निर्वाचनमा क्रान्तिकारी पार्टीहरु

समाचार

सम्पादकीय

आगामी मंसिर ४ गते प्रदेश र संघको एकै चरणमा निर्वाचान हुने निश्चित भएको छ । आम निर्वाचनको मिति निश्चित भए संगै राजनीतिक दलहरुले आफनो राजनीतिक गतिविधि बढाएका छन् । अब हुने चुनावलाई लिएर पाँच दलको गठबन्धनलाई सबभन्दा बढी समस्या परेको छ । यो समस्याको निकास खोज्न कै लागि गठबन्धनले आम निर्वाचनको मिति घोषणा भएको भोली पल्टै गत साउन १९ गते ११ सदस्यीय कार्यदल गठन गरेको छ । यो कार्यदलले गठबन्धनमा रहेका पाँच दललाई संघीय संसदको प्रत्यक्ष तर्फको १६५ सीटको बाडफाट गर्ने छ । प्रत्यक्ष तर्फको १६५ सीटमा गठबन्धनमा आवद्ध केही दलको प्रतिष्ठा र राजनीतिक भविष्य समेत जोडिएको छ ।
गठबन्धन सरकारको नेतृत्व गरी राखेको नेपाली कागे्रंसले ठुला कम्युनिष्ट पार्टीमा भएको राजनीतिक तिक्तताको राजनीतिक फाईदा उठाउनु पर्छ भन्दै आगामी आम चुनावमा सके बहुमत ल्याउने नसके सबैभन्दा ठुलो दल हुने लक्षमा रणनीति र योजना बनाई राखेको छ । यसैगरी माओबादी केन्द्रलाई कांगे्रस पछिको दोश्रो दल हुनु परेको छ । यसैगरी गठबन्धनको तेश्रो ठुलो घटक एकीकृत समाजवादीलाई सम्मान जनक हैसियत प्राप्त गर्नु छ । गठबन्धनमा रहेका यी दलको योजना र लक्ष्य पुरा गर्ने प्रमुख आधार भनेको प्रत्येक्ष तर्फको सीट नै हो । यही कारणले गर्दा प्रत्येक्ष तर्फ बढी सीट हत्याउने होड गठबन्धनमा आवद्ध दलहरुको रहेको छ । यसैगरी गठबन्धनले एक्ल्याउने प्रयाश गरे पनि नेकपा एमालेले फेरि सबैभन्दा ठूलो दल हुने लक्ष राखेको छ ।
यस्ता लक्ष राख्ने कुनै पनि दलले विगतको पाँच बर्षमा जनताका लागि भने एउटा सिन्को भाच्ने काम पनि गरेका छैनन् । यही कारणले गर्दा आगामी आम निर्वाचनमा ठूलो जनसमर्थनको अपेक्षा दलहरुले गरिरहँदा दलप्रतिको जनसमर्थन भने निरन्तर रुपमा घटी राखेको छ र दल र नेताको ब्याबहारको कारणले गर्दा जनतामा राजनीतिक पद्दतिप्रति नै वितृष्णा उत्पन्न भै राखेको छ । यही कारणले गर्दा आगामी चुनावमा स्वतन्त्र उम्मेदवार सबैदलका निम्ति चुनौती भएर आउने सम्भावना बलियो देखिएको छ ।
यो चुनौती जे भए पनि तत्कालका लागि गठबन्धनका लागि प्रत्येक्ष तर्फको १६५ सीट भागबण्डा नै ठुलो चुनौती देखिएको छ । यही कारणले गठबन्धन विभाजित नभए पनि गठबन्धनका दलहरुमा विद्रोह र अन्तरघात हुने खतरा भने बलियो छ । यो खतरालाई टार्न सकेनन भने गठबन्धनमा रहेका सबै दलको भविष्य अन्धकारमा पर्न जान्छ भन्ने राम्रोसंग बुझ्नु पर्दछ । तर मुलुकका लागि भने संबिधान अनुसार तय समयमा आम चुनाव हुनु नै ठुलो कुरा हो । आम निर्वाचन सम्पन्न भएसंगै संविधान कार्यान्वयन पनि एक कदम अगाडी बढ्दछ । यसलाई पनि अर्को उपलब्धी मान्नु पर्दछ । तर चुनावको सन्दर्भमा केही ठूला दल जसरी प्रस्तुत भएका छन्, त्यसलाई भने सुखद् मान्न सकिदैन । किनभने यस्तो शत्रुता पूर्ण व्यवहारले दललाई मात्र संकटमा पार्ने हाईन, लोकतन्त्र र पद्दतिलाई नै संकटमा पार्न सक्छ । तर जहिले पनि जनताको आवश्यकताको होईन सत्ताको पछाडी मात्र दौडिएका दलहरुले यता तिर सोच्न समेत कष्ट गरेका छैनन् । दलहरु जहिले पनि सत्ता र स्वार्थको पछाडि दौड्दा लोकतन्त्र नेपालमा बदनाम र असफल भएको छ । अब यो चुनावमा यस विषयमा परिपक्कता देखाएर मतदान गर्नु पर्छ र असामाजिक र भ्रष्टलाई कहिले पनि टाउको उठाउन नसक्ने गरी थला पार्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *