अन्तरघात र विद्रोहको खतरा बन्दै गठबन्धन गठबन्धने जन्मायो अर्को भा“डभैलो

समाचार

काठमाडौं । सत्तामा रहेका पाँच दलले सबै स्थानीय तहमा गठबन्धन मार्फत् चुनाव लड्ने निर्णय गरेका भएपनि कार्यकर्ताको दवाव बढ्दै जाँदा अन्ततः नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा मिलेर चुनाव लड्ने सहमतिमा पुगेका थिए । खास गरेर नेपाली कांग्रेसका कार्यकर्ताले एक्लै चुनाव लड्नु पर्ने चर्को अडान राखेपछि गठबन्धनले ११ वटा उपमहानगरपालिका र ६ वटा महानगरपालिकामा गठबन्धन मार्फत् मिलेर चुनाव लड्ने निर्णय गर्दै अन्य तहमा भने आवश्यकताको आधारमा मिलेर अथवा एक्लै चुनावल लड्ने निर्णय गरेको थियो । ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा मिलेर चुनाव लड्ने निर्णय गरेपनि हिजो अन्तिम समयसम्म कुन महानगरपालिकामा र कुन उपमहानगरपालिकामा कुन दललाई नेतृत्व दिने भन्ने सम्बन्धमा विवाद कायम रहेको थियो । खास गरेर लामो समयदेखि भरतपुर महानगरपालिकाको मेयरका सम्बन्धमा नेपाली कांग्रेस र माओवादी केन्द्रका बीचमा चर्को विवाद कायम रहेको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड यो महानगरपालिका आफ्नो पार्टीको पोल्टामा ल्याएर छोरी रेणु दाहाललाई दोहो¥याएर भरतपुर महानगरपालिकाको मेयर बनाउनका लागि गठबन्धनको साझा उम्मेदवार बनाउने अडानमा थिए । उता माओवादी अध्यक्ष दाहालको यो अडान प्रति कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादेर देउवा सहमत भएपनि पार्टीका दुई महामन्त्री गगन थापा, विश्व प्रकाश शर्मा यसैगरी उपसभापति धनराज गुरुङ तथा संस्थापना इतर पक्षका नेता शेखर कोइराला तथा चितवन भरतपुरका पार्टीका तमाम कार्यकर्ता माओवादी केन्द्रलाई दोहो¥याएर महानगरको मेयर पद दिन नहुने अडान राख्दै पार्टीले यस सम्बन्धमा सहमति गरे विद्रोह गर्ने चेतावनी दिएपछि सभापति देउवाले माओवादी अध्यक्ष प्रचण्डको अडानलाई समर्थन गर्दै भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रलाई दिन आनाकानी गर्दै आएका थिए ।
यसैगरी पोखरा महानगरपालिकाका सम्बन्धमा पनि नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता र एकीकृत समाजवादीका बीचमा चर्को विवाद कायम रहेको थियो । नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताले एकीकृत समाजवादीलाई मेयर होइन, कुनै वडाको सदस्य समेत दिन नसक्ने भनेर आफ्नो पक्ष राखिरहँदा माधव नेपाल र झलनाथ खनालले भने पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार आफ्नो पार्टीले पाउनु पर्ने अडान राखेका थिए । उता जनकपुर उपमहानगरपालिकाको मेयरलाई लिएर पनि गठबन्धनका दुई दल जनता समाजवादी र नेपाली कांग्रेसका बीचमा चर्को विवाद रहेको थियो । सहमति अनुसार जनता समाजवादीलाई जनकपुर र नेपालगञ्ज उपमहानगरपालिका दिने तय भएको छ । तर जनकपुर उपमहानगरपालिकाको मेयर जनता समाजवादीलाई दिने निर्णय प्रति नेपाली कांग्रेसका पूर्व उपभासपति विमलेन्द्र निधि तथा उनी पक्षका स्थानीय कांग्रेसी कार्यकर्ताले चर्को विरोध गरेका छन् । जनकपुर आफ्नो गृह शहर भएको भन्दै यो उपमहानगरपालिकाको मेयर कांग्रेसले पाउनु पर्ने अडान विमलेन्द्र निधिको रहेको छ । लामो रस्साकस्सी पछि भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई दिने सहमति भएको छ । तर गठबन्धनका शीर्ष नेताले गरेको यो सहमति प्रति नेपाली कांग्रेसका चितवन तथा भरतपुरका कार्यकर्ताले आपत्ति प्रकट गरी राखेका छन् । र, उनीहरुले यो निर्णयको विरुद्धमा विद्रोह गरेर उम्मेदवारी दिने सम्भावना पनि त्यति नै बलियो बन्दै गएको छ ।
समाचार सुत्रका अनुसार ६ महानगरपालिका मध्ये काठमाडौं, ललितपुर र विराटनगरको नेतृत्व नेपाली कांग्रेसलाई यसैगरी भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारी माओवादी केन्द्रलाई, वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवारी जनता समाजवादीलाई र पोखरा महानगरपालिकाको मेयर उम्मेदवारी एकीकृत समाजवादीलाई दिने सहमति गठबन्धनका शीर्ष नेताहरुले हिजो मात्र गरेका छन् । यसैगरी ११ मध्ये धरान, कलैया, धनगढी, तुलसीपुर, इटहरी र बुटवल कांग्रेसको भागमा परेको छ । माअ‍ोवादी केन्द्रको भागमा घोराही र सिमरा उपमहानगरपालिका परेका छन् । एकीकृत समाजवादीको भागमा हेटौडा परेको छ भने एकीकृत समाजवादीले तुलसीपुर र इटहरी उपमानगरपालिकामा पनि दाबी गरेको छ । जनता समाजवादीको भागमा जनकपुर नगरपालिका र नेपालगञ्ज नगरपालिका परेका छन् ।
गठबन्धनका शीर्ष नेताले महानगरपालिका र उपमहानगरपालिकाको यसरी सहमतिबाट भागबण्डा गरेका भएपनि नेपाली कांग्रेसको संस्थापना इतर पक्षसँगै कतिपय कार्यकर्ताले यो गठबन्धन र भागबण्डाको चर्को विरोध गरी राखेका छन् । खास गरेर भरतपुर महामनगरपालिकाको मेयरको उम्मेदवारी आफ्नो पार्टीले पाउनु पर्ने चर्को अडान राख्दै आएका कांग्रेसका कार्यकर्ताहरु यो सहमति पछि विद्रोहमा उत्रन सक्ने सम्भावना बढेर गएको छ ।
यसैगरी पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार एकीकृत समाजवादीलाई दिने गठबन्धनको निर्णय प्रति पनि कास्कीका कांग्रेसी कार्यकर्ताले चर्को विरोधग गरेका छन् । स्थानीय कार्यकर्ताको चर्को विरोध र विद्रोह हुने स्थितिबाट प्रमुख प्रतिश्पर्धी नेकपा एमालेले भरतपुर महानगरपालिकार पोखरा महानगरपालिकामा विजय हात लगाउने सम्भावना अहिलेबाट नै बढ्न थालेको देखिएको छ । यसैगरी नेपाली कांग्रेसको निधि पक्षले जनकपुर उपमहानगरपालिका जनता समाजवादीलाई दिने निर्णयको विरोध गरेको कारण यो उपमहानगरपालिकाको नेतृत्व पनि गठबन्धनको एउटा घटक जनता समाजवादीले गुमाउने सम्भावना बढेर गएको छ ।
पाँच दलको गठबन्धनका शीर्ष नेताले ७५३ वटै स्थानीय तहमा मिलेर चुनाव लड्ने सहमति गरेका भएपनि खास गरेर कांग्रेसको संस्थापना इतर पक्षको अडानको कारणले गर्दा अन्ततः ११ वटा उपमहानगरपालिका र ६ वटा महानगरपालिकामा मात्र गठबन्धनका पाँच दल मिलेर चुनाव लड्ने र बाँकी तहमा आवश्यकताको आधारमा निर्णय गर्ने सहमति गरेका भएपनि ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा मिलेर लड्न गरेको सहमतिले गठबन्धनमा नै भाडभैलोको स्थिति उत्पन्न गरेको छ । र, यो भाडभैलोको स्थितिले कसलाई फाइदा पुग्ने हो भन्ने विषयमा जानकारी छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *