काठमाडौं । सभापति शेरबहादुर देउवाको प्रतिस्पर्धी डा.शेखर कोइराला र डा.शशांक कोइराला टोखा क्षेत्रमा बस्ने गरेका छन् । सभापति देउवा चुनावी गठबन्धनमा रहेका दलहरुलाई मिलाएर लैजान चाहन्छन् । तर डा.शेखर कोइराला कांग्रेसले छुट्टै अस्तित्व जोगाएर जानु पर्छ भन्छन् । अहिलेको अवस्थामा गठबन्धन बिना न त कांग्रेस ठूलो पार्टी बन्छ न त नेकपा एमालेले पुरानो अस्तित्व जोगाउन सकछ । एमालेमा ओलीको दादागिरी, काग्रेसका डा.शेखर कोइरालाको लहडले यी दुबै शक्तिलाई साथ लिने राप्रपा, माओवादी, समाजवादी र जसपाको महत्व बढेको छ । कांगे्रसभित्र चर्काे द्वन्द्व संस्थापन र विद्रोही बिचको भागवण्डामा केन्द्रीत छ । यो लडाईंमा स्थानीय आवश्यकता र जनभावनाप्रति चासो छैन ।
गत निर्वाचनमा कांग्रेसले उम्मेद्वार छनौट गर्दा ५३ हजार मतदाता भएको गोंगबुलाई वास्ता गरेन । ३३ हजार मतदाता भएको धापासीबाट उपमेयर पदमा रजनी थापालाई उठायो । ११ सय मत भएको झोरबाट हरिहर अधिकारी मेयर उठाउँदा एमालेले गोंगबुका प्रकाश अधिकारी, टोखाकी ज्ञानमाया डंगोललाई उम्मेद्वार बनायो र चुनाव जित्यो । अहिले कांग्रेस पार्टीमा मेयरको आकांक्षी राख्ने काशीनारायण श्रेष्ठ, मनिष जोशी, दीपकराज जोशी, बसन्त श्रेष्ठ, रजनी थापालगायतका रहेका छन् । प्रचारमा लाग्ने नगर समितिका उपाध्यक्ष मनराज अधिवकारीभन्दा पनि अकूत सम्पत्तिको मुद्दा खेपेका ऋषिराम अर्याल पनि छन् । टोखामा अरु भन्दा चर्चित बसन्त श्रेष्ठ मानिन्छन् । भद्रता चिनारी हो । कांग्रेसले जस्तै माओवादीले पनि गत चुनावमा भेगीयता मिलाएन । कल्पना शर्माले दिनानाथको छोरी भएबापत मेयरको टिकट लिइन । स्थानीयबासी दीपक बानियाँ उपमेयर प्रतिस्पर्धी थिए । मत भने कल्पनाको भन्दा दीपकको धेरै आयो । त्योबेला नेपाली कांग्रेस, माओवादी एक हुन्थे भने टोखा नगरपालिकामा एमालेको जित सम्भव थिएन । प्रचार त गोंगबु क्षेत्रबाट अहिले पनि कांग्रेसले केदार पाठक, मुरारी तामाङको गरिराखेको छ । तर टिकट भन बसन्तले पाउनुपर्छ, रजनीभन्दा बसन्त पुराना त्यागी लोकप्रिय भनिन्छ ।
टोखाको चासो लिने भिमसेनदास प्रधान, डा.प्रकाशशरण महत, प्रकाशमान सिंहको जति छ डा.शेखर र डा.शशांकको पनि उस्तै छ । तर उनीहरु कांग्रेसभन्दा गुटलाई चासो दिने गर्छन । तर कांग्रेसबाट बलियो युवा नेतृत्वको लागि बसन्त श्रेष्ठ र रजनी थापा नै देखिन्छन् । श्रेष्ठ नेवार समुदाय भएका टोखा, धापासी, गोंगबुमा जातीय मतको हकदार हुन् भने थापा स्थानीय चेली, सामाजिक क्षेत्रमा लागेकी बालुवाटारसँग जोडिएकी उपमेयर पदमा ५२ मतले पराजित भएकी हुनाले नगरको नेतृत्व लिनसक्ने हक राख्छिन् । उनलाई अगाडि बढाउने पनि तिनै बसन्त हुन् । माओवादीलाई नेपाली कांग्रेसले सहजै मेयर उपमेयर मात्र होइनन् वडाहरु समेत जित्नेछन् । टोखामा एकीकृत समाजवादी पक्षधर जनतम छ । तर त्यो जमात खुलेको छैन । एमाले पार्टीकै रुपमा कुनै निर्णय नहुने केपी ओलीले जे बोल्छन्, त्यो नै पार्टी भित्र प्रक्रिया मान्नुपर्ने बाध्यता छ । वरिष्ठ नेता ईश्वर पोखरेल टोखा ४ मा बस्छन् । तर जनताले उनलाई भस्मसुर माफिया तस्करको संरक्षक भन्ने गरेका छन् । पोखरेल स्थानीय चुनावमा प्रमुख अतिथि बनेरु जहाँ पुग्छन, त्यहाँ एमालेको मत ध्वस्त हुने स्थानीय एमाले कार्यकर्ता नै बताउँछन् । एमालेमा आकांक्षी कति छन् भन्ने कुरा टोखा ५ वडा कमिटीको बैठकमा वडा अधयक्षको दाबी गर्नेको भिडले देखाउँछ ।
जगन्नाथ ढकाल हालका अध्यक्ष छन् । ढकाललाई एकलकाटे नेता मानिन्छ । काम भने वडामा उनले राम्रो गरेका छन् । वडामा चिरञ्जीवी केसी, रत्न श्रेष्ठ, कल्पना घिमिरे सदस्य छनज् । उनीहरु सबैले वडा अधयक्ष पदको टिकट दाबी गर्दा प्रेम सुना, मदन गुरुङले समेत दाबी गर्नु नौलो भएन । माओवादीले श्याम तिमिल्सिना र लेखबहादुर सुनार, शेखर श्रेष्ठमध्येबाट गठबन्धनमा सहभागी गराउँदा सो वडामा नेपाली कांग्रेसको तर्फबाट इन्द्र अर्याल हरि श्रेष्ठ, शान्ति लोकान्द्री, प्रेम थापालाई) अगाडि सारेको छ । गठबन्धन हुँदा २ जना हटाउने कांग्रेसको तयारी छ । एमालेले मेयर पदमा प्रकाश अधिकारीलाई नै दोहो¥याउँछ वा नयाँ पात्र खोज्छ अहिलेसम्म जानकारी छैन । तर प्रचारमा एमालेभित्र प्रकाश अधिकारी सबैभन्दा बलियो मेयरमा गनिन्छन् । त्यहाँका जनताले प्रकाश अधिकारीलाई जिताउने भन्न थालेको अवस्था छ ।
