अमेरिकन परियोजना एमसीसी संसदबाट अनुमोदन नभएमा नेपाल ठुलो आर्थिक संकटमा पर्ने तर्क देउवा सरकारले अघि सारेको थियो । अहिले सोपरियोजना संसदबाट अनुमोदन भईसकेको अवस्था भएता पनि नेपालको आर्थिक संकट झन गहिरिएर गएको छ । आर्थिक संकट तर्फ उन्मुख नेपालको अर्थतन्त्रलाई बचाउने प्रयासमा नेपाल सरकार भित्र र बाहिर अनेक भनाभन र आरोप प्रत्यारोप चालु भएका छन । यसै सिलसिलामा नेपाल सरकारको अर्थमंत्रीले नेपाल राष्ट्रबैंकको गभर्नरलाई निलम्वन गर्ने निर्णय क्याबिनेटबाट स्वीकृत गराएपछि स्थिति सम्हालिने भन्दा पनि झनै बिग्रिएर गएको देखिन्छ । अब यो बिषय बिस्तारै चुनावी राजनीतिको मुद्दा बनेको छ । नेपालको आर्थिक संकट बढेको हो की होइन र यदि बढेको हो भने निवर्तमान ओली सरकार जिम्मेवार कि वर्तमान देउवा सरकार जिम्मेवार भन्ने बिषयमा टिकाटिप्पणी बढेर गएको छ । नेपालमा आर्थिक संकट आयो भन्नेहरुले बिदेशी मुद्राको संचित कोष घटेको र बिदेशबाट प्रतिमहिना बिप्रेसनको रुपमा नेपाल आउने गरेको बिदेशी मुद्राको घट्दो आकारलाई आधार बनाएका छन । तर वर्तमान देउवा सरकारको नेतृत्वले भने अघिल्लो सरकारले लिएको गलत आर्थिक नीतिहरुको कूप्रभाव अहिले देखिन थालेको हो भनी जनाएका छन । दक्षिण एशिया कै पहिले सम्पन्न मुलुक श्रीलंका हालैमा आएर ठुलो आर्थिक संकटको भुँमरीमा परेको छ । श्रीलंका शिक्षाको हिसाब अति शिक्षित मुलुक पनि हो । श्रीलंका सरकारले वैदेशिक रोजगारी र पर्यटन बिकासलाई नै मुलुकको आर्थिक उन्नतीको आधार बनाएका थिए । यो कोणबाट हेर्दा नेपाल र श्रीलंकाले लिएको आर्थिक उन्नतीको आधारहरु समान छन । दुबै मुलुकमा सानातिना चिया उद्योगहरु बाहेक अन्य ठुला उद्योगहरु केही छैन । यहि समानताले गर्दा नेपालमा श्रीलंकाको जस्तै आर्थिक संकट आउन सक्ने संभावना सजिलै र सहजै अनुमान लागाउन सकिन्छ । श्रीलंकालाई यो संकटको बेला भारतले बिदेशी मुद्रा र खाद्यान्न सम्म उपलव्ध गरी सहयोग गर्दै आएको छ । त्यसैले नेपालको आर्थिक संकटमा पनि भारतबाट सहयोग आउने र नेपालले आर्थिक संकटबाट सहजै पार पाउने दलका नेताहरुले ठानेका छन । नेपालमा लामो काल देखि राजनीतिक संकट चल्दै आएको कुरा सर्वविदितै छन् । दलहरुकै कारण नेपालको राजनीतिक संकटको समाधान निस्किन सकिरहेको छैन । दलहरुले नेपालको संविधान २०७२ बनाउदा राजा र राजावादीहरुलाई कुनै राजनीतिक भूमिका दिने व्यवस्था राखेनन् । फलस्वरुप नेपालको राजनीतिकमा महत्वपूर्ण भूमिका निभाउँदै आएको राजा र राजावदीहरुले नेपालको राजनीतिमा आफ्नो भूमिका खोज्दै दल र दलका नेताहरुलाई चईनको निद सुत्न दिएको छैन । साथै बिदेशीको दबाबमा परी दलहरुले संविधानमा गरेको व्यवस्थाले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएको हुँदा प्राकृतिक रुपले नै हिन्दूहरुको वासस्थान मानिएको नेपालमा धर्म परिवर्तन गर्ने देखि लिएर हिन्दूहरुको पूज्य गौमातालाई काटी मासु भक्षण गर्ने जस्ता घटना बढेर गयो । सत्यको बाटो त्यागी अधर्म र पापको मार्गमा अगाडि बढेका दलहरुले उल्टै हिन्दूहरु र राजतन्त्रवादीहरुलाई प्रतिगामी शक्ति भन्दै राज्यको सबै अवसरहरु समान रुपले उपभोग गर्न पाउने मानवीय अधिकारबाट बञ्जचित गर्दै लाने काम बढाए । अहिले आएर संविधानमा तोकिए अनुसारको सुविधा लिनका लागि पनि राजनीतिक दलहरुको सदस्य बन्नै पर्ने जस्ता वाध्यकारी अवस्था नेपालमा उत्पन्न भएको छ । सरकारी ठेकाहरु र सेवाहरु लिन पाउनको लागि पनि सत्तामा भएकै दलको सदस्यता लिनु पर्ने जस्ता अघोषित बन्देजहरु नेपालका आम जनताहरु भोग्दै आएका छन । लगभग २५० बर्ष देखि राजाहरुले लगातार शासन गर्दै आएको मुलुक नेपालमा राजतन्त्रवादीहरुको संख्या पनि कम छैन । दलहरुले देखाएको डरत्रासले गर्दा मात्रै राजतन्त्रवादीहरु अहिले सम्म खुलेर नेपालको राजनीतिमा आउन सकेको थिएन । अब त्यस्तो डरत्रासलाई चीर्दै नेपालका राजतन्त्रवादीहरु र हिन्दूहरु तेजस्वी युवा नेता राजनेद्र लिङदेनको नेतृत्वमा गोलबन्द भएर एक ढिक्का भएका छन । दलहरुले अब ठालु भने पनि आलु भने पनि अब कुनै फरक पर्नेवाला छैन किनकि नेपाली जनताले दलहरु र राजतन्त्रवादीहरु बिचका फरक चाल पाएका छन । नेपाली जनता अब दलहरुले फैलाएको भ्रमको खेतीमा बिश्वास राखी दलहरुको पछि लाग्ने छैनन् । दलहरुको मुखको कोशेली मात्रै हो भने राजवादीहरुले बिगतमा ठोश कामै गरी आफ्नो पौरख नेपालीको गौरव देखाईसकेका छन । राजनीतिक नेतृत्व बलियो र दरो भयो भने जस्तो सुकै आर्थिक संकट पनि टार्न सकिन्छ । नेपालका राजनीतिक दलहरु सबै अपराधको पृष्ठभूमिवाट आएको हुँदा उनीहरुको शासन गर्ने नैतीक धरातल एकदमै कमजोर छ । दलहरु राष्ट्रको सुरक्षा र नेपाली जनताको शान्तिका लागि नभएर आफ्नो दलिय स्वार्थ पुरा गर्नको लागि राजनीतिमा लागेका हुन । जसरी पनि सत्ता प्राप्त गरी सत्तामा टिकीरहने खेलमा दलहरुले सबै नैतीक बन्धनको हद नै पार गरीसकेका छन । राजा र राजतन्त्रका बिरुद्ध भ्रम फैलाएर सत्ता प्राप्त गरेका दलहरु सत्ता प्राप्त गरे पस्चात पनि सत्तामा टिकीबस्नको लागि त्यही पुरानै सुत्र अनुसार भ्रम फैलाउने खेती जारी नै राख्दै आएका छन । तर अहिले नेपाली आम जनता सुसूचित भईसकेकाले दलहरुको फोहरी अपराधिक खेललाई सजिलै बुझी पहिलेको जस्तो दलहरुले फैलाएको डरत्रासको अगाडि झुक्नेवाला छैन ।दलहरुले राष्ट्रको यस्तो दुर्गती पारेको समयमा दलहरुकै प्ररिवेशमा आएको अर्को एक दल राष्ट्रिय प्रजातन्त्र पार्टीलाई किन बिश्वास गर्ने भन्ने कौतुहलता जाग्नु स्वाभाविक नै हुन्छ । यो दल अरु दलहरु जस्तो होईन र यो दलले भागबण्डा र दलहरुका बिच मिलोमतो गरी गर्ने वा गरिने शासन व्यवस्था र प्रणालीलाई खतम पारी नेपाल राष्ट्रको सुरक्षा र नेपाली जनताको शान्तिको प्रत्याभूति हुने गरी शासन गर्नेवाला छन । तेजश्वी युवा नेता राजेन्द्र लिङ्देनले नेतृत्व गर्नु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले सत्तामा भएका दलहरुको तुलनामा बढी सफल हुने कारणहरु धेरै छन जसको चर्चाले जनमानसमा कुनै संकोच वा भ्रम रहने छैन । दलहरुको घोर बिरोधको बाबजुद पनि राष्ट्रिय प्रजातन्त्र पार्टी डिटरमिनेसनका साथ बिचलित नभई आफ्नो राजनीतिक लक्ष पुरा गर्न लागिपरेको छ जुन सफलताको द्योतक पनि हो । अर्कोकुरा राष्ट्रिय प्रजातन्त्र पार्टी चुनावमा जित प्राप्त भएको खण्डमा हामी गर्छौ भनी गरेका बाचाहरु चुनवी दोगला मात्रै नभएर गर्न सकिने ठोश नाराहरु छन जुन नेपाली जनताले सजिलै बुझ्ने र बेलाबेलामा माग गरेका बिषयहरुलाई मात्रै समेटिएका छन । सफलताको लागी अर्को नभईनहुने गुण डेडीकेसन पनि हो । जहाँ सम्म डेडीकेसनको सवाल छ राष्ट्रिय प्रजातन्त्र पार्टीका तेजश्वी युवानेता राजेन्द्र लिङ्देन सतप्रतिशत नेपाली जनताको सेवा गर्नको लागि डेडीकेटेड भएर लागेका छन । समकालिन दलका नेताहरु जस्तो परिवारवादबाट पीडित उहाँ छैन र सबै नेपाली जनता समान भएकाले सबैले राज्यद्वारा दिने कामको अवसर, सेवा र सुबिधा बिना भेदभाव समान रुपले भोग गर्न पाउने वा दिनेमा उहाँ प्रतिबद्ध हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु दलका नेताहरु जस्तो छाडा र अनुशासनहिन छैनन् । यो पनि उक्त पार्टीको सफलताको महत्वपूर्ण कडी हो । नेपाली जनता भ्रष्टाचारी र अपराधी मनोबृत्ति भएका दलका नेताहरु देखि वाक्कदिक्क भईसकेको हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका अनुशासित नेताहरु देखि प्रभावित भएको हुँदा चुनाव जिते पछि अन्य दलहरुले जस्तो भ्रष्टाचार र अपराध कर्ममा लागेर राष्ट्रलाई ऋणमा डुबाउने काम गर्ने छैन भन्ने पूर्णबिश्वास छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको सफलताको अर्को महत्वपूर्ण कडी उक्तपार्टी भित्र भएको नेताहरुको बिबिधता पनि हो । नेपाली जनताको सेवा गर्ने कामको अनुभव भएका र बिभिन्न बिषयको जानकारहरु उक्त पार्टी भित्र सक्रिय छन । यस्तो ज्ञान र अनुभवको संगम यबम बिभितता भएको पार्टी नेपालमा अरु कुनै छैन । यसको तुलनामा दलहरुको रिपोर्ट कार्ड राम्रो छैन । यसको ठीक बिपरित दलहरु भित्र भ्रष्टाचारी र अपराधी मनोबृत्ति भएका नेताहरुको संगम र बिभितता मात्रै छन । दलका नेताहरुको कामको अनुभव बारे त कुरा गरी साध्दे नै छैन उहाँहरु सित सडकमा अन्दोलन गर्ने देखि लिएर महिनौं सदन चल्न नदिने सम्मका लामो अनुभव छन । दलहरुले आफ्नो कार्यकर्ता बाहेक अन्यलाई नेपाली जनता ठान्ने गरेका छैनन् त्यसैले राज्य द्वारा दिने सेवा सुविधा लिन वा पाउनका लागि वा गरी खान सरकारी काम पाउनको लागि दलका झोले कार्यकर्ता हुनै पर्ने वा बन्नै पर्ने बध्यता सृजना गरिएका छन । राजनीतिक नियुक्ती लिनको लागि त झन योग्यता मात्रै भएर पनि पुग्दैन कि त सत्तामा भएका दलहरुका ठुला नेताहरुको नाता पर्नु पर्ने होइनभने जति भन्यो उती पैसा चन्दाको रुपमा हाल्न सक्नेहरुले मात्रै उक्त अवसर अहिले सम्म पाउँदै आएका छन । नेपालमा दलहरुले अहिले सम्म फैलाएको यो सबै विसंगती हटाउनको लागि नै राष्ट्रिय प्रजातन्त्र पार्टी जस्तो डिटरमिनेसन भएको, नेपाली जनताको सेवा गर्नको लागि सतप्रतिशत डेडिकेसन भएको, राष्ट्र र जनताको निस्वार्थ सेवा गर्ने ज्ञान र अनुभवको विभितताको संगम भएको, अनुशासित पार्टी र नेताहरुको खोजी नेपाली जनताले गरीरहेका थिए र सोखोज अभियान अनुसारको सबै गुणहरु राष्ट्रिय प्रजातन्त्र पार्टीमा बिद्यमान भएको पाएका छन । सफलताको लागि नभईनहुने अन्तिम महत्वपूर्ण गुणमा डिरेक्सन वा राजनीतिक दिशाबोध पनि हो । राष्ट्रिय प्रजातन्त्र पार्टी दलहरु जस्तो राजनीतिक दिशाहिन छैन । यो पार्टीलाई राजनीतिको लक्ष र उद्देश्य राम्रो सित प्रष्ट भएको हुँदा नेपाल राष्ट्रको सुरक्षा, नेपाली जनताको शान्तिपूर्ण तरिकाले बसोबास गरी बिना भेदभाव सरकारी काम पाउने र गरीखाने अधिकारको सुनिश्चता, बिदेशीले नेपालको राजनीति र बिकासमा अहिले सम्म गर्दै आएको हस्तक्षेपलाई रोकी उनीहरुको थानमान देखाउने र दलहरुले नारामा मात्रै सीमित पारी राखेको नेपालको बिकास र समृद्धिलाई मूर्त तुल्याई नेपाललाई बडामहाराज स्वर्गिय श्री ५ पृथ्बी नरायाण शाहको महानबाणी अनुसारको चार जात छत्तिस वर्णको फुलबारीमा रुपान्तरण गर्नु नै हो । दलहरुले समाजलाई बिभाजन गरी शासन गर्ने नीति लिएका छन भने राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसको विपरित अखण्ड सामाजिक एकता कायम गर्दै राष्ट्रलाई स्वाबलम्बी र आत्मनिर्भर बनाउने औद्योगिक बिकासको मार्गमा अगाडि बढाउने बज्र अठोट देखाएका छन ।