सहकारीको रकम जोखिममा ः सहकारी संस्था करोडौं उठाएर भाग्दै

समाचार

काठमाडौं । अधिकांश सहकारी सञ्चालक फरार हुँदैछन् । नाम चलेका सहकारी बैंकले आम नेपालीलाई डुबाएर भाग्ने गरेका छन् । अधिकांश बंैकले जोखिम पुर्ण ठाउमा लगानी गरेका छन् भने नाम चलेका सहकारी संस्था डुबाएर नेपाली जनताको बचत हिनामिना गरी सहकारी संचालक भाग्ने गरेका छन् । सरकारले भ्रष्ट सहकारी संचालक र बैंक संचालकलाई नियन्त्रणमा ल्याएर कारबाही गरेको छैन । नेपाली जनताको सञ्चित बचत दिने गरेको छैन । सहकारी संस्थाले अधिकांस नेपाली जनताले जम्मा गरेको पैसाले मोजमस्ति गर्ने, मिटिङ भत्ता खाने, नचाहिँदो ठाउँमा लगानी गर्ने, गाँडी चढ्ने, घर बनाउने गरेका छन् । त्यसैगरी सहकारी संस्थाको वार्षिकोत्सव मनाउने नाममा होटल रेस्टुरेन्टमा बचत कर्तालाई डिनर, खाना ख्वाउने, पार्टी गर्ने, भत्ता बाड्ने, प्रेमिका राख्ने, प्रेमिकालाई घुमाउनेदेखि विदेश भ्रमणमा सहकारीको पैसा खर्च गर्ने गरेका छन् । कार्यालयमा चाहिने भन्दा बढी कर्मचारी राख्ने, कार्यालयमा डेकोरेशनको नाममा खर्च गर्ने, बेलुका भएपछि सोमरसमा रमाउने जस्ता कार्य सहकारी संचालक कर्मचारीले गर्ने गरेका छन् । अधिकांस सहकारी संस्था घरायसी बन्दै गएका छन् । सरकारले यस्ता सहकारी संञ्चालकलाई अनुगमन गर्ने र जनताको पैसा माथि खेलवाड गर्ने संचालकलाई कारबाही गर्न सकेको छैन । सरकारले छानबिनको लागि भनेर सहकारी विभाग गठन गरेको थियो । तर, सहकारी विभागका कर्मचारी र सहकारी संचालकको मिलेमतोमा सहकारी संस्था भए÷गरेको कामको अनुगमन सहकारी विभागले गरेको छैन । कतिपय सहकारी संस्थाले नेपालीले जम्मा गरेको पैसामा बनभोजदेखि पिक्नीक भ्रमणमा समेत लाने गरेका छन् । जम्मा गरेको पैसामा बनभोजमा जम्मा भएर हाम्रो सहकारीले यति नाफा कामायो, उति नाफा कमायो भन्दै ठूलाठूला भाषण गर्ने गरेका छन् । विस्तारै सहकारी संचालक र बैक संचालकले सहकारीको पैसामा खेल्न थालेपछि सहकारी संस्थालाई घाटा देखाएर यति ऋण उठेन, यति ऋण उठ्न बाँकी छ । त्यो ऋण उठाउने प्रयास जारी छ भन्दै आम नेपाली जनताको पैसामा खेल्दै आएका छन् । अहिले अधिकांश सहकारी संचालक माग्ने अवस्थामा पुगेको बताइन्छ । ‘भन्नको लागि गाउँ–गाउमा सहकारी, घर–घरमा भकारी’ भन्ने नारा दिएर सहकारी संस्थाले घरमा गएर, पसल, अफिससम्म कर्मचारी खटाएर पैसा उठाउने गरेका छन् । यतिबेला अधिकांश सहकारी संस्थाहरु भाग्ने तयारी गरी राखेका छन् । कुलेश्वरको गौतम श्री सहकारी संस्था भागेपछि अन्य सहकारी पनि भाग्ने अवस्थामा पुगेको बताइन्छ । सहकारीले जतिसुकै सस्तो नारा दिएर भएपनि विज्ञापन दिएपछि भित्रि रुपमा सहकारी संस्था नारा दिएर जनताले खानानखाइ जम्मा गरेका बचत डुब्ने अवस्थामा पुगेको बताइन्छ । अहिले केही समय पहिला चर्चामा रहेको काठमाडौं स्थित न्यूरोडको बराह ज्वेलर्स नामक सहकारी संस्थाको नाम ब्यापक चलेको थियो । यो सहकारी संस्थाले हङकङदेखि धरान, पोखरा, चितवनहुँदै काठमाडांै उपत्यकाभित्रसम्म नाम चलेको थियो । अहिले धरानमा रहेको सहकारीले धरानका लाउरेदेखि धरानवासीलाई डुबाएको छ । उता काठमाडौं, पोखरा, चितवनका बचतकर्ताले आफ्नो बचत पाउनको लागि दिनदिनै कार्यालयमा धाउने गरेका छन् । तर, सो संस्थाले बचतकर्ताको पैसा फिर्ता दिन सकेको छैन । त्यो संस्थामा ६ अर्ब भन्दा बढी जोखिममा परेको बचत कर्ता बताउँछन् । यो त उदाहरणको पात्र बनेको छ भने अहिले चर्चामा रहेका अधिकांश सहकारी संस्था डुब्ने अवस्थामा पुगेको बताइन्छ । भन्जुश्री फाइनान्स, लालीगुरासँ सहकारी संस्था, कान्तिपुर फाइनान्स, पशुपति फाइनान्स आदि सहकारीको अवस्थामा कमजोर रहेको बताइन्छ । यस्तै आम बचत कर्ताको पैसा खाएर भाग्ने सहकारी संसथाको नाम उच्चारण गरिसाध्ये छैन । अधिकांश सहकारीमा नेपालीले जम्म गरेको रकम डुब्ने अवस्थामा पुगेको छ । किनकि अधिकांश सहकारीको फितलो नीति र अनुगमन नभएको र सहकारी विभागले यस्ता सहकारीलाई कारबाहीको दायरामा नसक्दो यो अवस्थामा पुगेको हो ।सहकारी संचालकहरुले आफ्नो नातागोतादेखि आसेपासेलाई बिना धितो ऋण दिएको, त्यो ऋण समयमा उठाउन नसकेको कारणले सहकारी संस्था धरासायी बन्दै गएको छ । र, अहिले तरल अवस्थामा रहेको कारण पनि कतिपय सहकारीले ऋण उठाउन नसकेको, जोखिम क्षेत्रमा ऋण लगानी गरेको सहकारी संचालकले आफ्ना वरीपरी घुम्ने प्रेमिका गल्फ्रेन्ड जस्तालाई ऋण दिएको कारण पनि सहकारी संस्था जोखिम अवस्थामा पुगेको बताइन्छ । सहकारी संस्थामा इमान्दार कर्मचारी नहुँदा सहकारी संस्था टाट पल्टने गरेको छ । कारोबार उच्च जोखिममा पल्टेर लगानीमा सुन्ने सहकारी तथा गरीबी मन्त्रालये समस्यामा ध्यान नदिएको लेखा समितिले चासो नदिएको सहकारी संस्थाको अध्यक्ष कमीसनमा डुबेका,े सहकारी संचालक राजनीतिक दलका मन्त्री सासदलाई सेयर हालिदिने र मन्त्री र सांसदहरु नै सहकारीको जमानीमा बसिदिने गरेको पाइन्छ । उनीहरुको आफान्तले कार्यकर्ताले लगेको ऋणको बारेमा ध्यान नदिएको कारण अधिकांश सहकारी संस्थान डुबान अवस्थामा पुगेका छन् । सरकारले यस्ता सहकारी सञ्चालक र संस्थाको बारेमा बलियो कानून बनाएर लागू नगरे नेपाली बचत कर्ताको अर्बौ रुपैयाँ जोखिममा पर्ने गरेको छ । त्यसकारण सहकारी भाग्ने अवस्थामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *