काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले आर्थिक वर्ष २०८२/८३ को बजेट पुस्तिका संसद बैठकमै च्यातेका छन् । उनले अहिलेको बजेट उल्टो बाटोबाट हिँडेको भन्दै बजेट पुस्तिका च्यातेका हुन् ।
खासगरी भौतिक पूर्वाधार मन्त्रालयको बजेटले विपन्न क्षेत्रका जनतालाई सम्बोधन गर्न नसकेको बताउँदै बजेट नेतामुखी र मन्त्रीमुखी भएको आरोप उनले लगाएका छन् ।

