जहाँ पुण्य ढकाल, त्यहाँ हुन्छ घिमिरेको परिचर्चा

Uncategorized

काठमाडौं । जुन कर्मचारी आए पनि कानै चरिेको भन्ने नेपाली भनाई चरितार्थ भएको छ। सरकार परिवर्तन भएसँगै सुशासन कायम हुन्छ, देशको विकास हुन्छ भन्ने भनाई नेपाली जनतामा रहेतापनि यो लागू भएको छैन । राजनीतिक दलसँगै ब्यूरोक्रेसीभित्र दिन दुई गुणा, रात चौगुणा भनेझैं भ्रष्टाचार व्यापक फैलिएको छ । ब्यूरोक्रेसीले राजनीतिक दलका नेतालाई प्रयोग गरी मालदार ठाउँमा सरुवा हुने गरेका छन् र राजनीतिक दलका नेताले चाकडीदेखि पैसा खर्च गर्ने गरेका छन् । यस्तै उदाहरण छ गृहमा । वर्षाैं वर्षदेखि एउटै मन्त्रालयमा बस्ने गरेका छन् पुण्य ढकाल । शक्ति र पैसा भजाएर खाने कर्मचारी हुन् पुण्य ढकाल । आधिकारिक टे«ड यूनियनदेखि संगठनको नेता बन्ने, नेता बनेपछि मन्त्री सांसदलाई धम्क्याउने, कर्मचारीलाई सरुवा गर्ने र पैसा उठाउने, संगठनलाई सहयोग गनुप¥यो, पार्टीलाई सहयोग गर्नुप¥यो, पत्रकारलाई सहयोग गर्नुप¥यो भन्दै असुली गर्ने गरेका छन् । आधिकारिक टे«ड युनियनको नेता भएकै आधारमा गृह मन्त्रालयमा १० वर्षदेखि बसेका ढकाल केपी ओलीको सरकारको पालामा गृह मन्त्रालयको प्रशासन शाखामा बसेर खेलोफड्को गरी राम्रो आम्दानी गरेका थिए । ढकाल प्रमुख जिल्ला अधिकारी भएर सुनसरी जिल्ला प्रशासन पुगेर करोडौं कमाएको आरोप छ । ढकालले विभिन्न क्षेत्रमा लगानी गरेको आरोप पनि छ । यस्तै पुण्य ढकालले लोकसेवा आयोग सम्बन्धित अनलाइन मिडिया सञ्चालन गरेका छन् भने दोलखा जिल्ला नेता लालकुमार केसीसँगको मिलेमतोमाा गाई फार्म सञ्चालन गरेका छन् । यस्तै विभिन्न हाइड्रोमा ढकालको लगानी रहेको बताइन्छ । यस्तै ढकालले राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा प्रेस चलाएको आरोप पनि छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पुण्य ढकालको घर झापा भएको र एमालेमा लागेकाले एमालेको सरकार हुँदा कर्मचारी सरुवा बढुवा गरेर प्रशस्त आम्दानी गरेको र पार्टीलाई चन्दा दिएर मालदार ठाउँमा बस्न सफल भएको व्यक्ति भनिन्छ ।
माधव नेपाल खोमाका लेखनाथ कोइरालालाई एमाले कर्मचारी संगठनको अध्यक्ष बनाएसँगै अर्थ मन्त्रालयमा बसेर अकुत सम्पत्ति आर्जन गरेका छन् । केदार देवकोटालाई सहयोग गरेको र एमाले संगठनको काठमाडौंभन्दा बाहिर जान नचाहने, सँधै मालदार अड्डामा बस्न रुचाउने लेखनाथ कोइराला माधव नेपालको खेमाबाट ल्याएर केपी ओली निकट बनाएकोजस्तो आरोप पुण्य ढकालमाथि लाग्दै आएको छ । यस्तै तत्कालीन गृहमन्त्री वामदेव गौतम फेवरमा रहेर जागिर खाएका रेमन्त गौतम तत्कालीन निजामती कर्मचारी संगठनका अध्यक्ष एमाले पार्टीमा ल्याएर संगठनको उपाध्यक्ष बनाएको आरोप छ । एमाले संगठनमा बसेर पुण्य ढकालले कर्मचारीभित्र खेल्ने गरेको र स–साना न्यून आय भएका सोर्सफोर्स नभएका निमूखा कर्मचारी र अस्थायी ज्यालादारी कर्मचारीको वृत्तिविकासमा सहयोग नगरेको, एमालेभित्रको कर्मचारीभन्दा अन्य कर्मचारीलाई दास बनाएको, विभिन्न आयोजना र प्रोजेक्टमा आफ्ना फेभरका कर्मचारी राखिएको, तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेश थपलिया र गृह सचिव पे्रम राईको मिलेमतोमा संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी खटाउँदा एमाले वरिपरिका कर्मचारीलाई प्रोत्साहन दिएको, अन्य राजनीतिक दलका कर्मचारीलाई पेलेको, बाइपास गरेको आरोप पुण्य ढकालमाथि लाग्दै आएको छ ।
पुण्य ढकालले सरकारी काम भन्दा पनि एमालेको पार्टीगत काममा लागेको, सरकारी कार्यालयमा हाटा गरेर निस्कने गरेको र स्थानीय निर्वाचनमा जिताउन भेला, गोष्ठीदेखि पैसा उठाउने धन्दामा लागेको बताइन्छ । कर्मचारीले भन्ने गरेका छन् कि कर्मचारी भनेको पुण्य ढकालजस्तो हुनुपर्छ । पुण्यलाई त भगवानले त्यहीँ गरीखा भनेर आर्शिवाद दिएछन् खप्परमा । पुन्य ढकाल, मोहन घिमिरे, लेखनाथ कोइराला, केदार देवकोटाजस्तो मान्छे परिएन, के गर्नु हजुर भन्दै थिए एक पीडित कर्मचारी । कर्मचारी भनेको नेपाली जनताले तिरेको राजस्वबाट तलब खाने र जनताको काम गर्ने व्यक्ति हो । विभिन्न देशले दिएको अनुदानबाट तलब खाने हो । यदि जनताले राजस्व तिरिदिएन, व्यापारीले राजस्व तिरेन भने के हुन्छ ? तर तलब खाने सरकारको काम चाहिँ पार्टीको गर्ने, पार्टीले भनेपछि जे पनि चल्छ भन्ने मानसिकता बढेको छ कर्मचारी वृत्तमा । राजनीतिक पार्टीको झण्डा बोकने, पार्टी र नेतालाई भजाएर जे गरे पनि हुन्छ भन्ने कस्तो कानून छ हाम्रो नेपालमा । चाहे त्यो कर्मचारी होस्, चाहे त्यो राजनीतिक दलको नेता । नीति नियम पद्दति सबै खेर गएको छ । अहिले कर्मचारीको सम्पत्ति छानबिन गर्ने हैसियत कुनै व्यक्तिमा छैन । छानबिन गरेपनि सबै कर्मचारी शुद्ध छैनन् । दुधले धोएका कोही छैनन् । सबै भ्रष्टाचारीदेखि कामचोर गर्दै विभिन्न शक्ति केन्द्रमा बस्दै आएका छन् । सबै कर्मचारीलाई ठूलो बन्नुछ, कमाउनु छ । कर्मचारीले सबै दोष राजनीतिक दललाई लगाउने, काम चाहिं आफुले बिगार्ने, भ्रष्टाचार गर्ने भन्दै गुनासो कर्मचारीले नै गर्ने गरेका छन् ।
उता सबैभन्दा बद्नाम कर्मचारीमा नेकपा एसनिकट भएर कर्मचारी संगठनको अध्यक्ष मोहन घिमिरेको बारेमा चर्चा परिचर्चा गरेर नसकिँदै मोहन घिमिरे पनि काठमाडौं छाडेर अन्यत्र जागिर खान गएका छैनन् । एमालेको सरकारमा हुँदा कहिले केपी ओली, कहिले माधव नेपाल, कहिले वामदेव गौतम, कहिले झलनाथ खनाल त कहिले स्वर्गी अर्थमन्त्री भरतमोहन अधिकारीको वरिपरि घुम्ने मोहन घिमिरे सँधै पर्यटन मन्त्रालयको क्यान्टिन र वन मन्त्रालयको क्यान्टिनमा रमाउने कर्मचारी हुन भनिन्छ । उनले आमाचाकडी गरेर पैसा कमाएका छन् ।
कार्यालयमा हाटा गर्ने, विभिन्न नेता र संगठनका कर्मचारीलाई गाली गर्दै हिँड्ने मोहन घिमिरे एकीकृत समाजवादी पार्टीको कर्मचारी संगठनको अध्यक्ष भएका छन् । संगठन विस्तारमा भन्दा पनि कमाउनतिर लागेका छन् घिमिरे । कहिलेकाहीँ फेसबुकबाट संगठनको प्रचार गरेका हुन्छन् । कर्मचारीको हकहितको बारेमा बोल्ने गरेका छैनन् । मोहन घिमिरेलाई नजिकैबाट चिन्ने र जान्ने कर्मचारीको कथाव्यथा हो यो । मोहन घिमिरेले नेकपा एकीकृत समाजवादी पार्टीमा १५ हजार संगठित सदस्यता रहेको दाबी गरेका छन् भने एमाले कर्मचारी संगठनमा सदस्य कति होलान् त ? कांग्रेसनिकट कर्मचारी कति छन् ? यस्तै माओवादी संगठन, मधेसी कर्मचारी संगठनदेखि विभिन्न राजनीतिक संगठनमा आवद्ध कर्मचारीको हिसाब किताब छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *