केपी ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्छ ः झलनाथ खनाल

समाचार

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा एमाले दुई–तीन सिटमा समिति हुने दाबी गरेका छन् । गत चैत १० गते अनमोल क्याटरिङमा समाजवादी प्रेस संगठनको विस्तारित भेलालाई सम्बोधन गर्दै खनालले दुई तिहाइ नभई त्यसको उल्टो दुई–तीन सिट जित्ने दाबी गरेका थिए ।
खनालले केपी ओली नेतृत्वको एमाले गुट मात्र भइरहेको तर्क गरे । खनालले हाल एमालेले गर्न सक्ने सम्भावित गठबन्धन दलहरू लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी भएकाले उक्त गठबन्धनलाई दक्षिणपन्थी मोर्चा उपनाम दिन सकिने उल्लेख गरे । खनालले पार्टीको लक्ष्य वैज्ञानिक समाजवाद नै भएको बताए ।
यस्तै खनालले छोटो समयमै आफ्नो पार्टी राष्ट्रव्यापी भएको दाबी गरे । पार्टीलाई भ¥याङ बनाएर ओलीले राजनीति गरिरहेको खनालको आरोप छ । अहिलेको एमाले पार्टी नभएर अदालतले जन्माएको गुट मात्र हो । ओली गुट अझै खस्दै जाने छ, खनालले भने, एमाले एउटा गुट मात्रै बाँकी रहेकाले एमालेसँग सम्बन्ध विच्छेत गर्न उनले एमालेका नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । अहिले देशभित्र देखिएको आर्थिक अवस्थाको दोषी ओली भएको खनालको आरोप छ । बैंकिङ तरलता पनि केपी ओली सरकारको पृष्ठभूमिबाट आएको उनले बताए । इतिहास भइसकेको एमाले कुनै पार्टी होइन अदालतले जन्माएको गुट हो । एमालेमा रहेका थुप्रै साथीहरुलाई एमालेसँग सम्बन्ध बिच्छेद गर्न अनुरोध गर्न आग्रह गर्छुु नेता खनालले भने । अहिले देशभित्र देखिएको आर्थिक अवस्थाको दोष पनि ओली भएको उनको आरोप थियो । बैंकिङ तरलता पनि केपी ओली सरकारको पृष्ठभूमिबाट आएको खनालले दाबी गरे । आफुलाई राष्ट्रभक्ति र देशभक्तिको दाबी गर्ने ओलीको राष्ट्र भक्ति एमसिसीले खुइलिएको खनालले बताए । १० औं महाधिवेशनको दस्तावेज मैल पनि पढेँ । ०६२–६३ को जनक्रान्ति हो होइन यस्तो अलमल छ, खनालले अगाडि प्रश्न गरे, यो जनवादी क्रन्तिको महत्वपूर्ण मोड हो। यो पुजिवादी समाज हो । केपी ओलीको दस्तावेजले यो पुजिवाद समाज हो भन्न सक्दैन । जसले समाज चिन्दैन उसले के परिवर्तन गर्न सक्छ ?
खनालले एमालेले गर्न सक्ने सम्भावित गठबन्धनबारे पनि आलोचना गरे । एमालेले आवश्यकताअनुसार लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत पार्टीसँग गठबन्धन गर्ने चर्चा चलिरहेको छ । यी दलहरूसँग एमालेको गठबन्धन बने दक्षिणपन्थी मोर्चा भन्न सकिने खनालको भनाइ छ । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवाद अमेरिकी सहयोग परियोजना (एमसीसी)बाट उदाङ्गिएको पनि बताए ।
खनालले केपी शर्मा ओलीले नेतृत्व गरेको एमाले गुट मात्र भइरहेको तर्क गरे । हाल एमालेले गर्न सक्ने सम्भावित गठबन्धन (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भएकाले उक्त गठबन्धनलाई दक्षिणपन्थी मोर्चाको उपनाम दिन सकिने बताए ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टी दक्षिणपन्थी अवसरवादको गुट भएको आरोप लगाए । खनालले नयाँ गुटले अहिले पनि देशभर नेकपा एमाले हौँ भनेर भ्रम छर्ने काम गरेको पनि खनालले बताए । एमालेले दुई÷तीन सिट मात्र ल्याउने खनालको दाबी छ । त्यस्तै खनालले सञ्चारकर्मीको कलमले सत्यको खोजी गरी तथ्यको उद्घाटन गर्नुपर्नेमा जोड दिए । खनालले जनताले करिब दुई तिहाइको बहुमत कम्युनिष्टलाई दिएको भए पनि तत्कालीन सरकारको नेतृत्व व्यक्तिवादी, दक्षिणपन्थी अवसरवादी र राष्ट्रिय समर्पणवादी भएकाले जनाताको आर्थिक समृद्धिको चाहना पूरा हुन नसकेको विचार व्यक्त गरे। देशभर पार्टीको सङ्गठन दु्रत गतिमा निर्माण भइरहेको बताउँदै उनले भने, ‘हामी चुनावदेखि चुनावसम्म होइन, जनतादेखि जनतासम्म जानुपर्छ।’ खनालले देशमा समानता, सामाजिक न्याय, विकास र समृद्धि कायम गर्ने विषय नै पार्टीको लक्ष्य भएको बताए। उनले राष्ट्रिय पूँजीको विकास गरी आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न कृषि, उद्योग, पर्यटनका साथै पूर्वाधारका क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिँदै त्यसले मुलुकमा रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई चलायमान बनाउने तर्क प्रस्तुत गरे।

‘तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई भत्काउनको लागि पार्टी विभाजन गर्ने काम गरियो। तीन वर्षसम्म चलिसकेको एकीकृत पार्टीलाई विभाजित गरियो र त्यो विभाजन पछाडि उत्प्रेषणको अधिकारबाट एउटा नयाँ गुटको जन्म भयो। हामीले लामो समयदेखि लगाएर बनाएको नेकपा जुन थियो त्यो नवौँ महाधिवेशनसम्म लगातार जारी रह्यो । त्यसले महत्त्वपूर्ण ऐतिहासिक भूमिका पनि खेल्यो । तर, निर्वाचनको पूर्वघडीतिरको सेरोफेरोमा हामीले त्यो पार्टी र नेकपा माओवादी केन्द्रसँग एकीकरण ग¥यौँ। एकीकरण गरेपछि त्यतिवेला त नेकपा एमाले त सिध्यो नि । त्यो त इतिहासको वस्तु भयो, त्यो इतिहासको वस्तु भइसकेपछिको अवधिमा उत्प्रेषणको अधिकारबाट सर्वोच्च अदालतबाट ब्युँताइएको पार्टीको नाम हो अहिले केपी ओलीको नेतृत्वमा रहेको पार्टी । यो गुट हो । यो नयाँ प्रकारले जन्म भएको गुटले देशभर यो नेकपा एमाले हो भनेर भ्रम छरिरहेको छ। हामीले बनाएको नेकपा एमाले त्यो होइन, खनालले भने ।
खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको बहुमत भएको संसद विघटन गरेकोले आगामी निर्वाचनमा एमालेलाई ठूलो सजाय दिनुपर्ने बताए । ‘आगामी निर्वाचनमा केपी ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्छ । बाकसमा जिरो मत पाउनुपर्छ’ खनालले भने, ‘तब मात्र नेपाली जनताले सही ढंगले संवधानको रक्षा गरेको ठहर हुन्छ ।’ कम्युनिस्टको बहुमत रहेको संसदबाट जनमुखी ऐन, कानुन, बजेट र कार्यक्रमहरु ल्याउन सकिने भन्दै खनालले त्यस्तो संसद विघटन गर्नु दक्षिणपन्थी अवसरवाद भएको बताए ।
खनालले भने, ‘हामीले त्यो पार्टी र नेकपा माओवादी केन्द्रसँग एकीकरण ग¥यौं । एकीकरण गरेपछि त्यतिबेला त नेकपा एमाले त सिध्यो नि । त्यो त इतिहासको वस्तु भयो, त्यो इतिहासको वस्तु भइसकेपछिको अवधिमा उत्प्रेषणको अधिकारबाट सर्वोच्च अदालतबाट व्युँताइएको पार्टीको नाम हो अहिले केपी ओलीको नेतृत्वमा रहेको पार्टी । यो गुट हो । यो नयाँ प्रकारले जन्म भएको गुटले देशभर यो नेकपा एमाले हो भनेर भ्रम छरिरहेको छ । हामीले बनाएको नेकपा एमाले त्यो होइन । अझै पनि थुप्रै साथीहरु नेकपा एमालेभित्र हामीले तन्त्रमन्त्र सुनाएका, हामीले प्रशिक्षित गरेका साथीहरु भ्रमवश बस्नुभएको छ । सही क्रान्तिकारी कार्यनिष्ठातिर आउन, समाजवादको बाटोतर्फ अघि बढ्न हार्दिक आह्वान गर्न चाहन्छु, नेकपा एमालेले आगामी चुनावमा दुई तिहाई त होइन, त्यसको उल्टो दुई, तीन वटा हुनसक्छ । अब केपी ओलीले ल्याउने भनेको २÷३ वटा हो ।’

पूर्व प्रधानमन्त्री खनालले आफ्नो पार्टी नेपालको इतिहासमै छोटो समयमै राष्ट्रव्यापी बनेको पनि दाबी गरेका छन्। उनले नेपालको इतिहासमै ६ महिनाभित्रको समयमा अहिलेसम्म कुनै पार्टीले आफूलाई राष्ट्रव्यापी बनाउन नसकेको पनि बताउनु भयो । पूर्व प्रधानमन्त्री खनालले ६ महिनामा पार्टी राष्ट्रव्यापी बन्नु असाधारण विकास भएको दाबीसमेत गरे । खनालले अहिले नेपालमा वैचारिक रुपले दक्षिणपन्थी अवसरवाद सबैभन्दा ठूलो अवरोध भएको बताए । पूर्व प्रधानमन्त्री खनालले वर्गीय रुपले दलाल पूँजीवाद सबैभन्दा ठूलो समस्या भएको र त्यसबिरुद्धमा आफ्नो पार्टी लडिरहेको बताए । उनले पाटीमा प्रवेश गर्नेहरूको लहर रहरलाग्दो भएको बताएका हुन् । पार्टी संगठनप्रति मानिसहरूको आकर्षण बढीरहेको उनले दाबी गरे । यसलाई सकारात्मक पक्षका रुपमा तत्काल समाचारको माध्यमबाट सन्देश सम्प्रेषण गर्न अध्यक्ष नेपालले समाजवादी प्रेस संगठनलाई निर्देशन समेत दिए । खनालले केपी ओली कै निरकुंश प्रवृत्तिका कारण दुई तिहाइ सरकारको नेतृत्वबाट उनी बाहिरिनु परेको र सबै प्रदेशबाट पनि एमाले निस्कनु परेको बताएका थिए ।
पूर्व प्रधानमन्त्री खनालले भने, ‘यतिबेलाको नेपालमा वैचारिक रुपले यो दक्षिणपन्थी अवसरवाद सबैभन्दा ठूलो अवारेध हो । वर्गीय रुपले होइन । वैचारिक रुपले । विचार, नीति सन्दर्भमा यो सबैभन्दा ठूलो अवरोध हो । वर्गीय रुपले दलाल पूँजीवाद हो । त्यो बिरुद्ध हामीले लड्नुपर्छ । हामीले ६ महिनाअघि देखि बिद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेका छौँ । यो बीचमा एउटा राष्ट्रव्यापी पार्टीले आकार लिएको छ । नेपालको इतिहास पढ्नुस् त, टंकप्रसाद आचार्यले बनाएको पार्टीदेखि आजसम्म यति पार्टीहरु बने नेपालमा तर ६ महिनामा यत्रो राष्ट्रव्यापी कसले बनाएको थियो ? हामी सोध्न चाहन्छौँ । ६ महिनाको बीचमा यो पार्टीको जुन विकास भयो यो वास्तवमा असाधारण विकास हो । राम्रो ढंगले विकास गरेको छ । तर हामी यसमा सन्तुष्ट छैनौँ ।’पूर्व प्रधानमन्त्री खनालले नेकपा एमाले आफैँ एउटा गन्जागोलको शिकार बनिरहेको पार्टी दाबी गरे ।
(नोटः गत चैत ११ गते शनिबार काठमाडौंमा समाजवादी प्रेस संगठन नेपालको उद्घाटन सत्रमा खनालले बोलेको अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *