टोखा नगरमा सबै पार्टीमा भाँडभैलो

समाचार

काठमाडौं । राजनीतिक दलका नेतादेखि कार्यकर्ता भुईँ न भाँडामा भएका छन् । शेरबहादुर देउवा प्रम भएपछि चैतको काठझैं सुकेको कांग्रेस सत्ता पाएपछि साउने दाउराझैं ढाडिएको अवस्था छ । कांग्रेसले घमण्ड गर्दा जसरी चितवन भड्किँदैछ त्यस्तै गरी काठमाडौंको उत्तरी क्षेत्रका टोखा र बुढानिलकण्ठ भड्किएको छ । टोखामा कांग्रेससँग माओवादीलाई मिल्न नदिन भ्रष्ट नेता दिनानाथ शर्मा पुत्री कल्पना शर्मा र हिमाल शर्माको भूमिका कतिपय ठाउँमा देखिएको छ । ३५ सय मतदाता भएको माओवादीले मेयरको दाबी गर्दा गठबन्धनमा हिस्स भएको छ । कांग्रेसले माओवादीलाई उपमेयर दिन चाहेको थियो । माधव नेपाल पक्षले भाउ खोजेको थिएन । प्रत्येक वडामा सदस्य छिराएर कांग्रेससँग मिलेर २ वटा अध्यक्ष माओवादीलाई दिने भएपछि त्यसको प्रतिफल अहिले नै देखिदैँछ । पार्टी सत्तामा छ, तर कार्यकर्ताको अवस्था अर्कै छ । तर पद ठूलो खोज्ने रोगमा माओवादीको छ । देशभरी यो रोग छ । चितवनमै माओवादीको एकल मत कति छ ?
कांग्रेसले रजनी थापा र मुरारी तामाङलाई उपमेयर दिएको छ । एमालेका प्रकाश अधिकारीले मेयरमा उम्मेद्वारी दिएका छन् । उता, ज्ञानमाया डंगोल उपमेयर, माओवादीले शेखर श्रेष्ठ मेयर, यमुना पुडासैनी उपमेयर उठाएको छ । कांग्रेसमा पनि प्रकाशमानको समूह रजनीको पक्षमा टोखामा खुलेर लागेको छैन । एमालेको प्रत्येक वडामा विवाद छ । त्यो विवादमा वडा नं. ५ चर्चित छ । त्यहाँ मदन गुरुङलाई अध्यक्ष उठाउँदा जगन्नाथ ढकाल चिरञ्जीवी केसीले मैदान छाडेका छन् । यिनकै लडाईंले गुरुङलाई चिठ्ठा परेको छ । एमालेका मान्छेले मैदान छाड्दा विकास विरोधी कांग्रेसका सुकदेव जंग पण्डित भुँई न भाँडामा भएका छन् । जनता पानीको हाहाकारमा परेका छन् । पण्डितकै अगुवाईमा वडा नं. ५ को खानेपानी योजना (बोरिङ) सम्पन्न गर्न लामो समयसम्म वडाध्यक्ष ढकाल लडिरहे । त्यो योजना प्रदेश सरकारको लगानीमा बनेको थियो । एक्लै हिँड्ने टिमलाई छाड्न ढकालले पुनः अध्यक्षमा दोहो¥याउने भएपछि पदबाट राजीनामा दिएका थिए । तर वडा अध्यक्षको टिकट नरोत्तम रानाले ज्वाईं मदन गुरुङलाई दिए । राना वडा नं. ७ को वडाध्यक्षमा पुनः दोहोरिएका छन् ।
पैसावाला रानाले बाबु बाजेको पैतृक सम्पत्ति भन्दै नमुना टोलमा २०२१ सालको नापीमा छुटेको झण्डै डेढ रोपनी जग्गा कब्जा गरेका छन् । सर्वाेच्चले मुद्दा हटाए पनि आफैंले लगानी गरेकाले सो जग्गामा बनेका सटरहरुबाट मासिक ३ लाखभन्दा बढी भाडा असुल्छन् । वडा नं. ७ का कांग्रेसका कलाकारले वडाध्यक्षको उम्मेद्वार रानाको यो भण्डाफोर गर्न चाहँदैनन् । किनकि कांग्रेसीहरु रानासँग मिलेर नगरपालिकाबाट योजना पारेर राज्यकोषमा भ्रष्टाचार गर्न सफल छन् भने नरोत्तम एमालेका नेता ईश्वर पोखरेलका विश्वासप्राप्त हुन् । जनतामा भने नरोत्तमको राम्रो पकड भएकोले उनलाई दोहो¥याएको बताइन्छ । पाँच दलका उम्मेद्वार जगन्नाथ भने एकलकाटे भएर बिग्रिएका छन् । उता, माओवादीले श्यामकाजी तिमिल्सिनालाई वडाध्यक्षमा उठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *