प्रधानमन्त्री कार्यालयमा थन्काइए भाग्यमानी सचिव मधु मरासिनी

समाचार

काठमाडौं । अहिले सर्वाधिक चर्चामा छन् सचिव मधुकुमार मरासिनी । उनी अर्थ मन्त्रालयमा अनुपस्थित छन् । उनै मरासिनी प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको बैठकमा समेत अनुपस्थित रहे । सँधै भाग्यमानी ठहरिएका अर्थसचिव मरासिनी अर्थमन्त्री जनार्दन शर्माका कारण भने अभागी साबित भएका छन् । अर्थ मन्त्रालयमा विवादित बनेपछि अर्थसचिव मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा व्यवस्थापन गरिएको छ । सबै मन्त्रालयका मन्त्री र सचिवदेखि योजना आयोगका उपाध्यक्ष तथा सदस्य समेत उपस्थित बैठकमा मरासिनी भने अनुपस्थित थिए । अर्थमन्त्री जनार्दन शर्मालाई क्लिन चिट दिएर पुन मन्त्रालयमा फर्किएसँगै उनी त्यहाँबाट सरुवा भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका हुन् ।
उनको उदय नै चोरबाटो बाट भएका अर्थ मन्त्रालयका जानकारहरु सुनाउँछन् । सदैव मालदार कार्यालयमा मात्र बस्न सफल उनी यस्ता भाग्यमानी कर्मचारी हुन जस्ले जागिरे जीवनका १२ बर्ष त विदेशमै बिताए । मरासिनीजस्तो लाभै लाभ पाउने कर्मचारी सायदै होला निजामती सेवामा । नाताले मधु तत्कालीन प्रधानमन्त्री प्रचण्डका आर्थिक सल्लाहकार श्रीराम पौडेलका ज्वाई हुन । त्यही ज्वाई हुनुका नाताले उनले तारान्तार तर मार्न पाएका उनलाई नजिकबाट चिन्ने र जान्नेहरु सुनाउँछन् । प्रचण्ड प्रधानमन्त्री हुँदा उनकै लागि श्रीरामको कृपाबाट न्यूयोर्क कन्सुलेट अफिसमा सहसचिवको दरबन्दी सिर्जना गरिएको थियो । जसरी अहिले दुबसुले आफ्ना दुई भाईलाई उपसचिव बनाउनका लागि जालझेल र अनेकन तिकडम गरेका छन् । उही ढंगले त्यतिखेर श्रीरामकै सक्रियतामा ज्वाई मधु मरासिनीका लागि भनेर दरबन्दी थपेर राज्यकोषलाई मासिक १५ लाखभन्दा बढी चुना लगाइएको थियो । मरासिनीले हुलाकमा शाखा अधिकृत हुँदा जर्मनीमा अध्ययन गर्ने मौका पाएका थिए । राजस्वको उपसचिव हुँदा पनि तीन वर्ष सरकारी खर्चमा अष्ट्रेलिया पढ्न जाने मौका पाएका थिए । विश्व बैंकको बोर्डमा नेपालले पाउने पालोमा तीन वर्षका लागि प्रतिनिधित्वसमेत गरेका मरासिनी २०७४ सालमा न्युयोर्कको कन्सुलेट अफिसमा आफ्नै लागि सिर्जना गरिएको दरबन्दीमा बसेर करोडौं रुपैयाँ राज्यकोषलाई भार थप्ने कर्मचारी हुन् । उनी न्यूयोर्क जानुअघि मरासिनी बजेट महाशाखाका हाकिम थिए । सहसचिव बढुवा भए पछि उनी राजश्व अनुसन्धान विभाग र आन्तरिक राजश्व विभागमा पुगे । केपी ओली प्रधानमन्त्री हुँदा हुँदा योजना आयोग सरुवा गरेपनि त्यसपछि प्रचण्ड प्रधानमन्त्री बन्नेबित्तिकै पुनः बजेट महाशाखा ल्याइएको थियो । उनी बजेट महाशाखाको हाकिम हुँदा वित्तीय अनुशासन ध्वस्त पारेको आरोप लागेको थियो ।
नियम अनुसार सचिवमा बढुवा भएपछि कम्तिमा चार पाँच महिना प्रदेशमा बस्नुपर्ने व्यवस्था छ तर शक्तिकेन्द्रको आर्शिवाद प्राप्त र चाकडी चाप्लुसीमा विद्यावारिधी गरेका मरासिनी सचिव भएर पनि प्रदेशमा जानु परेन । महालेखाको हाकिम बने । शेरबहादुर देउवा प्रधानमन्त्री र अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त भए लगतै उनलाई महालेखाबाट अर्थमा तानियो सचिवका रुपमा । तत्कालीन सचिव शिशिर ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुर्याएर मरासिनीलाई सचिवका रूपमा अर्थमन्त्रालय ल्याइएको थियो । सिसि क्यामरा डिलेट गर्नेमा मुख्य भूमिका उनकै मानिदै आएको छ । (तामाकोशी सन्देश डटकमबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *