डीआईजी गौतम बिलखबन्दमा

समाचार

काठमाडौं । ठाउँ पाउँदा भ्रष्टाचार गर्न नछाड्ने, राशनमा ¥याल काडेर पटक पटक संगठनले सचेत गराए पनि आफ्नो बानी नछाडेका सशस्त्र प्रहरीका डीआईजी चन्द्रप्रकाश गौतम अहिले यता न उता भएका छन् । गौतम बढुवामा तेस्रो नम्बरमा भए पनि एआईजी हुन्छु भन्दै हिँडेका चन्द्रप्रकाश गौतम सो पदमा वैशाख २० गते पछि त पुग्छन् । तर गौतमले हतार गरेर वरिष्ठ डीआईजी राजु अर्याल र नारायणदत्त पौडेलको विरुद्ध थिए । संगठनमा कार्यक्षमतामा कमजोर भएपनि सशस्त्रको संरचना बनाउँदा सेनाबाट प्रवेश गरेकै कारण गौतमलाई तत्कालीन आईजी सनत बस्नेतले सहयोग गरेका थिए ।
डीआईजी गौतम आफु कार्यक्षमतामा कमजोर भएको महसुस भन्ने ज्ञान नहुँदा कांग्रेसका नेताहरु कृष्ण सिटौलादेखि एमालेका नेता अग्नि खरेलसम्मलाई ढोगभेट गर्ने ठाउँ जुरेको थियो । शैलेन्द्र खनालको अवकाशसँगै २१ दिने आईजीपी पुष्राम केसीको पदभार कार्यक्रम सम्पन्न भएपछि डीआईजी गौतम दिनरात नभनिकन काममा खटेका थिए । गौतमको जोडबल थियो । सेनामा आफ्नो प्रवेश २०५२ सालमा भएको राजु अर्याल र नारायण दत्त पौडेल २०५४ मा प्रहरीमा प्रवेश गरेका हुन् भन्ने थियो । तर वरिष्ठ कार्यक्षमता जेष्ठतालाई त्यागेर सरकारले मन पराएन । गौतमले दौडधुप गरेपनि केही लागेन । एआईजीसम्म हुने अवस्था गौतमको थियो । संस्थागत रुपमा बद्नाम भएका छन् गौतम । सशस्त्रले दिने जिम्मेवारी भनेको तालिम तथा प्रशिक्षण विभाग हो । सीमा क्षेत्रको सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीमा प्रदेश २ को एक वर्ष कमाण्डर बन्दा गौतमले तस्करीको नाका खुलाएको आरोप छ ।
तर गौतमजस्ता भ्रष्ट प्रहरी सशस्त्रमा कति छन् कति । भन्सारदेखि राजस्व गस्तीमा जाँदा राजस्व छली ल्याएको सामानमा तस्कारबाट कमिसन खाएर छुटाएको घटना तत्कालीन राजस्व विभागमा गएर जाँच गर्न सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *