हिमालयन डिष्टिलरीद्वारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक

अर्थ/वाणिज्य समाचार

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्ष २०७८÷७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आवको तेस्रो त्रैमासमा ७८ करोड ८३ लाख २४ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १७ दशमलब १८ प्रतिशतले बढी हो । गत वर्षको चैत मसान्तसम्ममा कम्पनीले ६७ करोड २७ लाख ४४ हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीको आम्दानी वृद्धि भएकाले नाफा बढेको हो । चालु आवको नौ महिनामा कम्पनीको आम्दानी दशमलब २० प्रतिशतले वृद्धि भई ५ अर्ब १८ करोड ७८ लाख १५ हजार रुपैयाँ पुगेको छ । ऋष्खष् िद्यबलप

यस्तै, उक्त अवधिमा कम्पनीको संचालन मुनाफा पनि १४।७५ प्रतिशतले बढेर १ अर्ब ९ करोड ६६ लाख २५ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ५१ करोड ८४ लाख ७९ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १ अर्ब ५ करोड ७५ लाख १४ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ६९ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ६४ पैसा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *