काठमाडौं । सरकारमा बसेका पाँच राजनीतिक दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले नेकपा एमालेलाई किनारा लगाउने लक्ष्य सहित स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेपछि नेकपा एमाले माथि पनि गठबन्धनको लागि दवाव बढ्न थालेको छ । सुरुमा आफ्नो पार्टी एक्लै चुनावमा जाने दाबी गरी राखेका एमालेका अध्यक्ष केपी ओलीले नै प्रतिपक्षमा रहेका दलहरुलाई एक ठाउँमा ल्याएर गठबन्धन मार्फत् सत्तारुढ दलहरुको मुकाबिला गर्ने रणनीति बनाउन थालेका छन् । यही क्रममा नेकपा एमाले अध्यक्ष पुष्पकमल दाहालले केही दिन अगाडि राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शम्शेर राणासँग नेपालगञ्जमा नै भेट गरेर चुनावी सहकार्यका सम्बन्धमा छलफल गरेका छन् । राप्रपा महामन्त्री राणाले पनि गठबन्धन प्रति सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै थप छलफल काठमाडौंमा हुने प्रस्ताव गरेपछि राप्रपा र नेकपा एमालेका बीचमा स्थानीय निर्वाचनका सम्बन्धमा गठबन्धन बन्ने सम्भावना बढेर गएको देखिन्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सामेल गर्नं खोजेको र माओवादी अध्यक्ष प्रचण्ड र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अवरोध खडा गरी राखेको लोकतान्त्रिक समाजवादीसँग पनि नेकपा एमालेले स्थानीय निर्वाचनमा तालमेल गर्ने सम्भावना बढेर गएको छ । सरकारको एउटा घटक जनता समाजवादीले सत्ता इतरका दलसँग चुनावी सहकार्य नगर्ने निर्णय गरेर लोकतान्त्रिक समाजवादीसँग कित्ताकाट गरेपछि प्रमुख प्रतिपक्ष नेकपा एमाले सहित प्रतिपक्षमा रहेका लोकतान््ित्रक समाजवादी राष्ट्रिय प्रजातन्त्र पार्टीका बीचमा चुनावी तालमेल बन्न सक्ने सम्भावना बढेर गएको देखिन्छ ।
सत्तारुढ गठबन्धनमा संख्याको दृष्टिले पाँच दल भएपनि जनाधार भने सत्तामा रहेका कतिपय दलको स्थिति अत्यन्त कमजोर अवस्थामा छ । सत्तारुढ गठबन्धनमा रहेका पाँच दल मध्ये नेपाली कांग्रेस र माओवादी केन्द्रको मात्र केही हदसम्म जनाधार बलियो भएको स्थिति भएपनि हालै मात्र नेकपा एमाले विभाजित भएर गठन भएको एकीकृत समाजवादीको संगठन अझैसम्म तल्लो तहमा पुग्न सकेको छैन । यसैगरी राष्ट्रिय जनमोर्चा पनि लुम्बिनी प्रदेशको केही क्षेत्रमा मात्र सिमित रहेको छ । यसैगरी जनता समाजवादीको प्रभाव मधेश प्रदेशमा मात्र सिमित छ । यो स्थितिमा अहिलेको सबभन्दा ठुलो दल नेकपा एमालेले राप्रपा र लोकतान्त्रिक समाजवादीसँग चुनावी तालमेल ग¥यो भने परिणाममा आकाश÷पाताल फरक आउन सक्ने सम्भावना रहेको राजनीतिक टिप्पणीकार बताउँछन् ।