निर्वाचन आयोग आचारसंहिता लगाउँदै, दलहरु देउसी भैलो खेल्दै

समाचार

काठमाडौं । निर्वाचन आउन ९ दिन बाँकी छ । निनर्वाचन आयोगले निर्वाचन आचारसंहिता लगाए पनि राजनीतिक दलले आचारसंहिता कार्यान्वयन गरेका छैनन् । राजनीतिक दलका नेताहरु हेलिकप्टर चढेर देश भ्रमण गरिराखेका छन् । निर्वाचन आयोगले प्रचार प्रसार गर्न पाइँदैन भन्दैछ । निर्वाचन आयोग र राजनीतिक दलका नेता कार्यकर्ताले फेसबुकवालदेखि विभिन्न ठाउँमा प्रचार गरिराखेका छन् । राजनीतिक दलले पार्टीको लोगो र चुनाव चिन्ह, उम्मेद्वारको फोटो राखी प्रचार गरिराखेका छन् । अहिले प्रचार प्रसारमा ५ दलीय राजनीतिक सरकार र प्रतिपक्ष दल एमालेदेखि विभिन्न राजनीतिक दल निकट नेता र कार्यकर्ताले प्रचारप्रसार गरिराखेका छन् । यस्तै विभिन्न स्थानीय, प्रदेशमा आर्ट पसलदेखि प्रेसभरी पम्प्लेट, पोस्टकार्ड, भिजिटिङ कार्ड, झण्डा, ब्रोसर, लोगो छ्यापछ्याप्ती छापिराखेका छन् । यस्ता कुरामा निर्वाचन आयोगले अनुगमन गरेको छैन । विभिन्न गाउँटोलमा पार्टीको झण्डा बोकि चुनाव प्रचार प्रचार गरिराखेका छन् । राजनीतिक दलका नेतादेखि पार्टी कार्यालयमा निर्वाचन आयोगले अनुगमन गरी कारबाही गरेको छैन । निर्वाचन आयोग भन्दैछ कि आचार संहिता उल्लघंन भयो भने कारबाही हुन्छ । तर राजनीति दलका नेता र कार्यकर्ताले आचारसंहिता तोडेका छन् । व्यापक रुपमा झण्डा, ब्यान, पम्प्लेट छापेर प्रचार गरिराखेका छन् । राजनीतिक पार्टीले व्यापक खर्च गरिराखेका छन् भने राजनीतिक दलका नेताले पार्टीनिकट जिल्ला इञ्चार्जलाई पार्टी प्रवेश गराएर आफ्नो पार्टीमा ल्याउने र भित्री रुपमा केही आर्थिक लाभको सहयोग गर्ने र राजनीतिक पार्टीमा जनाधार भएका कार्यकर्ता र व्यक्तिलाई केही रुपैयाँ र भविष्यमा पार्टीको जिम्मेवारी दिने गरी भित्री रुपमा आफ्नो पार्टीलाई सहयोग गर्ने र त्यति भएन भने वडादेखि गाउँपालिका नगरसम्म भित्री रुपमा पैसा खर्च गरेर बागी उम्मेद्वार उठाएको राजनीतिक पार्टीका कार्यकर्ताले बताउने गरेका छन् । खासगरी राजनीतिक पार्टीका शिर्ष नेताले एक अर्काकाो पार्टीको बारेमा टिकाटिप्पणी गरी गाली गरेका छन् । यस्ता कुरामा निर्वाचन आयोग गुमनाम भएको छ । स्थानीय निकायमा प्रचार प्रसारको ब्रोसर चापेर बाँडेको अवस्था छ । यस्तै कतिपय कार्यकर्ताले टिकट बनाएर प्रचार गरिराखेका छन् । यसले के देखाउँछ भने निर्वाचनलाई भड्किलो र खर्चालू अवस्थामा पु¥याएको छ । यस्ता कुरामा राजनीतिक दल पनि सचेत भएको छैन । निर्वाचन आयोगले प्रचार प्रसार गर्न पाइँदैन भन्दै गदाृ राजनीतिक पार्टीले भित्री रुपमा प्रचार प्रसार गर्ने, कार्यकर्तालाई प्रलोभनमा पार्ने र केही पैसा खर्च गर्दै कार्यकर्तालाई भोज भतेर गराएर निर्वाचनमा आफ्नो फेभरमा पार्ने दाउपेचमा विभिन्न राजनीतिक दल लागिपरेका छन् । खासगरी यस्ता काममा गठबन्धन दलदेखि एमाले, राप्रपा नेपाल, जसपा, लोसपा पार्टीका नेतादेखि कार्यकर्ता व्यापक रुपमा आचारसंहिता उल्लघंन गरेका छन् । केही पत्रकारले आर्थिक लाभ लिएर प्रचार गरिराखेका छन् र राजनीतिक पार्टीका नेताले भित्री रुपमा सुराकी राखेर चुनावको माहोल आफ्नो पक्षमा पार्ने दाउमा छन् भने पहिला पहिलाको रितिरिवाज बदल्दै करोडौं रुपैयाँ खर्च गरेर राजनीतिक दलका उम्मेद्वारले डिजिटल माध्यमबाट राजनीतिक पार्टी र उम्मेद्वारको प्रचारप्रसार गरिराखेका छन् ।
राजनीतिक दलका उम्मेद्वारले पार्टीका झण्डा बोकी नारा लगाएर घरदैला घुम्दै भोट माग्दै विवाह गरेजसरी जन्ती जाने बेलामा लर्काे लागेझैं भोट मागेका छन् भने चोक चोकमा जम्मा भएर नारा लगाउँदै हिँड्ने गरेका छन् । पार्टीका घोषणापत्रमा हाम्रो पार्टीले जितमा यो गर्छ, त्यो गर्छ भन्दै हिँड्न थालेका छन् । यसरी हिँड्ने राजनीतिक पार्टीका सांसद, मेयर, उपमेयरले गाडी चढेर हिँड्ने र कार्यकर्ता झण्डा बोकी नारा लगाएर हिँड्न थालेका छन् । प्रायजसो काठमाडौंं, भक्तपुर, ललितपुरदेखि सबै प्रदेश र स्थानीय गाउँपालिकामा तिहारमा देउसीभैलो खेल्न आए जसरी पालैपालो भोट मागिरहेका छन् र जनतालाई फकाएको देखिन्छ । अघि पछि नेपाली जनताले राजनीतिक पार्टीका नेता कार्यकर्तालाई नमस्कार गर्दा नमस्कार नफर्काएर हिँड्ने, बोल्न समेत नबोल्ने कार्यकर्ता यतिखेर भोट माग्दै घरदैलो धुम्दै देउसी खेल्दैछन् । नेपाली जनताले देशको विकास छैन, भिजन छैन, जनतालाई ठगेका छन्, आखिर जनताको पीरमर्का, महंगीको बारेमा बोल्ने नेता छैन । जोसुकै आओस् भोट पनि हाँलिदैन भन्दै नेपाली जनताहरु पार्टी र उनीहरुले उठाएको जनप्रतिनिधिप्रति रुष्ट बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *