इन्भेष्टमेन्ट बैंकमा राजश्वको छापा

समाचार

काठमाडौं । बैंक तथा वित्त संस्थाहरुको दादागिरी कतिसम्म देख्न पाइन्छ भन्ने हेर्न नेपाल इन्भेष्टमेन्ट बैंकतिर नजर लगाए पुग्छ । कर छल्नमा अग्रपक्तिमा रहेको सोही बैंकमा केही दिन अघि राजश्व विभागले छापा मारेको खबर छ । उस्ले राज्यको अर्बाै राजश्वमा चुना लगाएको नेपाल राष्ट्र बैंकका कर्मचारीहरु सुनाउँछन् । यस्कै पोल खुलेसँगै केही साता अघि नेपाल इन्भेष्टबैंकमा राजश्व अनुसन्धानका कर्मचारीहरुको बक्र दृष्ट्रि परेको हो । प्रंसग पूरानो हो तर यही पूरानो प्रंसगमा राज्यको अर्बाै कर छली गरेको चुक्ली प्रमाणसहित राजश्वका कर्मचारीहरुकोमा पुगेसँगै त्यहाँका अधिकारीहरुले इन्भेष्टमेन्ट बैंकमा छापा मारेका थिए । घटनाक्रम जान्न र बुझ्न चाहिँ केही बर्ष अघि फर्कनुपर्दछ । त्यतिखेर उस्ले एक सय रुपैंयाको शेयरलाई थप ५०१ रुपैयाँ प्रिमियम जोडेर थप नयाँ साधारण शेयर (एफपीओ) निष्कासन गरेको थियो । सोही एफपिओमा उस्ले राज्यलाई अर्बौं रकम चुना लगाएको चुक्ली राजश्वका अधिकारीहरुको कानमा ठोकिएसँगै उस्ले छापा मारेको हो ।
बैंकले सो समयमा ९० लाख ६९ हजार ३८८ कित्ता सेयर जारी गर्दा राजश्व छलेको विभागका अधिकारीहरुले सुनाएका छन् । स्रोतका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकले यस अघि नाफा बाहेकको आम्दानीबाट लाभांश वितरण गर्दा आयमा गणना गर्नुपर्ने आयकर ऐन ५६ को उपदफा (३) को विषयलाई समेत वेवास्ता गर्दै वित्तीय विवरण प्रकाशित गरेको समेत भेटिएको छ । यस्का अलवा उस्ले गरेको बदमासीले महालेखाले समेत कैफियत औल्याएको छ । जस्का लागि महालेखाले परिक्षकको ५८ औं प्रतिवेदन खोतले पुग्छ । जहाँ तीन आर्थिक बर्षमा गरी राज्यको एक अर्ब २७ करोड ७४ लाख रुपैयाँ कर नतिरेको विवरण महालेखाले औल्याएको छ । महालेखाले कैफियत देखाएपछि यो बिषयमा ठूला करदाता कार्यालय र आन्तरिक राजस्व विभागले एक्सन लिएका छन् ।
यहीसँगै केही साता अघि त्यहाँ राजश्वले छापा मारेको अधिकारीहरुले जनाउँछन् । उता अहिले हिमालयन बैंकसँग मर्जरको लफडामा रहेको इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकका अधिकारीहरुको लडाइका कारण सर्वसाधरणको करोडौं रकम बन्धक बन्न पुगेको छ । दुई बैंकको जुँगाको लडाईका कारण सर्वसाधरणको १ खर्ब २६ अर्बको सम्पत्ति बन्धक बन्न पुगेको अधिकारीहरु सुनाउँछन । यता यस बिषयमा कुराकानी गर्दा बैंकका नायब महाप्रवन्धक विजेन्द्र सुजुवालले उल्टै ठूलो स्वरमा जबाफ फर्काए तपाई कहाँ कहाँको हावा कुरा सुन्नुहुन्छ । जबकी राजश्वको छापा पछि त्यहाँका सिइओ र अध्यक्ष नै यो प्रकरण ढिसमिस पारिदिन पर्यो भन्दै शक्तिकेन्द्रको दैलो धाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *