हाम्रो सम्पूर्ण ध्यान ‘समुन्नत कालिञ्चोक’ बनाउन हुनेछ – गठबन्धन उम्मेदवारहरु

राजनीति समाचार

दोलखा । समाजसेवाबाट नेपाली कांग्रेसको सक्रिय राजनीतिमा उदीयमान नेता हुन् अर्जुन शिवाकोटी । दोलखाको कालिञ्चोकका स्थायी वासिन्दा शिवाकोटी पेशाले व्यवसायी भएपनि समाजसेवामा अत्यन्तै रुचि राख्छन् ।

सधैं गरीव, उत्पीडित र आवाजबिहीनहरुको पक्षमा आवाज बुलन्द गर्ने शिवाकोटी सफल व्यवसायी, समाजसेवी र कांग्रेसभित्र इमानदार नेताका रुपमा चिनिन्छन् ।
नेपाली कांग्रेसका हरेक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका शिवाकोटी सिद्धान्त निष्ठ नेता र स्पष्ट वक्ताको रुपमा चिनिन्छन् ।

उनी आगामी वैशाख ३० हुने स्थानीय तह निर्वाचनमा कालिञ्चोक गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । शिवाकोटीले नेपाली कांग्रेसको नेतृत्वमा पाँचदलीय गठबन्धबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

उनले आफू  अध्यक्षमा विजयी भएपछि हाम्रो मुख्य ध्यान नै ‘समुन्नत कालिञ्चोक’ बनाउनतिर हुने बताएका छन् । शिवाकोटीले कालिञ्चोक गाउँपालिका–९, मा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले कालिञ्चोक गाउँपालिकालाई समुन्नत बनाउनका निम्ति आफुहरु अहरोत्र खट्ने प्रतिवद्धता जनाएका छन् ।

गठबन्धनका तर्फबाट अध्यक्ष उम्मेदवार बनेका शिवाकोटीले पालिका विकासको स्पस्ट खाका आफूहरुसँग भएको बताए । त्यसको लागि आम कालिञ्चोकसँग शिवाकोटीले यसपटक आफूलगायत गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरेका छन् ।

त्यसैगरी कार्यक्रममा गठबन्धनबाटै उपाध्यक्ष पदमा उम्मेदवारी दिएका कुलबहादुर बुढाथोकीले थामी भाषामा सम्बोधन गरेका थिए । बुढाथोकीले कालिञ्चोक गाउँपालिकामा अति सिमान्तकृत जातीका रुपमा रुहेका थामी समुदायलाई पहिलो प्राथमिकतामा राखेर विकास निर्माण र शुसासनका काम गरिने जनाएका थिए । (प्रस्तुतिः सुरेश शिवाकोटी)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *