राष्ट्र बैंकले एकसय दश निर्णय खारेज गर्दै

समाचार

काठमाडौं । उपल्ला तहका हाकिमलाई सरकारले हटाएलगतै त्यो भन्दा तल्ला तहका कर्मचारीलाई तिनको तस्वीर फालेर आफ्नो टाल्न कतिसम्म हतारो हुँदो रहेछ भन्ने दृश्य रामशाहपथ हुँदै वालुवाटारतिर समेत देखा परेको छ ।
केही महिना अघि सरकारले प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग लगाउने निर्णय ग¥र्यो । सरकारले महाअभियोग लगाउने निर्णय के भएको थियो सर्वाेच्च अदालतको वेभ साइडबाट चोलेन्द्र शमशेर राणाको तस्वीर नै गायब भयो । त्यहाँ कामु प्रधानन्यायधीश दीपककुमार कार्कीको फोटो टाँसियो । त्यो तस्वीर पनि केही क्षणमा हटाएर फेरि प्रधानन्यायधीश चोलेन्द्रकै फोटो हालिएको थियो । अहिले त्यहाँ उनको तस्वीर हटाएर कामु प्रधानन्यायधीशको फोटो राखिएको छ । यो रोग अहिले वालुवाटारमा समेत सरेको छ । यसअघि गत चैत २५ गते अर्थमन्त्रालयको सिफारिसमा क्याबिनेटले २४ गते नै छानबिनको निम्ति कमिटी गठन गरेपछि उनी तत्काल निलम्बनमा परेका थिए ।
अर्थमन्त्री जर्नादन शर्माले आफ्नो गल्ती ढाकछोप गर्ने नाममा गभर्नर महाप्रसाद अधिकारीलाई हटाए । उनीविरुद्ध छानबिन कमिटी बन्यो । छानबिन कमिटीमा बदनाम न्यायधीश पुरुषोत्तम भण्डारीलाई संयोजक बनाए । जसै सरकारले गभर्नर अधिकारी हटाउनृ निर्णय सार्वजनिक भयो । तत्कालै नेपाल राष्ट्र बैंकको वेव साइडबाट गभर्नर अधिकारीको तस्वीर उडाइयो र त्यहाँ कामु गभर्नरको रुपमा झापाली निलम ढुंगनाको नाम राखियो । त्यो निर्णय मात्र होइन उनै निलमले यो बीचमा गरेका एक सय भन्दा बढी निर्णय समेत उल्टाइएको नेपाल राष्ट्रबैंक स्रोतले जनाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी गत साताको सोमबारको सर्वोच्च अदालतका न्यायधीश हरिप्रसाद फुँयालको एकल इजलाशले दिएको अन्तरिम आदेशबाट बहाल भइसकेका छन् । सर्वाेच्चले अन्तरिम आदेश पाएसँगै गभर्नर अधिकारी आफ्नो जिम्मेवारी सम्हाल्न बैंक पुगेका छन् । त्यहाँ पुग्दा यो १२ दिनको बीचमा राष्ट्रबैंकको कामु गभर्नर निलम ढुंगनाले ११० भन्दा बढी निर्णयमा हस्ताक्षर धस्काइसकेको भेटिएको थियो । ती सबै निर्णय उल्टाइएको नेपाल राष्ट्रबैंक स्रोतले जनाएको छ । आज नेपाल राष्ट्र बैंकले ६७ औं वार्षिकोत्सवको मनाउँदै छ । त्यही बार्षिकोत्सवका सेरोफेरोमा कायम मुकायम गभर्नर ढुंगनाले गरेका ११० वटा निर्णय गभर्नर अधिकारीले उल्टाइ दिदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *