सविन बस्नेत
काठमाडौं । आगामी स्थानीय निर्वाचन आउन १६ दिन बाँकी छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लघंन गरे जुनसुकै पार्टीलाई पनि कारबाही गर्न भनेको छ । निर्वाचनमा फजुल खर्च गर्न पाँइदैन । ब्यानर, प्रचार प्रसार गर्न पाँइदैन । प्रचार प्रसारको झण्डा राख्न पाइँदैन । पार्टीको लोगो अंकित कपडाहरु लगाउन पाइँदैन । यसो भनदैगर्दा राजनीतिक पार्टीले प्रचार प्रसारलाई बढी महत्व दिएका छन् । विभिन्न गीतसंगीत, ब्यानर पोस्टर टाँस्ने, झण्डा, लोगो छाप्ने काम भइरहेका छन् । खर्च गरिराखेका छन् भने विभिन्न स्थानमा निर्वाचनको प्रचार र बुकलेट छाप्ने क्रम जारी छ । कार्यकतालाई भोज खुवाएका छन् । पार्टीको लोगो प्रयोग गरिराखेका छन् । निर्वाचन आयोगले आचारसंहिता लागू गर्न लागिपरेको छ । तर राजनीतिक पार्टीले आचारसंहिता तोडेका छन् । निर्वाचन लागेको छ, कार्यकर्ताले प्रचारप्रसार गरिराखेका छन् । यो माहोल स्थानीय तहदेखि प्रदेशस्तरसम्म देखिएको छ । राजनीतिक दलले राजनीतिक घोषणापत्र जारी गरिसकेको छ । राजनीतिक दलको घोषणापत्रले हावा खाँदै छन् । राजनीतिक दलले घोषणापत्र जारी गरेपनि त्यो लागु भएको छैन । घोषणापत्र एकातिर र काम अर्काेतिर गर्दै आचएका छन् । विगतमा सबै राजनीतिक पार्टीको घोषणापत्र हेर्दा र पढ्दा चाखलाग्दो थियो । तर त्यो घोषणापत्र काजगमै सीमित भएको छ । अहिले पनि विभिन्न राजनीतिक दलनिकट पार्टीका घोषणापत्र जारी भएका छन् । घोषणापत्र एकातिर काम गराई अर्काेतिर भएका छन् । यस्ता कुरामा नेपाली जनताले ध्यान दिनुपर्छ । विगत ५ वर्ष कार्यकाल बिताएका स्थानीय जनप्रतिनिधिले कस्तो काम गरे, सो घोषणापत्रअनुसार काम गरे कि गरेनन भन्ने कुरामा स्थानीय जनताले ध्यान दिनुपर्छ ।
राजनीतिक दलले जनतालाई छल्ने काम गर्दै आएका छन् । राजनीति भनेको निस्वार्थ जनताको सेवा गर्नु हो । तर राजनीतिक पार्टीका जनप्रतिनिधिले ठेक्कापट्टाको काम गर्ने, भ्यूटावर बनाउने, मोटरसाइकल किन्ने, गाडी किन्ने, तलब खाने बाहेक अन्य काम भएको छैन । राजनीतिक पार्टीनिकट आस्था राख्नेले जागिर छाडेर स्थानीय जनप्रतिनिधि बन्नलाई होडबाजी चलाएका छन् । के स्थानीय जनप्रतिनिधि बनेर कमाई खाने भाँडो बनाउने हो स्थानीय तहलाई ? होइन भने विभिन्न पेशा, व्यवसाय, जागिर खाएका व्यक्तिले जनप्रतिनिधि बन्नलाई किन हानथाप गरेका होलान् ? खासगरी राजनीति गर्ने भनेको जनताका लागि निस्वार्थ भावना बोकेर दुखः सुखदेखि गाउँटोल विकासको पूर्वाधार खडा गर्न, विकासको योजना ल्याउनका लागि हो । गाउँटोलमा भएका अन्याय र भ्रष्टाचार हटाउनु हो । तर राजनीतिक पार्टीका जनप्रतिनिधिले जनतालाई ढाँट्ने, छल्ने, विकासमा आएको बजेटमा आँखा लगाउने, वृद्धभत्तामा आँखा लगाउने, सवारी साधनहरु किन्ने, ठेक्का लिने, जहाँबाट कसिमन आउँछ त्यसैलाई काम दिने, भैपरी आउने प्रकोपजस्तो विषयलाई भजाएर खाने काम गर्दै आएका छन् । यस्ता जनप्रतिनिधिलाई स्थानीय जनाले बहिष्कार गर्नुपर्ने हुन्छ । स्थानीय जनताले राजनीतिक पार्टीभित्रका हाम्रो भन्दा पनि राम्रो इमान्दार, स्वच्छ छवि बनाएका जनप्रतिनिधि चुन्नुपर्ने हुन्छ । अहिले विभिन्न राजनीतिक दलनिकट रहेका पार्टी कार्यकर्ताले स्थानीय जनप्रतिनिधि बन्नलाई नेताको आर्शिवाद थाप्ने, विकासको कमिसनमा आँखा लगाउनेजस्ता काम गर्दै आएका छन् । यस्ता कार्यकर्तालाई बाईबाई गरी इमान्दार व्यक्तिलाई रोज्ने बानी बसाल्नुपर्ने अवस्था आएको छ । चुनाव आउँदाखेरी यो गर्छु, त्यो गर्छु भन्दै ठुला ठुला भाषण गर्ने चुनाव सकिएपछि दुलो पस्ने व्यक्तिबाट सचेत भई स्थानीय जनप्रतिनिधिलाई सहयोग गर्ने बानी राजनीतिक दलले बसाल्नुपर्ने भएको छ । घोषणापत्रमा भए नभएका असम्भव कुरालाई लिएर चुनावी नारा बनाइएको छ । यस्ता कुरामा नेपाली जना होसियार बन्नुपर्ने देखिन्छ । खासगरी स्थानीय जनप्रतिनिधिले ५ वर्षमा के के काम गरे, आफ्नो वडामा कति बजेट आयो, कहाँ कति खर्च भयो भन्ने कुरामा जनताले ध्यान दिनुपर्ने हुन्छ । जनप्रतिनिधिले कतिपय स्थानीय सरकारले गर्नुपर्ने काम नगरी अनेक खालका विकृति, विसंगतिको चाङ राखेर पाँच वर्ष बिताएका छन् । यस्ता जनप्रतिनिधिलाई राजनीतिक पार्टीले टिकट दिएपनि बहिष्कार गर्ने र राम्रो खालको जनप्रतिनिधि चुन्ने अवसर गुमाउनु हुँदैन ।