सशस्त्र बलमा मूल्यांकन फाइल नै तलमाथि कसैलाई काखा, कसैलाई पाखा गर्दै बिदा भए खनाल

समाचार

काठमाडौं । सशस्त्र प्रहरीमा उखान ‘जहाँ आगो, त्यहाँ ताप्नु’ चरितार्थ भएको छ । सशसत्र प्रहरीका आईजीपी शैलेन्द्र खनालले घर जाने बेलामा लेखामा बढुवा गरेर कीर्तिमानी कायम गरेका छन् । लामो समयदेखि सशस्त्र प्रहरी बल लेखा शाखामा बढुवा रोकिएर बसेको अवस्था थियो । आईजीपी खनालले घर जाने बेलामा उपहार दिएर घर गएका छन् । आईजीपी भएपछि कामभन्दा पनि बद्नाम बढी कमाएको चर्चा सशस्त्र प्रहरी बलभित्र चर्चा भएको थियो । संगठनलाई चलाउने बनाउने भन्दा पनि संगठनलाई भजाएर भ्रष्टाचार गरेको सशस्त्र प्रहरीलाई गुटमा परिमार्जित गरेको र त्यही गुटलाई प्रमोशन दिएर उदाहरणीय काम शैलेन्द्र खनालले गरेको आरोप लाग्दै आएको थियो । समयमा सिनियर र जुनियरलाई तलमाथि पारेर बढुवा गरेको, भ्रष्टाचार गरी अकुत कमाएका व्यक्तिलाई पहिलो स्थानमा राखिएको, कार्यक्षमता नहेरी दोस्रो र तेस्रो बनाएको जस्तो आरोप उनीमाथि लागेको छ । हुनपनि सशस्त्र प्रहरी बलभित्र आईजीपीको विरोध नगर्ने प्रहरी कमै होलान् सबै प्रहरीले भन्ने गरेका छन् । यस्ता आईजीपी संगठनलाई चाहिएको थिएन, बल्ल म्याद सकियो । संगठनलार्य चलायमान बनाउने व्यक्ति आईजीपी हुनुपर्छ भन्दैछन् प्रहरीहरु । लेखाशाखामा जेष्ठता, योग्यता र क्षमता नहेरी १२ नम्बरका गणेश मल्ललाई पहिलो नम्बरमा राखेर इतिहास कायम गरिएको छ । दोस्रोमा महेन्द्र हमाल बढुवा भएका छन् । महेन्द्र हमाल ११ नम्बरबाट ६ नम्बरमा राखेर बढुवा गरिएको छ । जे भएपनि लेखा शाखाका प्रायजसो सबैको प्रमोशन गरिएको छ ।
तर आईजीपी खनालले डीएसपीमा बढुवा गर्दा ५ देखि ७ दिनको म्याद दिएर मूल्यांकन फाराम भर्नुपर्नेमा सो म्याद घटाएर दुई दिनको म्याद राखी सिनियर जुनियर नछुटाइकन गणेश मल्ल र महेन्द्र हमाललाई प्राथमिकता दिएर बढुवा गरेको आरोप छ । मूल्यांकन फाराम भर्दा आफनो फेभरको व्यक्ति तलमाथि हुने भएपछि सो मूल्यांकन फाराममा २ दिनको म्याद मात्रै कायम गरिदिएको थियो । आफ्नो वरिपरिकालाई प्राथमिकता दिएको आरोप छ । घर जाने बेलामा डीएसपीमा बढुवा गरिदिएपछि लेखा शाखाका कर्मचारीले आईजीपी खनालको जयजयकार गरेका छन् । उता लेखा शाखाका गणेश मल्लकी श्रीमती चाहिं सशस्त्र प्रहरीको पजेंरो गाडीमा रमाएकी छिन् । सरकारी गाडीमा घुमफिर गरी दिन कटाउने गरेकी छिन् । मल्लकी श्रीमती सिलाच्म मल्ललाई गाडी चालक सावित्री अर्यालले गाडी चलाएर घुमाउने गरेकी छिन् । सो सरकारी गाडीमा घरको रासन पानी किन्नेदेखि नातागोता आफन्तकोमा गएर दिन बिताउने र आफ्नालाई बोक्ने गरेको आरोप छ ।
चालक सावित्री अर्याल दिनभरी कुरेर बस्नुपर्ने, विभिन्न ठाउँमा जानुपर्ने, दिनरात पर्खेर बस्नुपर्ने गरेको बताइन्छ । सरकारी जागिरको नाममा भ्रष्टाचार गरी कमाएको पैसाले मोजमस्ती गरेका छन् । सरकारी गाडी प्रयोग गर्ने, तेलको दुरुपयोग गर्ने, कर्मचारीको दुरुपयोग गर्ने काम विगत लामो समयदेखि सशस्त्र प्रहरीका लेखा प्रमुख मल्लले गर्दै आएको बताइन्छ । खासगरी कर्मचारीले आफ्नो लागि प्रयोग गर्ने सरकारी गाडी श्रीमती, छोराछोरी, नातागोतालाई सरकारी गाडी दिएर राज्यको सम्पत्तिमाथि दोहन गरेको बताइन्छ । सशस्त्र प्रहरीमा यस्ता उदाहरण थुप्रै छन् । सशस्त्र प्रहरी बलभित्र यस्ता खाले विकृतिको समाचार आइरहेपनि कुनै पनि निकायले छानबिन गरेको छैन । सशस्त्रभित्र व्यापक रुपमा चर्चाको विषय बनेको छ । एउटा लेखा अधिकृतले आफ्नो घरको सम्पत्तिजस्तो गरी सरकारी गाडी सरकारी तेलमा कर्मचारीको श्रीमतीलाई छुट्टै गाडी र चालक खटाउनुजस्तो लाजमर्दा काम सशस्त्र प्रहरीमा लेखाका गणेश मल्लले गरेको आरोप छ ।
यस्तै घर जाने बेलामा आईजपी शैलेन्द्र खनाल र गणेश मल्ल बिचको सम्बन्ध धेरै पहिला देखि के छ भन्ने जानकारी प्रहरी संगठनले बुझ्न नसकेको भनाई छ । सशस्त्र प्रहरीका आईजीपी खनाल र गणेश मल्लको डिजाइनमा व्यापक रुपमा भ्रष्टाचार भएको सबै प्रदेशप्रमुखदेखि विभिन्न निकायलाई मिलाउन सक्ने खुबी भएको उच्च निकायका प्रमुखसम्मलाई रिझाएको कारण भ्रष्टाचार गरेपनि कारबाही बाट बच्दै आएको बताइन्छ । उच्च निकायले कारबाहीको दायरामा ल्याउन नसकेको गुनासो पनि व्यापक रुपमा उठ्न थालेको छ । केही पत्रकारलाई महिनावारी दिएर सशस्त्र प्रहरीको समाचार लेखाउने कर्मचारीको खोजी गर्न पत्रकार नै प्रयोग गरेको समाचार सुत्रले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *