सविन बस्नेत
काठमाडौं । नेपाल सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय चुनावको मिति तोकेको छ । राजनीतिक दलनिकट नेता र कार्यकर्तालाई गाउँ जिल्ला जान भ्याई नभ्याई छ भने नेपाली जनतालाई खासै चासो छैन । युवायुवतीलाई विदेश जाने चटारो छ । अहिले युवायुवती विदेश जानको लागि राहदानी बनाउन घुँइचो चलेको छ । अधिकाशं युवायुवती कामको खोजीसँगै पढाई गर्न र विदेशमा गएर केही आर्थिक लाभ हासिल गर्ने उद्देश्यले विदेश जान चाहेका छन् । अहिले दैनिक ३ हजारभन्दा बढी युवायुवतीले नेपाली भूमि छाडि विदेशी भूमिमा अधययन र कामको खोजीमा भौतारिरहेको पाइन्छ । राजनीतिक दल भने एक नेताले अर्काे नेतालाई गालीगलौज गर्दै दिन बिताएका छन् । राजनीतिक पार्टी भनेको जागिर खाने थलो बनेको छ । नेपालका राजनीतिक दलका नेता सरकारमा गएका छन् भने भए नभएको भाषण दिन गरेका छन् ।
सांसद मन्त्री भएका छन्, भ्रष्टाचार गरेका छन्, सो पैसा जग्गामा लगानी गरेका छन्, बैंकमा लगानी गरेका छन्, गाडी चढेका छन्, मोजमस्ती गरेका छन् । चाहे त्यो एमाले होस्, चाहे त्यो नेपाली कांग्रेस होस् या माओवादी होस् या मधेसी दल ससबै सत्तामा घुमिफिरी गरेका छन् । भ्रष्टाचार गरेका छन् । आफ्ना मान्छेलाई पोसेका छन् । जनता बिरामी भएर सिटामोल खान नसक्ने अवस्थामा छन् । युवायुवतीले काम नपाएर विदेशिनुपर्ने अवस्था सिर्जना भएको छ । उद्योगधन्दा खोल्ने, कृषिप्रधान मुलुकमा कृषिका लागि युवायुवतीलाई तालिम दिएर कृषि रोजगारी सिर्जना गर्ने, सहुलियत ऋण दिएर कृषि व्यवसायमा संलग्न हुन लगाउने, उद्योगधन्दा सञ्चालन गर्ने देखि नयाँ नयाँ योजना ल्याएर युवायुवतीलाई प्रोत्साहनका गनुपर्नेमा सरकार चुकेको देखिन्छ । योग्यता र क्षमताका आधारमा उद्योग सञ्चालन गर्न नियम कानून तर्जुमा गरेर लागू गर्नुपर्नेमा त्यो काम हुन सकेको छैन ।
राजनीतिक दलहरुले आफुले गरे सबै ठिक अरु पार्टीले गरेका सबै बेठिक देख्ने गरेका छन् । राजनीतिक दलहरु गालीगलौजमै रमाएका छन् । बजार मूल्य आकासिएको छ । बजारमा व्यापारीले कालोबजारी चलाएका छन् । सामानको कृत्रिम अभाव सिर्जना गरेर जनतालाई हैरान पारेका छन् । यस्ता कुरामा राजनीतिक दलका नेताको ध्यान गएको छैन । एउटा पार्टीले अन्य पार्टीका नेतालाई गाली गलौज गर्ने, आफु सत्तामा बस्ता केही नगर्ने र जनतालाई महंगीको भार थप्ने काम राजनीतिक दलले गर्दै आएका छन् । राजनीतिक रुपमा भागवण्डा गर्ने, सो भागवण्डाबाट पैसा असुल्ने परिपाटी नेपालका राजनीतिक दलमा मौलाएको छ । राजनीति पार्टीले नेपाली जनतालाई बलिको बोको बनाएका छन् । चुनाव आउँदैछ, चुनावमा नानाथरी बोलने गरेका छन् र चुनाव सकिएको भोलिपल्टबाटै जनताको समस्या बिर्सिएर नेपाली जनतातिर ढाड फर्काउने गरेका छन् । बाटोघाटोमा एकले अर्काेलाइृ विरोध गरेका छन् । महंगी बढेको छ, के कारण र कसरी मूल्य वृद्धि भएको छ भन्नेमा ध्यान गएको छैन । यसलाई कसरी नियन्त्रण गर्ने भन्दा पनि आगामाथि घिउ थप्ने काम नेताले गर्दै आएका छन् । कतिपय नेपाली जनता रोगले थलिएर स्वास्थ्य उपचार नपाउँदा बेडमै छटपटाउने गरेका छन् । चिकित्सकले यस्ता खालका बिरामीलाई चासो दिएका छैनन् । यस्ता बिरामीलाई कसरी औषधि उपचार गर्न सकिन्छ भन्नेतिर नेताको ध्यान गएको छैन । कुन जनताले कस्तो काम गरेको छ । काम गरेअनुसारको पारिश्रमिक पाएको छ कि छैन भन्ने कुरामा नेताको ध्यान गएको छैन । नेपालमा पार्टी पिच्छेका नेता छन् । धेरै नेता भएपछि जनताको बारेमा बोल्ने कोही छैनन् । सबै आफ्नो पार्टीले गरेको काम ठिक अन्य पार्टीले गरे बेठिक भन्ने लाइनमा नेपालका राजनीतिक दल लागेका छन् । अहिले गठबन्धन सरकार प्रतिपक्ष दल एमालेभित्र जुहारी चलेको छ । एमाले पार्टी र गठबन्धन सरकारको टकरावले नेपाली जनता महंगी र भ्रष्टाचारमा पिल्सिएका छन् ।
विकास छैन, भएका उद्योग कलकारखानामा पनि राजनीतिक दलले लुछाचुडी गरिराखेका छन् । नेपालको नीति निर्माण बनाएर कार्यान्वयन गर्नभन्दा पनि एकले अर्कालाइृ दोष थुपार्ने काम राजनीतिक पार्टीका नेताले गरेका छन् । पार्टीलाई भजाएका छन् । संस्थालाई भजाएका छन् । विदेशीको सहारा लिएका छन् । सहयोग मागेका छन् । यसरी सँधैभरी विदेशीको सहारा लिने विदेशीको गुलामी गर्ने परिपाटी नेपालको राजनीतिक दलमा कहिलेसम्म चल्ने हो । नेपालमा विकासको भजिन छैन, नीति छैन, नीति नियम बनाएपनि लागू हुन सकेको छैन । खाली सत्तालाई भ¥याङ बनाएका छन्, सत्तालाई भ¥याङ बनाएर खाएका छन् । सत्ता नभई टिक्न नसक्ने, सत्तामा गएपछि राम्रो काम गर्न नसक्ने, सत्ताबाट बाहिर बसेपछि ठूला ठूला भाषण गर्ने, एकले अर्काेलाई दोष लगाउने काम राजनीतिक दलमा हुँदै आएको छ । वास्वतमा नेपालको राजनीतिक दलभित्र यस्तो विकृति कहिलेसम्म चल्ने हो हेर्न बाँकी नै छ । यो राजनीतिक विकृतिले नेपालको राजनीति विदेशीको खेलौना बन्न थालेको छ । विदेशीको खेलौना बनेर विकासको काममा वाधा अडचन् नेताले पु¥याउँदै आएका छन् । यस्ता विषयमा नेपाली जनता चनाखो भएर देश विकासमा लाग्ने र देशको लागि चाहिने राजनीतिक दल चुनेर पठाउनुपर्ने देखिन्छ । आगामी स्थानीय निर्वाचनलाई ध्यानमा राखेर नेपाली जनताले पार्टीको भन्दा पनि विकास र समद्धिका लागि काम गर्ने उम्मेद्वारलाई जिताउनुपर्ने देखिन्छ ।