट बैंक बनाउन न्वारानदेखिको बल निकालेर लागिपरेका छन्

। प्रतिनिधिसभाले पास गरेर राष्ट्रपति समक्ष बुझाएको नागरिकता विधेयक राष्ट्रपतिले विभिन्न १५ वटा बुँदामा संसोधन गर्नुपर्ने भन्दै फेरि प्रतिनिधिसभामै पठाइएको थियो । सो विधेयक प्रतिनिधिसभाले फेरि राष्ट्रिसभातिर पठाएको छ । राष्ट्रियसभाले पनि राष्ट्रपति कार्यालयमा हुबहु पठाउने अवस्था देखिएको छ ।

अब राष्ट्रपतिले नागरिकता विधेयक पास गर्नुहुन्छ कि पदबाट राजीनामा दिनुहुन्छ भन्ने विषयमा राजनीतिक दलदेखि आमजनतामासमेत चर्चाको विषय बन्न थालेको छ । र, चुनावी माहोललाई हेरेर नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसवादी दलहरुले नागरिकता विधेयकलाई आगामी आमनिर्वाचनलाई मध्यनजर गरी बोट बैंक बनाउने खेलोफड्कोमा लागेका छन् । तर, यतिखेर विभिन्न राजनीतिक दलहरुले नागरिकतासम्बन्धी विधेयकको सम्बन्धमा बोल्न समेत छाडेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *