स्वास्थ्य क्षेत्रमा भीमेश्वर नगरपालिका

समाचार

संघीय अवधारणामा मुलुक प्रवेशसँगै २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन भयो । सो निर्वाचनले भीमेश्वर नगरपालिकाले स्थानीय सरकार पायो । जनप्रतिनिधिहरुले साशन गर्न थाले । विकास निर्माण लगायतका कामहरुलाई योजनावद्ध वनाउने कोशिस गरे । स्थानीय सरकारको पाँच वर्ष पुग्नै लाग्यो । यो वेलामा के कस्ता काम भए कस्तो छाप प¥यो भन्ने विषयमा समिक्षा गर्ने वेला भएको छ । यसै पेरिफेरीमा रहेर यस स्तम्भको केही श्रृखला देखि भिमेश्वर नगरपालिकाका पाँच वर्षका उपलव्धीलाई विभिन्न दृष्टिकोणवाट हेर्ने कोशिस गरिएको छ ।
अघिल्लो श्रृखलामा सामाजिक न्यायको दृष्टिकोणमा भीमेश्वर नगरपालिकाले गरेका कामहरुको वारेमा चर्चा गरिएको थियो । यस श्रृखलामा स्वास्थ्य क्षेत्रमा भीमेश्वर नगरपालिकामा सम्पादन भएको कार्यहरुको संक्षिप्त चर्चा गर्ने कोशिस गरिएको छ ।
स्वास्थ्य क्षेत्रका लागि भौतिक पूर्वाधार
भीमेश्वर नगरपालिकाले स्वास्थ्य क्षेत्र केन्द्रीत पूर्वाधारमा जोड दिएको छ । ९ वटा वडा भएको यो नगरपालिकाका वडा नं. १ मा स्वास्थ्य चौकि भवन निर्माण भएको छ । वडा नं. ४ र ६ मा आधारभुत स्वास्थ्य केन्द्र भवन निर्माण भएको छ । त्यसै गरी वडा नं. ९ को खरिढुँङ्गामा शहरी स्वास्थ्य केन्द्र भवन निर्माण भएको छ । विगत देखि भएका स्वास्थ्य क्षेत्रसँग सम्वन्धीत पूर्वाधारहरुलाई व्यवस्थीत उपयोगमा जोड दिएको छ । चरिकोट अस्पताल नजिकै नयाँ भवन समेत वनि रहेको छ ।
भीमेश्वर नगरपालिकाको अथक प्रयास र बागमती प्रदेश सरकारकारको सहयोगमा चरिकोट प्राथामिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पतालका रुपमा स्तरोन्नती गर्न सफलता मिलेको छ । बागमती प्रदेश सरकारबाट उक्त अस्पताललाई पशुपति चौलागाईँ स्मृति अस्पताल नामाकरण गरिएको छ । उक्त अस्पतालमा हाई डिपेन्डेन्सी यूनिट (एच.डी.यू.) स्थापना भएको छ भने प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूको सहयोगमा पीसीआर प्रयोगशालाको स्थापना भई पिसिआर परीक्षणको कार्य निरन्तर भैरहेकोछ । कोरोना भाइरसको बढ्दो संक्रमणको विषम परिस्थितिलाई मध्यनजर गर्दै संघीय सरकारको आर्थिक सहयोगमा उक्त अस्पतालमा अक्सिजन प्लान्ट जडान भइ सञ्चालनमा रहेको छ । संघीय सरकारको सहयोगमा पन्ध्र वेडको अस्पताल भवन समेत निर्माण भइ रहेको छ ।
कोभिड १९ वाट नागरिकलाई जोगाउने कार्यमा भीमेश्वर
मुलुक केही वर्ष देखि कोभिड अर्थात कोरोना भाइरसवाट आक्रान्त भएको छ । सुरु सुरुमा धेरै अन्यौलता र त्रास थियो । सो वेलामा समेत नागरिक घरदैलो नजिकको भीमेश्वर नगरसरकारले उल्लेख्य भूमिका खेलेको थियो । खाना तथा आवतजावतमा कुनै कठिनाई भएमा स्थानीय सरकार तयार छ भनी सार्वजनिक जानकारी गराएको थियो । स्थानीय सरकारको आफ्नौ कोष र विभिन्न गैरसरकारी एवं सहकारीको समन्वयमा मास्क, सावुन, सेनिटाइजर वितरणलाई अभियानको रुपमा सञ्चालन ग¥यो । निशुल्क एम्वुलेन्स सेवा सञ्चालन ग¥यो । क्वारेन्टाइनको व्यवस्था, निशुल्क खानपानको व्यवस्था, एकान्तवासको व्यवस्था जस्ता अनेकानेक कोशिस गरेको थियो । प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूको सहयोगमा पीसीआर प्रयोगशालाको स्थापना भई पिसिआर परीक्षणको कार्य निरन्तर भैरहेकोछ । कोरोना भाइरसको बढ्दो संक्रमणको विषम परिस्थितिलाई मध्यनजर गर्दै संघीय सरकारको आर्थिक सहयोगमा उक्त अस्पतालमा अक्सिजन प्लान्ट जडान भइ सञ्चालनमा रहेको छ ।
पिसिआर परीक्षणको दायरा बढाई समुदायस्तरमा हुने संक्रमण दर न्यूनीकरण गर्न सकिएको छ । कोरोना भाइरस संक्रमितलाई पोषण, थप उपचारका लागि अन्यत्र लैजान एम्बुलेन्स खर्च र मृतकको सामाजिक संस्कारका लागि परिवारलाई आर्थिक सहायता उपलब्ध गराइएको छ ।
भीमेश्वर नगरमा ८० प्रतिशत भन्दा वढि नागरिकले कोभिड विरुद्धको खोप लिइसकेका छन् । चरिकोट अस्पताललाई जिल्ला भरिको रेफरल अस्पतालको रुपमा विकसित गरी कोभिड–१९ रोगको उपचार तथा व्यवस्थापनका कार्यहरु नियमित भैरहेको छ ।
भीमेश्वरमा स्वास्थ्य क्षेत्रसँग सम्वन्धी केही अन्य कोशिसहरु
जटिल रोग लागेका अति विपन्न नागरिकहरूलाई प्रतिव्यक्ति दश हजार रुपैया आर्थिक सहयोग गर्ने गरिएको छ । त्यसैगरी प्रजनन स्वास्थ्य, पोषण लगायत स्वास्थ्य क्षेत्रमा प्रतिरोधात्मक, प्रवद्र्धधनात्मक, उपचारात्मक र निरोधारात्मक पद्धति अपनाइएको छ । सबै बालबालिकालाई खोपको सुनिश्चितता, स्वास्थ्य संस्थाबाट निशुल्क उपचार र औषधीको व्यवस्था, एम्बुलेन्स व्यवस्थापन जस्ता कार्य निरन्तर रुपमा भएका छन् ।
राज्यवाट उपलव्ध हुने सवै खाल्का खोपहरु नियमित सञ्चालन भैरहेको छ । पूर्ण खोप सुनिश्चिततालाई निरन्तरता दिइरहेको छ । नगरभित्रका ८० प्रतिशत भन्दा वढि नागरिकले कोभिड विरुद्धको खोप प्राप्त गरिसकेका छन् । नगरपालिका तथा स्वास्थ्य संस्थामा पोषण कर्नर तथा स्तनपान कक्ष स्थापना भएको छ । प्राथामिक स्वास्थ्य केन्द्रलाई चरिकोट अस्पतालमा स्तरोन्नती गरी सम्पूर्ण सेवा प्रवाहका कार्यहरु निरन्तर गरिरहेको छ ।
नीजि क्षेत्रवाट प्रदान गरिरहेको स्वास्थ्य सेवालाई भरपर्दो र गुणस्तरीय वनाउन नियमित अनुगमन तथा समन्वयको कामहरु भैरहेको छ । विभिन्न निकायहरुको समन्वयमा नियमित रुपमा स्वास्थ्य शिविरहरु सञ्चालन भैरहेका छन् । स्वंसेविका परिचालनलाई ध्यान दिएको छ ।
नगरपालिका क्षेत्र भित्र रहेका स्वास्थ्य केन्द्र तथा अस्पतालमा दक्ष मानविय स्रोतको उपलव्धता र सेवा प्रभावकारीतामा जोड दिएको छ । आम नागरिकलाई सेवा प्रवाह गर्ने मानविय श्रोतहरुको क्षमता विकासमा सदैव ध्यान दिने गरेको छ । उपकरणका साथमा गुणस्तरीय सेवा प्रवाहमा नगरपालिकाले आफ्नो ध्यान केन्द्रीत गरेको छ ।

भीमेश्वरमा स्वास्थ्य क्षेत्र केन्द्रीत चुनौती
भीमेश्वर नगरपालिकाले सकेसम्मको स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरेको भएता पनि नागरिकले चाहेजती सेवा दिन सकेको छैन । दक्ष मानविय स्रोतको उपलव्धताको सधैं अभाव हुने गर्दछ । विशेषज्ञता सेवा नागरिकको माग हुने गर्दछ तर त्यसको सेवा प्रवाह गर्न सकिएको छैन । त्यसता सेवा प्रवाह गर्न सक्ने दक्ष जनशक्तिको अभाव सधैं हुने गर्दछ । त्यसता दक्ष मानविय स्रोतहरु राजधानी केन्द्रीत हुन चाहने वा उनीहरुको चाहाना अनुसारको सुविधा चरिकोटमा उपलव्ध हुन र गराउन नसकिने अर्को पक्ष रहेको छ । स्वास्थ्य क्षेत्रमा विभिन्न नयाँ नयाँ उपकरण र औषधीहरु आइरहेका हुन्छन् ती सामाग्री खरिद र उपयोगमा समस्या रहेको छ । सिमित साधान र स्रोतवाट नागरिकका असिमित स्वास्थ्य सेवाको चाहाना पूरा गर्नु सदैव चुनौती कैं विषय भएको छ ।
महामारी जस्ता विषयमा नागरिकहरुमा सचेतनाको कमी अझै छ । चासो नलिने, वेवास्ता गर्ने जस्को कारण संक्रमण तथा महामारी विस्तारमा योगदान पुगिरहेको हुन्छ । चरिकोट अस्पताललाई प्रदेश अस्पतालको रुपमा सञ्चालन हुनेगरी तालुक निकायबाट निर्णय भएतापनि बागमती प्रदेश सरकारको वेवास्ता र राजनीतिकरणको कारण सेवा व्यवस्थापन प्रभावकारी हुन नसक्नु भीमेश्वर नगर क्षेत्रका स्वास्थ्य क्षेत्रका प्रमुख चुनौति भएको छ ।
अन्त्यमा, भीमेश्वर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा प्राथमिकता साथ काम गर्ने अनेकानेक कोशिस गरेको छ । केही हदसम्म सफल पनि देखिन्छ । तथापी स्वास्थ्य क्षेत्रमा भएका नयाँ नयाँ विकसित स्वरुपलाई ग्रहण गर्न र सो अनुसार सेवा प्रवाह गर्नमा अझै कठिनाई नैं देखिन्छ । निजि क्षेत्रवाट सञ्चालन हुने सेवाहरुलाई प्रभावकारी नियमन गर्न सकेको छैन । गुणस्तरीय सेवा प्रवाहको कमि भएकाले धेरै रोगको विशिष्ट उपचारका लागि राजधानीको मुख ताक्नु परेको छ । भीमेश्वर क्षेत्र भित्रको स्वास्थ्य सम्वन्धी सेवाहरु प्राथमिक वा आधारभुत मात्रै त हैन भन्ने लागिरहन्छ । स्वास्थ्य सेवाको विशिष्टीकरण, गुणस्तरीयता, सहजता, सुलभता अवको भीमेश्वरको प्राथमिकता हुन आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *