प्रहरीमा जाग्दैछ कांग्रेस पार्टीको आदेश

समाचार

काठमाडौं । आखिर लोकसेवा आयोगको अध्यक्ष माधव पौडेलले पनि जागिर बचाउनै प¥यो । एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा नियुक्ति भएकाले उनलाई पनि जागिर बचाउन हम्मे छ । कांग्रेसले सुरक्षा फौजमा पार्टीकरण गरेको छ । कांग्रेसकै खुमबहादुर खड्का ततकालीन गृहमन्त्री हुँदा निरीक्षकमा प्रहरी सेवा प्रवेश गरेको टोलीबाट विश्व पोखरेल १ वर्ष ६ महिना अगाडि, सहकुल थापा ९ महिना अगाडि एआईजी बनाइए । उनीहरुकै ब्याचका डीआईजीहरु मध्येबाट २ जना आईजीपी शैलेशको ब्याचका १ जनालाई सरकारले एआईजी बनाउने काम ग¥यो । ती मध्येका बसन्त र धानुक कार्यक्षमतामा कमजोर छन् भन्ने हेक्का नेताले राखेनन् ।
वसन्त पन्थ आईजीपी थापासँगै अवकाशमा जाँदैछन् । सरकारले एक महिनाको लागि एआईजी बनाएर राज्यकोषको दुरुपयोग गरेको भनाई छ । आईजीपी थापा निरीह छन् । एआईजी हरि पाल, प्रधुम्न कार्की, राजीव शाहीसँगै अवकाशमा जाँदा एक दर्जन डीआईजीहरु अवकाशमा पर्छन भन्ने बुझेका थिए । तर कांग्रेस सत्तामा गएपछि शेरबहादुर देउवाको शासन सुरक्षा फौजको लागि काल बन्छ भन्ने कुरा विगतमा पनि पुष्टी भएकै हो । अहिलेको बढुवाले डीआइृजीहरु ईश्वरबाबु कार्की, घनश्याम अर्याल, पंकाशजंग कार्कीको टोली वैशाख १८ मा एआईजी हुने अवस्थामा पुगेका छन् ।
प्रधानमन्त्री देउवा र कांग्रेसको सरकारले विश्वराज पोखरेल, सहकुल थापाभन्दा धिरजप्रताप सिंहलाई आईजीपी बनाएको खण्डमा नौलो हुनेछैन । किनकि कम्युनिष्ट पार्टीको नाममा एकल शासन चलाएका बादशाह केपी शर्मा ओलीले दिएको उपहार हो । ओलीले पोखरेल र थापालाई एआईजी बनाएर नेपाली कांग्रेसको लागि शंका गर्ने ठाउँ दिएका छन् । चुनावमा धाँधली गर्न विश्व पोखरेलले मान्दैन भनेर नै संगठनमा क्षमता नभए पनि दलको रंग लागेका सहकुल थापालाई आईजीपी बनाउने दाउमा महेश बस्नेत लागेका थिए । तर, थापा, महेश बस्नेतका मामा नाता पर्छन । एमालेभन्दा कांग्रेसमै उनको लिगेसी बलियो थियो । अहिले लोकसेवा आयोगले समेत खुट्टा कमाएको एआईजी सिफारिसको हौवाले कांग्रेस र प्रहरी दुबैप्रति जनताले घृणा जगाउँदैछ । किनकि त्यहा जेष्ठता र वरिष्ठता त्यागिएको छ । रविन्द्र धानुक प्रहरीमा बद्नाम पात्र हुन् । त्यस्तै बद्नाम बोक्ने पार्टी माओवादी हो । गृहमन्त्री बन्दा माओवादीले प्हरीमा केही गर्न सकेनन् ।
बढुवा नपाएको वरिष्ठ मध्येका घनश्याम अर्याल, ईश्वरबाबु कार्की सर्वाेच्च पुगेका छन् । यता गृहले बढुवा गरेको पत्र प्रहरी प्रधान कार्यालय पुगेको मिनेटभरमा बढुवा भएका तीनैजनालाई फुली लगाइयो । तीमध्ये धानुक प्रधान कार्य विभागमा, सिंह केन्द्रीय व्यूरोमा, वन्त कर्णाली प्रदेशमा थिए । नेपाल प्रहरीलाई थिलथिलो बनाएर नेपाली कांग्रेसले शिथिल बनाउने गरेको छ । प्रम देउवाको कारणले १५ जनासम्म एआईजी बनाइएको इतिहास नेपाल प्रहरीले रचेको छ । त्यो घटाउने खेल एमाले कै हो, थप्ने प्रक्रिया थालेको पनि एमाले नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *