हेलिकोप्टर चढ्ने खर्च कसरी जुट्छ ?

समाचार

काठमाडौं । स्थानीय तहको चुनाव प्रचार प्रसारमा एमालेको अग्रस्थान भएपनि अध्यक्ष केपी ओलीलो घण्टाको ३ लाख खर्च गरेर सिम्रिक एयरको हेलिकोप्टर लिएर देश दर्शनमा दौडेका छन् । केपी ओलीले एकै दिन सोलु, ताप्लेजुङजस्ता पहाडी जिल्लामा पार्टी प्रवेश र चुनावी सभा गरेका छन् । निर्वाचन आयोगले आचारसंहिता लागु गरेपनि विपक्षी दल एमालेका अध्यक्ष केपी ओलीलाई लागू भएन । आयोगले टोपी, गञ्जी, गम्छाको प्रचार गर्ने काममा भने रोक लगाएको छ । तर ओली सहभागी भएको कार्यक्रममा पूर्ण रुपमा ब्यानर, तस्वीर, एमालेका झण्डा र चुनाव चिन्हसहितका ध्वजा प्रति आयोगले ध्यान दिएको छैन । आयोग निष्पक्ष देखिएको छ या छैन भन्ने कुरा छर्लग भएको छ ।
एमाले अध्यक्ष ओली सरकारमा वैध अवैध धन्दा र ठेक्का पट्टाको कमिसन उनकै नियन्त्रणमा भएको आरोप थियो । विश्वास प्राप्त नेता बास्कोटामाथि ७० करोड खाएको आरोप छ । २ अर्ब खाइदिए भनेकै छन् । बास्कोटा संचारमन्त्री बन्दा सेक्युरिटी प्रेस खरिद काण्ड भयो । इन्टरनेट, केबल विस्तार, ठेक्कापट्टामा ठूलै रकम लेनदेन भएको चर्चा त्यतिबेला थियो । काभ्रेको धुलिखेलमा निर्मित आईटी पार्कको ठेक्का २ करोड ५० लाखको कामलाई ४ करोड बनाइएको सबै नेपालीलाई जानकारी छ । यस पटक एमालेको चुनावी सभाको नाममा भएको ठूलो खर्चसँग केपी ओली जोडिनु नौलो मानिदैन । केपी ओली आफैंले कार्यकर्ता र पार्टी प्रिय नहुँदा एमाले फुटेको हो । एमालेमा ओलीले जे भन्छन् त्या सर्वसम्मत् हुनेछ । अरुलाई पार्टी केन्द्रीय सदस्य बन्न क्रियाशील सदस्य बन्नुपर्ने हुन्छ । तर दुर्गा प्रसाईंलाई भने केपीले टपक्क टिपेर एमालेको केन्द्रीय सदस्य बनाएका छन् । जहाँ कोमल ओलीजस्तालाई केन्द्रीय सदस्य बनाइएको छ । एमालेले गरेका सबै काम ठिक भन्नुपर्छ ।
एमालेमा ओलीको घमण्ड बढण्ेको छ भने वर्तमान राजनीति सत्ता गठबन्धनविरुद्ध विपक्षी गठबन्धको घमण्ड बढेको छ । तर एमालेले साथ लिएको टोलीका कमल थापा र एकनाथ ढकालको कार्यविधि जनताले हेरेका छन् । प्रतिस्पर्धा हुनु राम्रो हो, तर छुद्रताले राजनीतिमा विग्रह ल्याउँछ । एमालेको छटपटी केपीकै घमण्डले तोडिएको छ भने नेकपाको सरकारको पालामा माधव नेपाल र पुष्पकमल दाहालको पनि घमण्ड देखिएकै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *