राष्ट्रबैंकको गभर्नरको छोराको भिजा अस्वीकृत

अर्थ/वाणिज्य समाचार

काठमाडौं । सुन्दै लाजमर्दाे कुरा । हाइप्रोफाइल गभर्नरको छोराको भिषा रिजेक्ट भयो । रिजेक्ट हुने कारण सुन्दा झनै लाजलाग्छ । तर करमा तर मार्न पल्किएका अधिकारीहरुलाई यस्ता कुराले छोए पो ! गभर्नर सम्मानीत उच्च पद ।

तिनै गभर्नरले कर छली गरेको गम्भीर खुलासा भएको छ । शक्तिकेन्द्रसँग अत्याधिक नजिक भएका र बालकोटको छत्रछायाँबाट सदैव लाभको पद पाँउदै आएका गभर्नर महाप्रसाद अधिकारी नै यस्तो बदमासीमा मुछिएका हुन । शक्तिकेन्द्रसँगको सानिध्यताले सदैव ह्याट्रिक गर्दै आएका गभर्नर महाप्रसाद अधिकारीको सानो बदमासीका कारण अहिले सजाय भुक्तमान गर्दैछन्, पुत्र सौगात ।

भनिन्छ नि ठाँटेको कुरा काटे पनि मिल्दैन । अहिले गभर्नर अधिकारीको हकमा पनि त्यस्तै भएको हो । नेपाल राष्ट्रबैंककै वित्तिय विवरण अनुसार,गभर्नर महाप्रसाद अधिकारीले गत आर्थिक वर्षमा राष्ट्र बैंकबाट ४९ लाख ५ हजार २५५ रुपैयाँ तलब भत्ता लिएका छन् । तलब बापत १४ लाख १८ हजार ४०० रुपैयाँ लिएका छन् ।

यस्तै उनले सञ्चालक समितिको बैठक भत्ता बापत ३ लाख ५ हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधा बापत गभर्नर अधिकारीले ३१ लाख ८१ हजार ८५५ रुपैयाँ लिएका अधिकारीले यही विवरण झूठो पेश गर्दा छोराको भिसा नै नलागेको पाइएको छ । गभर्नर हुनका लागि हुनुपर्ने बाञ्छनिय योग्यता समेत नपुगेको विवादका बीच अधिकारी गभर्नर नियुक्त भए ।

नेपाल राष्ट्र बैंकको गभर्नर हुनका लागि कम्तिमा स्नातककोत्तर उत्र्तीण हुनुपर्ने प्रावधान छ तर उनी परे चार्टर्ड एकाउन्टेन्सी (सिए) उत्र्तीण । यो भनेको स्नातक बराबरको शैक्षिक योग्यता हो । लगनखेलस्थित नमुना मछिन्द्र क्याम्पसबाट वाणिज्यशास्त्रमा प्रविणता प्रमाणपत्र तह उर्तीण गरेका थिए भने नेपाल कमर्श क्याम्पस मीनभवनबाट व्यवस्थापन संकायमै स्नातक तहको उपाधि हासिल गरेका थिए । स्नातक सकिएपछि उनी भारतमा गएर ४ वर्ष चार्टर्ड एकाउन्टेन्सी अध्ययन गरेर सन् १९९३ उनी नेपाल फर्किएका थिए ।

यस अघि २२ वर्ष राष्ट्र बैंकमा रहँदा उनले ५ वर्ष ३ महिना उपनिर्देशक, करिब ९ वर्ष ६ महिना निर्देशक, २ वर्ष ३ महिना कार्यकारी निर्देशक र ५ वर्ष डेपुटी गभर्नरको रुपमा काम गरिसकेका हुन । बालकोटको विशेष आर्शिवाद प्राप्त अधिकारी नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्त भए ।

नोटमा हस्ताक्षर गर्ने अधिकार पाए तर उनकै सानो बदमासीले कर छल्न खोज्दा अहिले उनका छोराको अष्ट्रेलिया भिसा रिजेक्ट भएको स्रोतले जनाएको छ । पूर्वसचिव डा. राजन खनाल र कायम मुकायम गभर्नर चिन्तामणि शिवाकोटीलाई पछि पार्दै बालकोटाको रोजाईमा परेका अधिकारी खोटाङे हुन । उनै अधिकारीको थोरै हुस्सुपनाका कारण एकातिर उनको बेइज्जती अर्काेतिर गभर्नर नै करछलीमा संग्लग्न रहेको आंशकामा मलजल पुगेको छ ।

अधिकारी पुत्र हुन,सौगात । जो उच्च शिक्षा अध्ययनका लागि सिड्नी प्राविधिक विश्वविद्यालय, अस्ट्रेलिया उड्ने तयारीमा थिए । तर अप्ठ्यारो बनेर उभिदियो,गभर्नरको ढटाई । सौगातलाई भिषा नदिनुको कारण हो,गभर्नर अधिकारीको आम्दानीको श्रोत भरपर्दो नभएको । अस्ट्रेलियाको अध्यागमन कानुन अनुसार भिसा आवेदन दिदा तीन बर्षको कर चुक्ता अनिवार्य पेस गर्नुपर्छ ।

सौगातले आफ्नो प्रायोजकको (बुवा) तीन बर्षको कर चुत्ता पेस गर्न नसक्दा भिसा होल्ड भएको श्रोतको दावि छ । बार्षिक करिब २५ लाखभन्दा धेरै आम्दानी देखाएर त्यसको कर तिरेको करचुक्ता पेश गर्न नसक्दा अधिकारीहरुले अष्ट्रेलियाको भिसा नलागेको यो प्रोसेस गरिरहेको एक एजुकेसन कन्सलटेन्सी स्रोतले जनाएको छ ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *