पुष्परामको थैलीले कहाँ कहाँ असर पा¥यो ?

समाचार

काठमाडौं । सशस्त्र प्रहरी बलभित्र ठूलो चलखेल भएको छ । यो वर्ष चलखेल संस्थागत सुधार भन्दा विग्रहको स्थिति ल्याएको छ । १९ वर्षसम्म एकै स्थानमा बसेका सयौं अधिकृतहरुको वृत्ति विकास त भएन नै संगठनको हितभन्दा स्वार्थमा लागेका आईजीपी भने २ वर्ष बढ्ने अवस्था सिर्जना गरिँदैछ । आईजीपी केसीको अवधि थप हुँदा उनीसँगै अवकासमा जाने दुई दर्जन अधिकृतको मात्र स्वार्थ पुरा हुन्छ । तर संगठनको हितमा सर्वाेच्चको नीति ऐन नियम समेत बुझ्ने प्रयास भएको छैन ।
३० वर्षे सेवाबाट ३२ वर्षे बनाउने खेल त नेपाल प्रहरीमा समेत भएको छ । तर त्यहाँ आईजीपीले छाड्ने बेलामा चर्चा गरिन्छ । सरकारले तत्काल चासो नराख्दा थन्किएको छ । अहिले चुनावको माहौल छ । त्यसको निम्ति सरकार, राजनीतिक दलहरुले चासो र चिन्दा लिनुपर्दछ । २०४९ मा प्रवेश गरेका केसी १८ वैशाखमा अवकाश नगएको खण्डमा २०८१ सम्म आईजीपी बन्नेछन् । २ वर्ष आईजीपीको समय थपिँदा पैसाको बिटो बुझाउनुपर्ने कुनै नौलो कुरा होइन । सर्वोच्चले समेत पदावधि र सेवा अवधिको बारेमा ऐनमा व्यवस्था स्पष्ट गर्न दिएको आदेश समेत पालना नभएको कुरा गृहलाई जानकारी छ होला । तर पैसा पाएपछि ३७ हजार फौजको पीडातर्फ ध्यान दिने की नदिने भन्ने प्रश्न उठेकै छ ।
गृहमन्त्री र गृहसचिवले सहमति दिँदा अर्थमन्त्रीले पनि पैसाको लोभ गरे भने बद्नामीको काम हुन्छ । २०४९ मा प्रहरी सेवामा प्रवेश गरेका केसीको समूह १९ वैशाखमा ३० वर्षे अवधि पछि अवकाशमा जाँदैछ । ३२ वर्ष सेवाको अवधि लागु हुँदा सर्वाेच्चको आदेश ऐनको व्यवस्थालाई ख्याल नगरे सशस्त्रमा भद्रगोल हुनेछ ।
आईजीपी केसी र एआईजी रामशरण पौडेलको बिचमा समेत प्रतिस्पर्धा थियो । पौडेललाई १५ लाख दिएर प्रधानमन्त्रीको स्वकीय सचिव भानु देउवासँग जोडेर समाचार पनि लेखाएका थिए । मंगलबार प्रकाशित एक साप्ताहिकको त्यो समाचार पौडेलले खण्डन त गराए । तर वरिष्ठताको हिसाबले आफु आईजीपी भएपछि उनी प्रशासनमा हुँदा थन्काएको फाइल सदर गर्न चासो देलान भन्ने धेरैले सोचेका थिए । तर त्यसतर्फभन्दा उनी आफ्नै खेलमा लागेका रहेछन् ।
सशस्त्रको आन्तरिक समृद्धितर्फ ध्यान दिने कुरा भएन । ४ वर्षे कार्यकालमा शैलेन्द्र खनाललाई संगठनभन्दा आफ्नै पद बचाउने र कमाउने ध्याउन्न भयो । तर एकै स्थानमा बिताएका अधिकृतहरुको बिजोग छ । उनीहरुले पटक पटक आग्रह गरेका छन् । तर सुनुवाई भएको छैन । अहिले लेखा समूहको एक दर्जन अधिकृतहरुको बढुवा खुलेको र गृहले स्वीकृति दिएको धेरै भएको छ । तर आईजीपी केसीले निरीक्षकबाट लेखा समूहको राजकुमार ढकालको बढुवाको काम सम्पन्न गरेर फुलि लगाइदिए । बाँकी एक दर्जन निरीक्षकहरुको बारेमा चासो दिएका छैनन् । अहिले उनीहरु निराश छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *