चुनाव सर्ने हल्ला कसले चलायो ?

समाचार

काठमाडौं । नेकपाले दुई तिहाईको जनमतको अपमान गर्ने पार्टी टुक्र्याउन कांग्रेसका न्यायाधीश कुमार रेग्मीलाई सेटिङ मिलाएर दलको नाम सम्बन्धी परेको रिटलाई अपव्याख्या गराएर तानाशाह बनेको एमाले अध्यक्ष केपी ओली चुनाव सार्न सक्रिय बनेको आरोप छ । एमालेले जिल्लाहरुमा वैशाख ३० गते चुनाव नहुने हल्ला चलाएको कारण ५ दलीय गठबन्धनले देशैभर निर्णय गरेर चुनावी तालमेल गर्ने घोषणा गर्दाको आतंक नै यो हल्लासँग जोडिएको छ ।
माओवादीबाट एमालेमा गएका ५ जना नेताको हालत खराब छ । नेताको गृह जिल्लामा प्राप्त हुने चुनावी परिणाम पछि माओवादीबाट गएका ५ भाइको भविष्य एमाले भित्रको ओली खेमाले निर्धारण गर्नेछ । नेपाल बारको चुनावमा एमाले पत्तासाफ भयो । त्यस अगाडि ओली सरकारकै बेलामा पत्रकार महासंघ प्रेस चौतारी निल भयो । त्यो बेला राप्रपालाई लिएको प्रेस चौतारीको हालत देखियो कठै भन्ने धेरै थिए । तर केपी ओलीका बिचौलियाले अगाडि कसैको केही लागेन् ।
अहिले पनि अवस्था त्यस्तै छ । भारतीय पक्षका डा.शेखर कोइरालाहरु एमालेका नेता जिताउन सक्रिय छन् । कांग्रेसले सबै ठाउँमा गठबन्धन गर्न पर्दैन भन्नुको कारण एमालेलाई नै स्थानीय चुनाव जिताउनु हो । हार्ने भएपछि चुनाव सर्ने हल्ला एमालेले चलाएको आरोप छ । ओलीको कारण वाम गठबन्धन सम्भव छैन । आफैं मात्र ठूलो ठान्ने एमालेको घमण्डले ४१ महिने सरकारमा बस्दा काफी कमाएको आरोप थियो । जनताले केही पाएन । कम्यनिष्ट पार्टीका कार्यकर्ता मौका नांगा जनताको सहारा ठान्ने दिन बाँकी भएन । पुँजीवादी संरचनामा दौड्ने कम्युनिष्टको नाममा कुनै काम नगरेका एमाले बनेर राष्ट्र बैंक गर्भनर योजना आयोगको उपाध्यक्ष र अर्थमन्त्री हुँदै अमेरिकाको राजदूतसम्म बनाइएका डा.युवराजले पार्टीलाई नांगै बनाएको अवस्था थियो । त्यो ओलीले पत्ता पाएनन् । अहिले तिनै ओलीले सिके राउत लिएर मधेसबाट उपेन्द्र, महन्थहरुलाई रोटी सेके झैं सेक्ने षड्यन्त्र गर्दैछन् ।
ओलीले राजावादी र देश टुक्र्याउने अभियानिमा लागेका सीके र तिनै महन्थलाई बोक्दा राप्रपाका दुई समूहसँग दौतरी लगाउँदा प्रगतिशील गठबन्धन बन्नु परेको छ । तर संघीयता गणतन्त्र समावेशिताको एजेण्डा माओवादी र त्यसका एजेण्डालाई कानूनी मान्यता दिने कांग्रेस पार्टीलाई कुहिएको आलु भन्न सफल केपी ओली २०६२÷०६३ को आन्दोलनको विरोधी गणतन्त्र विरोध गर्दै राजतन्त्रको पक्ष पोशाक भएकाले चुनाव सर्छ भन्ने हल्ला चलाएर आत्मसन्तुष्टि लिएका हुन् या माधव नेपालले बखेडा झिेकका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *