काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा १४ गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभामा बोल्दै शाहीले भिजिट भिसा प्रकरणलाई कुनै दल विशेषको एजेण्डा बनाउन नहुने र यस अघि गृहमन्त्री बनेका १४ जनाको छानबिन हुनुपर्ने माग गरेका छन् । सांसद शाहीले भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा मात्र नभएर यो सारा नेपालीको साझा मुद्दा भएकोले एक जना गृहमन्त्रीको कुरा मात्र नभई २०६४ सालदेखि अहिलेसम्मको कुरा रहेको बताएका छन् ।
सांसद शाहीले भिजिट भिसाको नामा लाखौं मान्छेहरु बेचिएको बताउँदै एक जना सांसदले विरोध गर्दा पनि सदन सुचारु हुन नहुने बताएका छन् । राप्रपाले विरोधको वाबजुद पनि संसद् चलाएको बन्दै आज पनि संसद् बहिस्कार गरेको छ ।

