ओलीले जिते तानाशाह बन्छन्, भोट नदिनोस् : देउवा

राेजगार समाचार

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा ९एमाले०ले चुनाव जितेमा तानाशाह जन्मिने आरोप लगाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको तानाशाही प्रवृत्तिको कारणले सत्ता गठबन्धन बनेको प्रष्टीकरण दिँदै प्रधानमन्त्री देउवाले एमालेलाई भोट नदिनसमेत आव्हान गरेका हुन् ।

सत्ता गठबन्धनले सोमबार सुदुरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा देउवाले स्थानीय तहको निर्वाचन गठबन्धनले जिते मात्र संघीय सरकार बलियो हुने बताए ।

गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवारहरुलाई कुनै पनि हालतमा सहयोग नगरिने बताउँदै फिर्ता नलिएको खण्डमा कारवाही गरिनेसमेत देउवाले चेतावनी दिए ।

सरकारमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा ९एकिकृत समाजवादी० रहेको स्मरण गराउँदै देउवाले यही गठबन्धनमा रहेका दललाई जिताउन आग्रह गरे । अहिलेको सरकारलाई बलियो बनाउन स्थानीय तहको निर्वाचन गठबन्धनले जित्न जरुरी रहेकोमा देउवाको जोड रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *