कित्ताकाट खोल्दै कपाकप पार्दै !

Uncategorized

काठमाडौं । भूमाफियासँग सरकार लागेपछि सरकारले स्मार्ट सिटी बनाउने नाममा रोकेको जग्गा कित्ताकाट प्रक्रिया खोल्न बाध्य भयो । यो धन्दा चलाउन पूर्व भूमिमन्त्री पदमा अर्यालका श्रीमान्को समेत व्यापार बढाउनु थियो । त्यसै कारण पद्मा अर्यालले गणेश भट्टलाई तालिममा खटाएर प्रकाश जोशीलाई महानिर्देशक बनाउने काम गरिन् । जोशीको काम सार्वजनिक जमिनको संरक्षण गर्दै जाँदा विभिन्न कर्मचारी रिसाएका छन् । नापी विभागले चासो दिएका थुप्रै प्रमाण छन् । उनीहरु निर्वाचन आचारसंहिता सुरु नहुँदै कित्ताकाटको काम खुलाएका हुन् । अहिले भूमिसुधार मन्त्री शशी श्रेष्ठ छिन् । उनले घर नभएका भूमिहीनहरुलाई घडेरी वितरण गर्ने अभियान चलाउँदैछिन् ।
मधेसमा हलिया मुक्ति कार्यक्रमले अलपत्र पारेको सयौं नागरिक छन् । तिनको निम्ति सरकारले चासो लिँदै गर्दा नापी विभागको नेतृत्व कित्ताकाट खोलेर जग्गा प्लटिङकर्ताहरुलाई सजिलो बनाउने काम गर्दैछ । नापी विभागका महानिर्देशक प्रकाश जोशी भने चितवन, भरतपु, मनमैजु, ललितपुरमा आफ्ना सहयोगीहरुलाई समय थप्दै राखेका छन् । ती ठाउँको नापी कार्यालय प्रमुखहरु गिरिशलाल कर्ण, सुग्रीव यादव, भरत वाग्ले, मग्नु दत्त रहेका छन् । उनीहरुले निजामती ऐन मान्ने गरेका छैनन् । किनकि महानिर्देशकको भनाई अनुसार राजनीतिक दलहरुले सार्वजनिक जमिनको संरक्षण गर्न रुची राखेका छन् । स्थानीय तहमा एमाले बहुमतमा छ । तर एमाले जनप्रतिनिधिले भुमाफियाहरुसँग मिलेर खाने गरेका छन् ।
टोखा नगरपालिकाको वडा नं. ७ का वडा अध्यक्ष नरोत्तमले सर्वाेच्चबाट मुद्दा हारे पनि नमुना टोलमा ५ वटा सटर भाडामा लगाएर सार्वजनिक जमिन मै बाजेको पैतृक सम्पत्ति भन्दै ओगटेका छन् ।
आफैं जग्गा व्यवसायी नरोत्तम राना एमाले उपाध्यक्ष ईश्वर पोखरेलको पहुँचले मुद्दा हारेपछि जमिन छाड्ने पक्षमा छैनन् । ईश्वर पोखरेल भूमाफिया दीपक कुँवरको कोलोनीमा महल बनाएर बसेको आरोप छ । पोखरेल उपप्रम बन्दा काठमाडौं उपत्यका प्राधिकरणबाट १७ करोड सरकारी बजेट दिएको स्थानको सुरक्षा गर्ने भन्दै समाजसेवी बनेका छन् । कोलोनीमा कुँवरको एकल स्वामित्व भएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *