स्थानीय तह निर्वाचनको लहर

समाचार

नेपालको पछिल्लो संविधानले निर्दिष्ट गरेको तिन तहको सरकार वनेको थियो । नागरिकको घरदैलो स्थानीय सरकारको हैसियत स्थापित हुने पहिलो पटक निर्वाचन २०७४ वैसाख ३१ मा भएको थियो । नेपालमा स्थानीय सरकारको अभ्यास हुन थालेको ५ वर्ष पुग्नै लाग्यो । स्थानीय तह वा सरकार गठन गर्ने दोस्रो निर्वाचन २०७९ वैसाख ३० गते हुन गैरहेको छ । निर्वाचन होला कि नहोला भन्ने चर्चा चलिरहँदा अव चाँही निर्वाचन होला कि भन्ने भैरहेको छ । मनोनयन दर्ता गर्ने दिन नजिकै आइरहेको छ । राजनीतिक दलहरु आफ्ना उम्मेदवार छनौट गर्न क्रियाशिल भैरहेका छन् । नागरिकका घरदैलोमा पार्टीहरुका चहलपहल वढेको छ । टोल टोलमा दलका झण्डा फरफराएका गाडीहरु दौडिएको देखिन्छन् ।
२०७९ वैसाख ३० गते नेपालका ७५३ वटा पालिकामा स्थानीय सरकारमा नयाँ जनप्रतिनिधि आउनेछन् । उनीहरुसँग नागरिकका असिमित चाहाना रहेका छन् । नेताहरु नागरिकको घरदैलोमा जाँदा आफ्ना गुनासा, चाहाना वताइरहेका छन् ।
अहिलेको संविधानले स्थानीय तहमा सरकार मात्र होइन विधायिका र न्यायलयको भूमिका समेत दिएको छ । विकास निर्माणका काम गर्ने सरकारको भूमिका हो । कानून निर्माण गर्ने संसदीय भूमिका पनि निर्वाह गर्नु पर्दछ । त्यसै गरी न्यायिक समिति मार्फत न्यायालयको भूमिका पनि हुन सक्छ ।
पहिलो कार्यकालमा स्थानीय तहमा भएको अभ्यासले दलका कार्यकर्ता वा राजनीतिककर्मीहरुलाई आकर्षित गरेको छ । मन्त्री भैसकेका, सांसद भएका व्यक्तिहरु पनि स्थानीय तहमा उम्मेदवार वन्ने कि भन्ने चर्चा चलेको छ । त्यसैले पनि पुष्टि गर्दछ स्थानीय तहको भूमिका र महत्व । हुन पनि हो नागरिकको सुखदुखको साथी हो स्थानीय जनप्रतिनिधिहरु । नागरिकको मनमुटुमा वस्ने वस्न सक्ने अवसर पनि ।
स्थानीय तहको निर्वाचनको चर्चा गर्दा दोलखा जिल्लामा पनि चुनाव केन्द्रीत सरागर्मि चढेको छ । दोलखामा २ नगरपालिका र ७ वटा गाउँपालिका रहेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले २ वटा नगरपालिका सहित ७ वटा पालिकामा एक्लै जितेको थियो । त्यती वेलामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठवन्धन वनेको थियो । नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रेको थियो । अहिले पनि त्यस्तै हुँदैछ ।
दोलखाका स्थानीय तहमा पाँच दलिय गठवन्धन विचमा छलफल चलिरहेको सुनिएकोछ छ तर दोलखामा ५ दलको गठवन्धन भने पनि ३ दलको मात्र चर्चा सुनिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादीका जिल्ला स्तर नेताहरुको दौडधुप, भेटघाट, छलफलको चर्चा सुनिने र देखिने गरिएको छ । गठवन्धन विच सहमती भयो रे यो यो भागवन्डा भो रे भन्ने खवर निस्कन्छ अनी केही समयमा होइन भन्ने चर्चा पनि सुनिन्छ । नेपाली कांग्रेस दिने अरु लिने भने जस्तो देखिएको छ । एकै दलहरु भित्र त उम्मेदवार छनौटमा रस्साकस्सी परेको वेलामा गठनवन्धनका विचमा संकट पर्नु नौलो विषय पनि होइन । त्यही भएर नेपाली कांग्रेस र नेकपा माओवादीका जिल्ला स्तरिय संरचनाहरुले आफ्ना उम्मेदवारहरुको नामावली सार्वजनिक गरिरहेका छन् तर नेकपा एकिकृत समाजवादीले नामहरु वाहिर ल्याएको छैन । नेपाली कांग्रेसले केही पालिकामा एक चरणको घरदैलो समेत गरिसकेको छ ।
नेकपा एमालेलाई पनि उम्मेदवार छनौटमा सकस परिरहेको छ । वडा अध्यक्षका आकांक्षीमा एकै वडामा २४, २५ जनासम्म देखिएका छन् । चरणवद्ध रुपमा छलफल भैरहेका छन् । केही पालिका अध्यक्षको उम्मेदवार सहमतीका साथ छनौट भैसकेका छन् । नेकपा एमालेका स्थानीय संरचनाहरुले सुर्य चिन्हका पक्षमा जनलहर ल्याउन घरदैलो अभियान गरिहेका छन् । दिनदिनैं टोलस्तरका सभाहरु पनि भैरहेकाछन् ।
नेकपा एमालेले पहिलो चरणको घरदैलो अभियान उम्मेदवार विना नैं गरेको छ । अव केही दिनमा नैं उम्मेदवार टुङ्गो लागे पछि प्रभावकारी रुपमा अभियान छेड्ने योजनामा छ । आफनो पक्षमा निर्वाचन आउने विश्वस्त छ । नेपाली कांग्रेस गठवन्धनमा चुनाव लड्ने अनी नेकपा एमाले टुक्रिएको नेकपा समाजवादी वनेको मौकामा आफ्नो पक्षमा माहोल आउनेमा विश्वस्त देखिन्छ । दोलखाको नेपाली कांग्रेस २०७४ साल संझदै त्यतीखेर २ वटा दल मिलेर चुनाव लड्दा २ वटा पालिका जित्न सफल भएको थियो । त्यो वेला विगु र वैत्येश्वरमा त्यो वेलाको गठवन्धनले जितेको थियो । त्यो वेलामा नेकपा माओवादी केन्द्रले नेतृत्व गरी निर्वाचनमा होमिएको कुनै पनि पालिका जितेन । अहिले नेकपा एमालेमा विग्रह आएको छ त्यो टुक्रिएर वनेको दल नेपाली कांग्रेस नेतृत्वको गठवन्धनमा छ भनेर अझ उत्साहित भएको हुन सक्छ ।
नेकपा एमाले र नेपाली कांग्रेसको नेतृत्वको गठवन्धन विच चुनावी प्रतिष्प्रधा हुँदैछ । आफनो प्रतिवद्धता पत्र मार्फत मतदाताको मनजित्ने कोशिस गर्ने नैं छन् । यस पटकको निर्वाचनको विगतको भन्दा वढि खर्चिलो हुने देखिन्छ । प्रायः सवै टोलमा गाडी जान सक्ने अवस्था देखिन्छ । विगतमा झै हिडेर टोल टोल पुग्ने कुरा छैन । अव त घर घरमा पुग्न समेत गाडी चढ्नु पर्ने देखिन्छ । यसले के पुष्टि गर्दछ भने पहिलो स्थानीय तहको निर्वाचन पछि सडक निर्माणमा ठुलै छलाङ्ग वा प्रगती भएछ ।
नेपाल भर नैं स्थानीय तहको निर्वाचनको माहोल खडा भएको छ । विगतका प्रगतीलाई समिक्षा गर्दै आगामी दिनमा गर्ने योजनाको खाका प्रस्तुत भैरहेको छ । ती खाका पूरा गर्ने कसम खाँदै निर्वाचनमा मतदाता नागरिकहरुलाई आकर्षित गर्ने काम यो महिना भर चलिरहने छ । स्थानीय निर्वाचनमा दल भन्दा पनि असल व्यक्ति हेरिन्छ भन्ने कुरा छ तथापी दलमा आवद्ध रहेका कार्यकर्ताहरुले त्यसो गरिहाल्लान् भन्ने पनि देखिन्न । दलिय राजनीतिमा गैरराजनीतिक मत धेरै हुन्नन् तर स्वतन्त्र नागरिकले आफ्नो इच्छा अनुसारको उम्मेदवारलाई छनौट गर्न सक्नेछन् ।
राजनीतिक दलका वा स्वतन्त्र उम्मेदवारहरुले आफ्ना गतिविधिहरु स्वच्छ गरुन् । सवैका आफ्नो योजना सहितको परिकल्पना राखुन् कस्को उत्तम लाग्दछ उसैलाई मत दिउन् । कुनै दवाव प्रभावमा नपरुन् । आम नागरिकको मन जित्नेले निर्वाचनमा जितोस् । असल दल र असल व्यक्ति विजयी हुनसकोस् मतदाताको चाहाना अनुसारको काम गर्न सफलता मिलोस् । नयाँ वर्ष २०७९ को उपलक्ष्यमा सवैमा शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *